![]() |
| किशोर श्रेष्ठ |
उनलाइ चिनाइरहन पर्दैन । त्यसो त उनी आफै नेपाली प्रेसका हर्ताकर्ता हुन् । उनी आफुलाई एक असल र इमान्दार पत्रकार भन्न रुचाउँछन् । उनले चलाएको जनआस्था साप्ताहिकमा समाचार आएपछि केही वर्ष पहिला नायिका श्रीषा कार्कीले आत्महत्या गरिन् । हाल उनी प्रेस काउन्सिल नेपालमा समेत छन् । उनको असली परिचय जनआस्था साप्ताहिकको सम्पादक किशोर श्रेष्ठ हो । उनीसँग रातोपाटीले गरेको संवादको सम्पादित अंशः
तपाईं पत्रकारितामा कसरी आउनुभयो ?
स्कूल पढ्दा भित्तेपत्रिका निकाल्ने गथ्र्यौं । त्यो पत्रिकामा गाउँका समाचार विशेष राख्ने गरिन्थ्यो । ४३ सालमा ज्ञट वर्षको उमेरमा जेलपरें । चेर्नोबिलको आणविक विकिरणवाला दूध काण्डमा केशबराज पीँडाली र रुपचन्द्र बिष्टहरू जेल परे । त्यही सिलसिलामा आन्दोलन गर्दा हामी पनि जेल पर्यौं । नक्खु जेलमा बसियो । बाहिर ठूला–ठूला भावनाका कुरा गरे पनि भित्र जेलमा त कोही पनि भेट्न नआउने । जेलमा परेका राजबन्दीहरूको नाम भजाएर बाहिर राजनीति हुने तर राजबन्दीको वास्ता नहुने । दैनिक सरकारले लिने सिधा ५ रुपैयाँको भरमा गुजारा चलाउनु पथ्र्यो । जेलका दुःखको के बयान गर्नु १ गोरखापत्रबाहेक कुनै पत्रिका आउँदैनथ्यो । रेडियो नेपाल मात्र सुन्न पाइँन्थ्यो ,त्यो पनि जेलको नाइकेले रेडियो खोलेको बेला । बाहिर के हुँदैछ थाहा छैन, मान्छे भेट्न पनि आउँदैन । गोरखापत्र भए पनि ५६ जना वरिपरि बस्थे, म सुकुलमा बसेर सबैलाई एकै झमटमा ठूलो स्वरले सुनाउँथें । यहाँ बस्ने साथीहरूलाई पत्रिका लेराउँछु भनेर बाहिर निस्किए । त्यतिबेला चलेको जनपक्षीय साप्ताहिक ल्याएर दिएँ । म त्यतिबेला अखिलको नेता थिएँ । त्यसै क्रममा पत्रकारिता पनि गरें ।
ती दिन सम्झँदा कस्तो महसूस हुन्छ र?
बेठीक गरें भन्ने त लाग्दै लाग्दैन । राजनीतिमै लागिरहेको भए महासागरको एउटा भेलमा कतै हराउन सक्थें । कतै धूमकेतु भएर उदाउन पनि सक्थें ,त्यो संभावना चब कल्पनाको कुरा भयो । २८ वर्ष भयो पत्रकारिता गरेको । नकारात्मक होस् वा सकारात्मक रुपमा, सबैले पढ्नैपर्ने गरी जस्तो खालको मान्छेलाई पनि वाद र विचारभन्दा बाहिरको टेस्ट बसाल्न सकियो । कुनै पश्चात्ताप छैन ।
पञ्चायत, बहुदलकाल र जनयुद्धको पत्रकारिताको तीन चरणलाई कसरी विश्लेषण गर्नुहुन्छ र?
