बेगुराम राइ
छैन दोष कसैसंग छ बरु
यही पापी भाग्य संग !
छ चिनजान सबैसंग छैन बरु
त्यही निष्ठुरी समयसंग !!
सोचे जस्तो, चाहे जस्तो र सम्झे जति त कहिल्यै नहुदो रहेछ । लेखान्तले भाग्यमा जस्तो जुराएको छ त्यही मात्र पाईदो रहेछ। आखिर मानवीय जीवन न हो !! म एउटा रंगीन विद्यार्थी हुँ भनेर सर्वप्रथम त आफैलाई सम्बोधन गर्नु पर्ला । भनौ गर्नु मन लाग्छ । किन की मान्छेको जिन्दगी भन्नु नै हरेकौ दुःख र पीडा, अभाव, असन्तुष्टिको रंगी विरंगीन बगैंचाबीच फुल्ने जीवनरुपी फूल हो । त्यसैले पनि त होला मान्छेहरु भन्ने गर्छन्, “शुख र दुःख त जीवन जिउने एउटा आधार हो” भनेर वास्तवमा हो पनि ।र त्यही शब्दलाई आज म पनि यहाँ थपनी हाल्न चाहेको छु । र यो तीन शब्दे जिन्दगीदेखी पनि भार लागेको छ मलई ।अब खै यो अर्थहीन जिन्दगीलाई कसरी व्याख्या गरौ म आज । जिन्दगीलाई म हिमाल भनौ कि तराई या मग्मगाउ‘दो फूल भनौ । कि सुकेको डाली अनि वसन्ती बहार नै भनौ कि मरुभूमि नै भनेर सम्बोधन गरौ म । म अनविज्ञानले बुझ्नै सकिन ।कहिले कहि त जिन्दगी त फूल पो हो भन्दै खुशी लिएर रमाउंदा पिडापूर्णको मृत्त जिन्दगीलाई सम्हाल्न बाध्या पनि हुन्छु । खै ...के ठानौ म, के नै भनौ । बिहानी झै सुनौलो जीवन र गोधुली जस्तै दृष्टीहीन भाग्यको वास्तविक भोगाईहरु आज म यहाँ प्रस्तुत गर्ने चेष्टा गरी रहेको छु । “कृपया साथी लगायत आमस्रोता घृणमा परिणत अवश्य नगरिदिनु होला । यो दुःखी विद्याथीको आग्रह !!!
नेपालको पूर्विया क्षेत्रमा सगरमाथा पर्दछ । त्यही सुन्दर सगरमाथाको काखमा नै सुन्दर र प्रकृतिको धनी ओखलढुङ्गा जिल्ला देखिन्छ । वातावरणको हिसाबले नेपालकै राम्रो ठाउँ भन्दा फरक नपर्ला । हरियाली डाँडा, पाखा, अनि भञ्ज्याङ चौतारी, देउरालीसंगै मेरो घर तल दुधकोशीले सुनकोशीलाई सुसेल्दै गन्तव्यतिर बग्दछ । मृग, चराचुरुङ्गी आदिको रमणीय ठाउँ यो ठाउँ, गाउँमा धेरै कवि लगायत नामीक व्यक्तिहरु पनि जन्मेका छन् । र यसै ठाउँमा कतिपय गरिब र पीडितको पनि बसाई छन् । स्वच्छ वातावरण र प्रकृतिको उपहार भएता पनि भौतिक दुःखको तिरस्कारको भोगाई छ ।









