गाेरखा- सेवाग्राहीसँग लिएकाे २५ हजार रुपैयाँ घुससहित पालुङटार नगरपालिकाका सव-ओभरसियर सुनिल देवकोटा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले देवकाटालाई २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आइतबार दिउँसो साढे १ बजे रंगेहात पक्राउ गरेको हो।
उनलाई पालुङटार– ५ को विनिता होटलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीका प्रहरी निरीक्षक बद्रीप्रसाद पौडेलले जानकारी दिए। देवकोटाले भूकम्पपीडितलाई मापदण्ड अनुसारको काम पूरा नहुँदै दोस्रो किस्ताको रकमका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको प्रहरीले जनाएको छ। उनलाई अख्तियारको टोलीकै नियन्त्रणमा पालुङटारमै राखिएको छ।
No comments:
Post a Comment