व्यवस्था जस्तो भए पनि हाम्रो सोचाइ, व्यवहार र चिन्तन एकै हो । मान्छे त्यही , प्रवृत्ति त्यही । पात्र पनि त्यही । कोही बूढाखाडा मरेर गए होलान्,नयाँ आए होलान् । सबैमा आलोचना सहन नसक्ने परिपाटी छ । दास मनोवृत्तिलाई बढावा दिने प्रवृत्ति छ । पञ्चायतमा त्रासको पत्रकारिता गर्नुपथ्र्यो । बहुदलमा पनि त्यही हो । कसको तर्फबाट बढी थ्रेट भन्ने मात्रै हो । कम(बेस हरेक सिस्टममा छँदैछ । मलेरिया आयो(त्योसँग जुध्न त्यस्तै भ्याक्सिन पनि आयो । क्यान्सरका विरुद्ध पनि आइरहेको छ । त्यस्तै प्रविधि पत्रकारितामा पनि छ । राजा ज्ञानेन्द्रले टेकओभर गरे २०६१ माघ १९ मा । उनले सञ्चारलाई निस्तेज गर्न खोज्या’थे । तर त्यसका विरुद्ध पनि पत्रिका निकाल्न सकियो । पञ्चायतकालमा पनि पार्टीहरूको नाम लेख्न पाइँदैनथ्यो तर प्रतिबन्धित शब्द अगाडि थपेर त लेखिन्थ्यो नि ! जति छेक्ने तगारो छ त्यसलाई तोड्ने बाटो पनि छ । त्यो अनुभव हासिल गरियो । हिजोभन्दा अहिले पत्रकारितामा आकर्षण बढ्दो छ । जसरी वैदेशिक रोजगारीमा जानको लागि २० वर्षअगाडि बाटो बन्द थियो । पासपोर्ट सीमित मान्छेले मात्रै , त्यो पनि पुलिस रिपोर्ट बनाएर मात्रै पाउँथ्यो । पत्रकारितामा पनि २० वर्षकै सेरोफेरो हो । ५० सालमा संस्थागत रुपमा कान्तिपुरको प्रवेश निजी क्षेत्रबाट भएपछि हामीले दृष्टिबाट अलग्ग्एिर जनआस्था शुरु गरेको हो । त्यतिबेला मेरो प्रेस कार्ड नं। ३०८७ नम्बर ,अहिले पत्रकारको संद्यया झण्डै १४ हजार पुगिसक्यो । यो सानो र साक्षरता प्रतिशत कम भएको मुलुकमा यति धेरै पत्रकार उत्पादन हुनु, ४०० एफएम, ८६७ वटा नियमित अखबार, टीभी घण् अनि अनलाइन ब्लगहरू तीन–चार सयको संख्यामा आउनुले यति धेरै स्कोप पत्रकारितामा देखायो जुन छिमेकी देशमा पनि छैन । युरोप, अमेरिकातिर त हुने कुराको कल्पना पनि गर्न सकिंदैन । हाम्रोमा च्याउसरी फस्टायो । यसले के सिकायो भने, स्वनियन्त्रणको पो समस्या छ कि
पाठकले बुझ्ने गरी भन्दा व्यावसायिकता र मिसन पत्रकारिता के हो ?
जन्डिस लागेको बिरामीलाई डाक्टरकोमा नदेखाउँदासम्म बेसारै दल्यो कि, जाँड खायो कि , अनिंदो भयो कि भन्दिन्छन् मान्छेले ।त्यही पत्रकारिता कसैलाई मिसन हुन्छ, कसैलाई व्यावसायिकता । तर व्यावसायिक भनिएकाहरूले मालिकको अखबारमा काम गर्दा र आज आफ्नै पौरखमा बाँच्दाको भाषा हेर्नुहोस् ! व्यावसायिक भन्नेहरूको समाजप्रति जिम्मेवारी हुँदैन रु हिजो मिसन पत्रकारितामा लागेका भनिएकाहरू सडकमा नउत्रिदिएको भए व्यावसायिकताको नाम भजाउने हरू आज कुन स्थानमा हुन्थे ? प्रजातन्त्र वा मानवअधिकारको नाममा पश्चिमाहरूको जागिर ,एनजीओ ,युएनडीपी पनि भ्याउने गरी उनीहरूको व्यापार कसरी बड्यो होला रु लोकतन्त्रमै फस्टाउने हो व्यावसायिकता भनेको तर मानिसहरूले मालिकको अखबारमा काम गर्दा व्यावसायिकतालाई भजाउने गरेका छन् । जब उनीहरू वास्तविक धरातलमा आफैंले दुःख गर्ने अवस्थामा आउँछन् दोहो¥याएर व्यावसायिकता उच्चारण गर्न हिच्किचाउँछन्, मान्दैनन् । जस्तो शाही शासनकाल ताका व्यावसायिकता भन्नेहरू तीन–चार महिनासम्म गल्फ र क्रिकेटको न्यूजलाई मेन न्यूज बनाएर बसेका थिए । तर मिसन पत्रकारितावाला हरू पुलिसले टाउको फुटाए पनि झुकेनन् ।
तपाईं कुन पत्रकारिता गर्दै हुनुहुन्छ ?
म विशुद्ध जनपक्षीय पत्रकारिता गरिरहेको छु । एक हिसाबले भन्नु पर्दा यहि हो व्यावसायिक पत्रकारिता । वाद र विचारको घेराभन्दा माथि उठेर कसैको अनुशासन नलाग्ने, ह्वीप नलाग्ने, देखेको कुरा लेख्ने । कसैलाई पनि गल्ती गर्दा बाँकी नराख्ने । तर हाम्रोमा विज्ञापन आउन्जेल हाईहाई गर्ने, जब विज्ञापन आउन छाड्छ, नाकाबन्दी हुन्छ, बाटो रोकिन्छ, अनि मात्रै चिच्याउने परिपाटी छ । यहि हो व्यावसायिक पत्रकारिता रु लोकमानको नियुक्ति प्रकरणमा एउटा अखबारले लेख्छ, यो महापातकी मान्छे हो, हुँदै नहुने मान्छे हो ! अर्कोले यो भएन भने खत्तमै हुन्छ भनेर पक्षमा एकैदिन नौँ वटासम्म न्युज लेख्छ ! यो हो व्यावसायिक पत्रकारिता रु पैसाले मात्रै व्यावसायिक पत्रकारिता हुन्छ ? जति बढी लगानी, धन ओइ¥यायो त्यो व्यावसायिक पत्रकारिता, अनि साना लगानीको जो आफू मरेर संस्था जोगाइरहेका छन्, देखेको कुरा लेखिरहेका छन्, जनताको वास्तविक कुरा तथ्यसहित सुसूचित गरिरहेका छन्, पर्दा पछाडिका खेलहरू नलुकाइकन लेखिरहेका छन् तिनीहरू चाहिं अव्यावसायिक रु मिसन छैन भन्नु ढोङ हो,सबैका मिसन छन् यहाँ ।
जनपक्षीय पत्रकारिता गर्नेहरूकै त्याग भुलेको जस्तो देखिन्छ नि ?
