गोलबजार: सिरहाको दक्षिणवर्ती गाविस हकपाडाकी एक महिलाले श्रीमानको घरबाट करिब छ लाखभन्दा बढीको गरगहना लिएर अर्का केटासँग भागेकी छन् । हकपाडा–३ का जयराम यादवकी २० वर्षीया श्रीमती सुचिताकुमारी यादवले घरमा भएको सबै गरगहना लिएर सोही गाविस वडा नं ३ का सन्तोष यादवसँग टाप कसेकी हुन् ।
श्रीमतीले घरमा रहेको अन्दाजी ६ लाखभन्दा बढीको गरगहना र रु ८१ हजार नगद लिएर अर्का केटासँग भागेको पीडित जयरामले जानकारी दिए ।
पीडित जयरामका अनुसार श्रीमती सुजिताले सुनका नौ तोला चार आना गरगहना, ९१ तोलाको दुईवटा चाँदीको हसुली, ४० तोलाको चाँदीको काँडा, आठ तोला चाँदीको पाउजु, १० तोला चाँदीको पाइत र रु ८१ हजार नगद लिएर भागेकी छन् ।
भएको सबै गरगहना लिएर श्रीमती फरार भएपछि आफूहरु समस्यामा परेको पीडित जयरामले भने । उनले भने “अर्का केटासँग किन भाग्यो मलाई केही थाहा छैन ।”
“सुचिता पहिलोपटक पुस १४ गते आफ्ना भाइलाई भेट्न लहान गएकी थिइन्, त्यहीबाट बेपत्ता भइन्”, सुजिताका श्रीमान् जयरामले भने , “त्यसपछि दिनरात खोजी गरेँ । जनकपुरमा रहेको थाहा पाएर त्यहाँ पुगेर घर ल्याएँ । तर फेरि माघ २ गते गरगहना र नगद लिएर फरार भइन् ।”
महदेवा पोर्ताहा गाविस–३ माइत भएकी सुजिताको विवाह जयरामसँग गत वर्ष माघ २० मा भएको थियो । जयराम सिरहा सदरमुकामस्थित निजी विद्यालयका शिक्षक हुन् ।
साभार annapurnapost
- See more at: http://annapurnapost.com/News.aspx/story/6182#sthash.0ZMfUEA9.jQDewv5r.dpuf
No comments:
Post a Comment