१० वर्षको जनयुद्धमा माओवादी हटकेक थियो । त्यसको सूचना पाउन जस्तोसुकै मूल्य चुकाउन मान्छेहरू तयार हुन्थे । इन्डिया पुग्थे, रोल्पा पुग्थे ।
सार्क सम्मेलनलाई व्यङ्ग्य हानेर सार्की सम्मेलन लेख्यो विमल निभाले भन्दै उनी सम्बद्ध अखबारको पत्रिका दर्ता खारेज भएको चरणबाट गुज्रेर आएका हामी, तर अहिलेको संविधानले प्रत्याभूत गरेको छ कि पत्रिकाहरूको दर्ता खारेज हुने छैन । अहिले समावेशीको कुरा हुन्छन् । अखबारमा समावेशी,पत्रकार महासंघमा पनि जातीय समावेशि,विगहाउसमा पनि त्यहि, यो व्यवस्था कहाँबाट आयो रु यस्तो परिवर्तन कसले ल्यायो !
मिसन पत्रकारिता गर्नेले जनताको भावना बुझ्दैनन् भनेर व्यावसायिक पत्रकारिता गर्नेहरू आरोप लगाउँछन् नि ?
समाज त्यही हो,जसले पोजिटिभ न्युज लेख्यो भने खायो भन्दिन्छ । समाज त्यही हो जसले नेगेटिभ न्युज लेख्यो भने आहा १ भन्छ । क्या गज्जब गरेछ भनेर मीठो मान्छ । हामीले खोइ त सिस्टम बसाउन सकेको रुलोकतन्त्र र प्रजातन्त्रको चाहिंदो भन्दा बढी सदुपयोग ग¥यौं कि रु गाडी चलाउनको लागि ट्रायल दिनुपर्ने, डाक्टरी पढेर आएपछि मेडिकल काउन्सिलको परीक्षामा सामेल नभई प्राक्टिस गर्न नपाइने, वकिल पढेर मात्रै नहुने बार काउन्सिलको परीक्षा दिनुपर्ने, नर्सिङको पनि त्यही परिपाटी। अनि पत्रकारले चाहिं पढे हुने, नपढे पनि हुने रु कहीं जाँच दिनु पनि नपर्ने, जसले जे हवाई फायर गरे पनि हुने ? पत्रकारितामा डिग्री गरेर आएकाहरुले पनि केहि गर्न पाएका छैनन् । बद्री पौडेल रसियामा पत्रकारिता पढेर आए, भरत शाक्यले पढेर आए ती विचरा कोही फिल्म लाइनमा छन् । कोही मास्टरी गरेर बसेका छन् । तिनको कदर भयो त रु टिभीको क्यामेराम्यानले नकाटिकन प्रसारण गर्नै नमिल्नेहरूका अनुहारलाई संसारले चिन्छ । लाटो देशको गाँडो तन्नेरी तालको पत्रकारिता गरिरहेका छौं हामीले । यस्तोमा क्वालिटीको कुरा गर्नु अलि चाँडो हुन्छ कि !
नमिता–सुमिता काण्डहरू पनि सार्वजनिक गर्नुभयो, के हो त्यो काण्ड रु अहिले कारबाही भयो कि भएन रु कहाँ पुग्यो त्यो काण्ड ?
त्यो पूर्व उद्योग र पर्यटन सचिवका छोरीहरूमाथि भएको बलात्कार र हत्या काण्ड हो । त्यसमा नीरा पराजुली भन्ने अर्की एक जना सहपाठी पनि थिइन् । त्यसलगत्तै त्यो बलात्कार काण्डका प्रत्यक्षदर्शी चूडामणि अधिकारी भन्ने वनपाले पनि मारिएका हुन् । यसरी चार जनाको ज्यान गएको मुद्दा हो त्यो । पञ्चायतको जगजगी चलेको २०३८ सालको कुरा हो ।
दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रले शासनसत्ता सम्हालेको दश दिनमै इमर्जेन्सीका साथ जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालयबाट फाइल हेडक्वाटरमा मगाउने काम भयो । र मुद्दा डिसमिस गरियो ।
त्यसको निम्ति ज्ञानेन्द्र नै प्रकट हुनुपर्ने वा दरबार हत्याकाण्ड नै हुनुपर्ने परिस्थिति किन आयो रु को–को मुछिएका थिए ?
रान परिवारको आवारा सदस्यहरूको नाम थियो । शासक, सम्भ्रान्त, सामन्त, अभिजात्य वर्गहरू रैतीको आलोचना पटक्कै रुचाउँदैनन् । तैपनि हामीले औंला ठड्याइरह्यौं । जब ज्ञानेन्द्रले आफ्नी एक मात्र छोरी प्रेरणालाई राजबहादुर सिंह नामको एउटा हुल्याहालाई जिम्मा लगाउन खोजे, यो ९भूपू डीएसपी जो अर्घाखाँचीमा हुँदा खोरमा थुनिएको विद्यार्थी कुटेर मारेपछि जागीरबाट बर्खास्त भएको ० को छोरो फ्रड हो, अमेरिकामा यसले धेरैको घरबार बिगारेको छ, सोसल सेक्युरिटी तोडेको छ भनेर कुरा उठाउन कुरा उठायौँ ९ महीनाअघि तर उनले कुरै नबुझी त्यसलाई छोरी दिए ! आज ती छोरीको हालत के छ, ज्वाईंको हालत के छ रु हामी भन्छौं एउटा ज्वाईं गतिलो छान्न नसक्नेले यो देश हाँक्छु भनेर के को फुर्ती गरेर हिंडेको ? एउटा छोरो तह लगाउन नसक्नेले राज्य म चलाउँछु भन्ने दुस्साहस किन गरेको रु कसैले भुट्टीभाङ एउटा ब्रेकिङ स्टोरी दिनु छैन । त्यतिबेला सत्तामा रहेकाहरूको एकशब्द आलोचना गर्ने हिम्मत छैन, तिनले जो त्यतिबेला लडेभिडे ,लाई औंलो ठड्याउने रु अनि मिसनको चार्ज लगाएर ठूला कुरा गर्ने ?
जीवनमा कस्ता कस्ता धम्की आए ?
मान्छेको सबैभन्दा ठूलो पुँजी जीवन होइन रु त्यही सिद्धाइदिन्छु भन्ने आएपछि अरु त माइनर हुने नै भए । घरमा फोन गरेर आज तेरो लोग्ने कुपण्डोल कट्दैन, दाउरा ठीक पारेर राख् भन्ने धम्की त कति हो कति ! सवारी दुर्घटना गराएर मार्न खोज्ने कति हो कति हो ! चिनियाँहरूको राष्ट्रिय दिवसमा र्याडिसन होटलमा प्रधान सेनापति प्रज्ज्वलशमशेरले आई विल सूट यु भनेको थियो । हरिहर विरही त्यहीं थिए । दुर्गानाथ शर्मा थिए । डा। गोविन्दबहादुर थापा पनि थिए ।
उसले सूट गर्छु भन्नुको कारण के हो ?
उसको पनि छोरो एक्लो, पारसजस्तै गँजडी, एडिक्ट, युके पढ्न बस्दाखेरि लागूऔषधमा जेल प¥यो, डिपोट भयो । नत्र एउटा बाबु भूपू प्रधानसेनापति जो राजदूत भएर फ्रान्स गयो । बुहारी लग्यो, नातिनातिना लग्यो । श्रीमती लग्यो, छोरो एक्लो किन लान सकेन ? किनभने इन्टरपोलको नोटिसअनुसार एडिक्टमा फँसेको मान्छे एकचोटि डिपोट भएपछि फेरि फर्किन गाह्रो हुन्छ । भिसै पाएन उसले १ संकटकालको मुख्य पात्र को ? नेपालको पुलिस फोर्सलाई थ्री नट थ्रीमा सीमित गराउने , हिटलरको पालाको हतियारमा सीमित गराउने , १७ करोड पुलिससँग लिने त्यसको बदलामा आधुनिक हतियार दिन्छु भनेर कमिटमेन्ट गर्ने अनि हतियार नदिने,पैसा पचाउने को ? अच्युत खरेल आईजीपीसँग तँ–तँ म–म गरेर झगडा गर्ने को ? डोल्पामा माओवादीले एट्याक गर्दा उसले फौज मूभ गरेको भए माओवादीका शीर्षस्थ नेतृत्व पक्राउ गर्न सक्थ्यो ! उल्टो निहुँ खोजेर गृहमन्त्री गोविन्दराज जोशी ,रामचन्द्र पौडेल , आईजीपी अच्युतकृष्ण खरेल ,गृहसचिव पदमप्रसाद पोख्रेलको जागिर खाने को ? दरबारको आडमा यी सबै गर्ने प्रज्ज्वलशमशेर हो । त्यसको पैसा खाइदिएन भनेर मलाई सूट गर्छु भनेको हो, चूप लाग्नु प¥यो भन्दै ५० हजार पठायो । पैसा लिएर दुई जना पत्रकार आए । पवन थापा ‘कुन्तल’ र रामचन्द्र तिवारी । दुईवटै पत्रिकाका सम्पादक । कमलादी मोडमा एक रेस्टुरेन्ट छ, त्यहीं आएर उनीहरुले सर चुप लाग्दिनु प¥यो, अहिले पचास हजार, त्यसपछि नियमित आउँछ भने । यस्ता हावा कुरा गरेर हिंड्ने, सिपाही मारेर दिएको पैसाले म मेरा पाठकहरूलाई मार्छु रु सात आठ हजार पाठकहरूलाई गद्दारी गर्छु रु भनेर थर्काएको, फर्काएको छु मैले ! ए बाबा उसले पठाएको पैसा नखाँदा मलाई गोली हान्छु भन्ने ?
राजनीतिक पार्टी वा अन्य संगठनबाट पनि धम्की आउँछ ?
म मदन भण्डारीको नजिक थिए । उहाँले यात्रामा जहाँ पनि मलाई लिएर हिंड्ने । त्यतिबेला बीएको परीक्षा नभएको भए साथै हुन्थें होला । दिल्ली यात्रामा सँगै गएको छु । टनकपुरलगायत धेरै ठाउँमा सँगै हिंडेको छु । मदनसँग नजिक भएको नाताले ममा पनि घमण्ड चढ्यो होला । सानो उमेर न थियो त्यतिबेला । मैले अरुलाई टेरिन होला । मदन भण्डारीभन्दा अरु नचाहिने भयो होला मलाई । म एक कक्षादेखि विद्यालयको फस्र्ट ब्वाई । मलाई टिचरहरूले फस्र्ट ब्वाईलाई राजनीतिमा लगायो भने अरु पनि पछि लाग्छन् नि, किनभने राजनितिमा लाग्दा पढाइ नबिग्रने रहेछ भन्ने उदाहरण दिन सकिन्छ भनेर उत्प्रेरित गर्नु भयो । घमण्ड गरेको होइन, एमाले स्कुलिङको पत्रकारितामा गोपाल थपलिया पछाडिको सिनियर पत्रकार हुँ । तर त्यो पार्टी एमालेमा किशोर श्रेष्ठको पोजिसन के रह्यो रु यद्यपि मैले पनि मागिनँ ।
राजनीतिक दलका नेताहरूले धम्की दिए कि दिएनन् ?
सिध्याइदिन्छु भने । पोलिटिकल मृत्यु जस्तो ठूलो के हुन्छ रु म आफू पनि सांसद्, मन्त्री हुन गइनँ । एकचोटि सञ्चार मन्त्रालयको सल्लाहकार भएँ । प्रेस काउन्सिलको सदस्य छु । सञ्चार सल्लाहकारमा वामदेवले जा भने, म गएँ । म कुनै ठाउँमा कमिटेड नभएको अवस्थामा, चुनावमा देखाउनु पर्यो भने टाउको गन्नलाई बोलाउने काम त त्यही एमालेभित्र भयो नि !
सेना,पुलिसले कसरी धम्की दिन्थे ?
पुलिसहरूले त पक्रेर बुझाए नि जंगी अड्डामा लगेर । अच्युत खरेल र अहिले भ्याली एआईजी छन् विज्ञानराज शर्मा , विज्ञान नगर प्रहरीका इन्चार्ज, मेरो मिल्ने साथी । धर्मपालवरसिंह थापा आर्मी चिफ, त्यतिबेला आतंकवाद र प्रतिविद्रोह भन्ने नामक पिक्चरसहितको तालिम दिन मिल्ने एउटा लकबुक फेला पारेका थियौं । त्यो अखबारमा छाप्यो, सुरेश आलेमगरमार्फत माओवादीलाई पनि पठाइदियो भन्नृ दोष लगाएर उनले आईजीपीलाई चिठी लेखे, बुधबारको दिन पत्रिका निस्केको तीन घण्टा भएको छैन । विज्ञानले आईजीपी सापले भेट्न खोज्नुभएको छ भनेर बोलाए, भित्र त काठमाडौंका एसपी मानबहादुर रावल मलाई पक्रेर लैजान ठीक परिरहेका रहेछन् । लगेर जंगी अड्डामा बुझाए । डीएमआई चिफले केरकार गरे । २०५४ सालमा पारसले भर्खरै मान्छे किच्न थालेको बेला दीपेन्द्रमा विकृति बढ्यो, यसले राति सुत्ने बेलामा कौवा मार्न थाल्यो । ६ र ७ हजार कौवा बस्छन् दरबारभित्र जथाभावी बन्दुक पड्काएर सुत्न जान्छ भनेर समाचार लेखियो ! लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री, वामदेव गौतम गृहमन्त्री, ध्रुवबहादुर प्रधान आईजीपी । दिलीप श्रेष्ठ काठमाडौंका एसपी थिए । मलाई आईजीपीले बोलाएर ‘तपाईंलाई राजद्रोहको मुद्दा चलाउने भइयो’ भने । अनि नवीन घिमिरे काठमाडौंको सिडियो ,गृहसचिवबाट पछि अवकाश पाए । उनीकहाँ आएर टीकाराम भट्टराई, सुधीर शर्मा र म बयान दिन गएका छौं । त्यो कठिन कालखण्ड । त्यतिबेला पत्रकारितालाई प्रशासनको डण्डा लगाएर त्यसरी निस्तेज पारिन्थ्यो । त्यो डरलाग्दो स्थिति पार गरेर आयौं ।
यो बीचमा आर्थिक अफरहरू कत्तिको आए ?
किन नआउने, आइरहेका छन् । डरलाग्दा हुन्छन् । एउटाले म्यानुपुलेट गर भन्छ, एउटा समाचार किल गर भन्छ । तेस्रोले गर्देऊ तिम्रो बोली बिक्छ ,ठाउँ ठाउँमा भन्देऊ अरु पत्रकारलाई पनि कन्भिन्स गरेर यो न्युजचाहिं यसरी आओस् भन्छन् । एडिटोरियल कक्षलाई विज्ञापनले गाइड गरेजस्तै । त्यस प्रकारको काम हुने गरेको छ । विदेशीहरूले पनि गरिरहेका छन् । व्यावसायिक भनिएका कति पत्रकारहरू राति दूतावासका डिनरहरूमा उपस्थित हुने गर्छन् । तिनले अखबारको न्युज सम्पादन गर्न जाँदा आफ्नो घरको कम्प्युटरबाट के के सूचना सम्प्रेषण गर्छन् दूतावासहरूलाई र एजेन्सीहरूलाई । त्यो कुराको खोजी गरौं न अनि व्यावसायिकता त्यहाँबाट देखिन्छ ! नेपाली राजनीतिक दलबारेको धारणा बनाउन पत्रकारिताको आड र सूचनाको आधारमा विदेशीहरूलाई फिडब्याक दिने धन्दामा कति इन्भल्व छन् । खोजी गरौं उसको जीवनशैली ,दैनिकी ,खर्चपर्चका नालीबेली हेर्नु के हो ?
मेरो सन्दर्भमा भन्नुहुन्छ भने घमण्डका साथ भन्छु, मैले कहिल्यै सम्झौता गरेको छैन । ब्ल्याकमेलिङ गरेको छैन । मेरो लेखाइ कडा हुन्छ । कसैप्रति निर्ममतापूर्वक गरें होला,कसैलाई सफ्ट गरें होला । कसैले यसले योसँग ब्ल्याकमेलिङ ग¥यो, यस्तो ग¥यो भन्यो भने मलाई टुँडिखेलमा लगेर झुण्ड्याए हुन्छ ।
नेपालको पत्रकारितामा अहिले पनि सेनामा काम गर्ने, पुलिसको गुप्तचर विभागमा काम गर्ने, एजेन्सीमा काम गर्ने र उनीहरूले हामी व्यावसायिक पत्रकार हौं भन्दै गर्धन फुलाउँदै हिंड्नेहरू पनि छन् नि ।
राज्यले पत्रकारिताभित्र सीआईडी उत्पादन गरिरहेको छ । प्रेस पास लिएपछि जहाँ पनि छिर्न पाइने,त्यो प्रेस पास डीएमआईका मान्छेले लिएका छन् । र, राअविका मान्छेले पनि लिएका छन् । पुलिसका सीआईडीले लिएका छन् ।
राज्यले पत्रकारिताभित्र सीआईडी उत्पादन गरिरहेको छ । प्रेस पास लिएपछि जहाँ पनि छिर्न पाइने,त्यो प्रेस पास डीएमआईका मान्छेले लिएका छन् । र, राअविका मान्छेले पनि लिएका छन् । पुलिसका सीआईडीले लिएका छन् ।कतिपय तरुनीहरू पत्रकारको भेषमा डुलेका छन् । ल रेकर्ड निकालौं त रु तर यसमा हामी दोषी छौं । राज्यले त कमजोरीमा खेलेर फाइदा उठाउने नै भयो । सूचना संकलनको लागि जे पनि गर्ने भयो । तर पत्रकारले नै त्यस्ता सुराकी र व्यापारीलाई प्रेस पासका निम्ति सिफारिश गरेका छन् । ठूला भनिएकाहरूले गरेका विशालतम विशालतम विज्ञापनका डिल वा अरु खालका सेयरिङका डिलहरूका आडमा पत्रकारिताबाट कुछ पाइन्छ भनेर अचेत त मारवाडीहरू पनि प्रिन्ट मिडिया र टेलिभिजनमा झुम्मेका छन् । जब पैसालाई नै सब थोक ठानिन्छ हुन्छ केको बाँकी रहन्छ व्यावसायिकता र मिसन पत्रकारिता ?
तपाईंलाई श्रीषा कार्की प्रकरणमा पनि पत्रकारिताबाटै नामोनिशाना सकाउने भनेर केही लागे नि, हो ?
यहाँनिर फेरि व्यावसायिकताको कुरा आउँछ । हाम्रो पत्रकारिताको नैतिकताले के भन्छ भने, पीडितको भनाइलाई ठाउँ दिनुपर्छ । त्यो प्रकरणमा पीडित म हुँ । विश्वमणि सुवेदी, यादव पाण्डे मेरो टीम हो । कान्तिपुर र जनआस्था एकै वर्ष जन्मेका । २०५१ सालमा जतिबेला जनआस्थाको जन्म भयो, कृष्ण भट्टराईले तीन अंक लेखेका छन्, कान्तिपुरका साहूहरूको विभिन्न धन्दाबारे । कार्पेट, सांग्रिला कार्गोदेखि लिएर थुप्रै धन्दाबारे १ अहिले पनि मुद्दा पुनरावेदनमा छ । तिनले मलाई राइट टाइममा बदला साध्न पाए । अजय दास भन्ने मान्छे त्यतिबेला कान्तिपुरमा काम गर्थे । उनले मेरो २१ मिनेटसम्म अन्तर्वार्ता लिए, त्यो प्रकरणमा दिनमा ८ वा ९ वटा समाचार आउँथ्यो । तर मेरो अन्तर्वार्ता एक सेकेन्ड पनि प्रसारण भएन । युवराज घिमिरे अहिले अन्नपूर्ण पोष्टमा छन् । गुणराज लुइँटेल मेरै सहकर्मी, ती समाचार प्रमुख र सम्पादक थिए कान्तिपुरमा, तर पूरै निरीह । मेरो भनाइलाई ठाउँ दिन सक्दैनथे,। किनभने मालिकको कुरा थियो । अनि कहाँ हरायो त व्यावसायिकता रु मलाई त जेल नै हाल्ने तयारी थियो । मार्ने तयारी थियो । अन्नपूर्ण पोस्टका साहूजी रामेश्वर थापाले भन्छन् नि, तपाईंलाई त्यतिबेला भेटेको भए सिध्याउँथे । पुलिसमा यो डीआईजीको यस्तो प्लान थियो । तर संयोग के भने जसरी मलाई सिध्याउन खोज्नेहरू थिए त्यस्तै गरी बचाउन खोज्नेहरू पनि आए । मलाई दुःख माओवादीहरुसँग छ । एमालेका मान्छेहरूसँग पनि दुःख छ । किनभने तिनीहरू हावाको पछाडि दगुरे । वामदेव गौतम त्यतिबेला पावरमा नभए पनि मैले मानेको नेता, मेरो श्रीमतीले भेटेर लौन घरमा, अफिसमा छापा हानेको हान्यै छ भन्न जाँदा वामदेवले भने ‘पुलिसमा गिरफ्तारी दिन पठाउनु त्यसपछि जे जे गर्नुपर्छ गरौंला’ । हामी दशैंको टीका लगाउन जान्थ्यौं वामदेवकोमा , त्यसपछि जान छोड्यौं ।
माओवादीप्रति किन गुनासो ?
माओवादीको विध्वंसको बाटोप्रति मेरो विरोध थियो, छ र रहनेछ । त्यो अवस्थामा पनि माओवादीलाई माया गर्ने मान्छे हो म । किनभने म पनि त्यही कम्युनिस्ट स्कुलिङको मान्छे । प्रचण्डले अन्तर्वार्ता छापिएपछि विदेशबाट फोन गरेर धन्यवाद ,राम्रो गर्नुभयो भन्थे । बादलहरूलाई पनि जोगाएको मान्छे हो म । तीनै प्रचण्डले एक पटक रवीन्द्र श्रेष्ठको आर्टिकल छाप्यो भनेर शक्तिखोरमा गाली गलौजै गरे । कम्युनिस्टहरूमा एउटा नराम्रो रोग छ अप्ठेरोमा आफ्नालाई जोगाउन नसक्ने अनि केही चित्त नबुझे पातालै पु¥याइदिहाल्ने ।
श्रीषा कार्की प्रकरणमा केही गल्ती त गरेनौं फर्केर हेर्दा ?
त्यो बेला वास्तवमा एउटा गल्ती भयो । तर समग्र गल्ती होइन भन्छु । यति मात्रै कि, फोटो छापिनु गल्ती भयो । महागल्ती के हो भने उनले मृत्यु रोजिन् । फोटो छाप्नुबाहेक हाम्रो कुनै पनि संलग्नता दुनियाँले प्रमाणित गरुन् । अनि फोटो छापिएको पो श्रीषा कार्कीको , त्यसमा लोकमान, खुमबहादुर खड्कालगायत ४५ जनाको नाम छ १ उनीहरू यो–यो धन्दामा छन् भनेर लेखियो, अरुले त फेसै गरे झुण्डेरै त मरेनन् । उनी ६ दिन पछि मलाई भेटेर, दशैंपछि खण्डन छाप्नेमा कन्भिन्स भएर गएकी थिइन् । उनको ब्वाइफ्रेन्ड प्रकाश देउजा लेफ्टिनेन्ट कर्णेल छन् । सुशील कोइरालाको एडीसी । त्यतिबेला कृष्णप्रसाद भट्टराईको एडीसी थिए । यिनले कार्कीलाई लिएर सई उद्धव भण्डारीको घर गई मलाई यहाँ फोटो खिचेको भनेर देखाइन् र उनको श्रीमती पुलिसमा हवल्दार ईश्वरी ढुङ्गानालाई हेल्मेटले हिर्काइन्, यो कुरा थाहा पाए लगत्तै लन्डनबाट उद्धवले फोन गरि श्रीषालाई थर्काए र लगत्तै उनले सुसाइट गरेकी हुन् । त्यतिबेलाको कल डिटेल पनि हेरे हुन्छ ।
तपाईंले ज्यान खानेसम्मको धम्कीहरू बेहोर्नुभएको छ । अहिले पनि त्यस्ता धम्की तथा पत्रकारमाथि हमला भइरहेको छ ?
जनयुद्धको दौरान राज्य र विद्रोही दुवै पक्षबाट करीब करीब अढाइ दर्जन पत्रकार मारिए, विशुद्ध पत्रकारिता गरेर मारेको एउटा मान्छे देखाउनुस् मलाई । धेरैजसो मान्छे गैरपेशागत आचरणका क्रममा मारिएका छन् र त्यसलाई पेशागत रंग दिइएको छ । दोस्रो कुरा, अहिले पनि गैर पत्रकारिता आचरणका पत्रकारहरू ठूलो संख्यामा छन् । दिउँसो धम्की दियो भन्ने अनि बेलुका त्यही मान्छेसँग बसेर जाँड खाने गरेपछि त्यो कमजोरीमा खेलेर कुट्दैन, पिट्दैन,मार्दैन अपराधीले रु डनको पैसा खाएर किन हिंड्नु रु झापामा पनि त्यस्तो भएको छ, आफ्नो बसउठलाई पनि पत्रकारले शुद्ध बनाउनु प¥यो । आफू चुक्नु भएन । यदि गलत लेखिएकै कारण कसैलाई चोट पुगेको छ भने त्यसलाई क्षतिपूर्ति दिने बाटो छ, उपाय छ । समाचार सही छ भने किन डराउने रु धम्की दिंदैमा लुत्रुक्क पर्नुपर्छ, च्यालेन्ज दिनुपर्छ ?
जनपक्षीय पत्रकारहरूलाई केही टिप्स दिनुस् न ?
सबभन्दा ठूलो कुरो फाइदा नै फाइदा छ भनेर यसमा पस्ने कन्सेप्टलाई चेन्ज गर्नुपर्छ । पौडी खेल्न नजानेको एउटा सिकारुले नदीमा पस्नुअगाडि म यहाँ डुबेर मर्न पनि सक्छु । म पाखा लागेर भाग्न पनि सक्छु । माछा भेट्न सक्छु, हिलो भेट्न पनि सक्छु भनेर पहिला माइन्ड मेकअप गर्नुपर्छ । देशी विदेशी भाषा सिक्नुपर्छ । लामो समय यसैमा जम्ने हो भन्ने हो भने दुई नाउमा खुट्टा राखेर हुन्न । यतापट्टि पद हासिल गर्छु र पत्रकारिता पनि गर्छु भन्नुहुन्न । अनुशासन दुईतिर लाग्ने खालको काम गरेर हिंड्नु हुन्न । चौथो कुरा बस्–उठ संगत र सूत्रको पहिचान गरेर हिंड्न सक्नु प¥यो । सबैभन्दा महत्वपूर्ण कुरा लोभले मान्छेलाई बर्बाद बनाउँछ । घरको लोभ होला, परिवारको लोभ होला, श्रीमतीको लोभ होला । अनि अरुले राम्रो लगायो भनेर इष्र्या पनि होला । यसलाई किल गरेर जान सकियो भने भविष्य उज्यालो छ । पत्रकारितामा जनजाति, महिलाहरू थोरै छन् । उनीहरू कस्तो हाईहाई भएका छन् । विदेशी एजेन्सी, आईएनजीओमा जागिर छ । उच्च शिक्षाको लागि विदेश जान पनि सजिलो छ १ एउटै ब्याजमा धेरै क्याडेट हुन्छन् । तर आइजी र सेनापति त एउटा न हुन्छ । हुने टार्गेट त त्यो लिनु प¥यो । नभए एआइजी भए नि ठीकै छ । लेफ्टिनेन्ट जर्नेल पनि ठीकै छ भनेर मन बुझाउने तिर गइयो भने मलाई लाग्छ असफल हुनुपर्ने र आत्तिनुपर्ने कुनै कारण छैन ।
अन्तिममा किशोर धेरै संसारै घुम्छ भनेर शंका गर्छन् नि त्यो भन्नेहरूलाई के भन्नुहुन्छ ?
हिजो मलाई पञ्चायतले एकै ठाउँमा बस्नै दिएन । आठ कक्षाको विद्यार्थी राजकाज मुद्दा लागेर, घरबार छोडेर रातारात हिंड्नुपर्ने कसले बनायो रु पञ्चायतले होइन रु मेरो त्यो बानी विकसित हुँदै आयो,सोख बन्यो । दैनिक पत्रिकामा जागिर खाएको मान्छे भए पो हिंड्न गाह्रो हुने, साप्ताहिक पत्रिकामा काम गर्ने । मेरो संगठन पनि पेशागत । छापा माध्यम राष्ट्रिय संजालको महासचिव। प्रेस काउन्सिलको सदस्य । मैले लेखेको कुरा राजधानीमा मात्रै सेल हुने होइन, बाहिर पनि जान्छ । त्यहाँबाट फिडब्याक लिनुपर्छ, बजार पनि बुझ्नु छ । विश्व प्रेस काउन्सिलको उपाध्यक्ष पनि छु । मिटिङ पर्छ सदस्य राष्ट्रहरूसँग कुरा हुन्छ। त्यो मात्रै हो अरु त के छ र ?
साभार: राताेपाटि
साभार: राताेपाटि

No comments:
Post a Comment