मोबाइलको सिङटोन बज्यो। मल्लिका कार्कीको स्वरको यो गीत पहिलो चोटि गोरखा बजार ति। सुनेको थिए। सुरुमै सुन्दा मन प¥यो। ल जा म पनि के कम, त्यहाँको म्युजिक पसर्ले साथीलाई पेनड्राइभमा कपी गर्न लागाए। एडब अडिसनमा अगाडिको म्युजिक काटिदिए अनि बनाइदिए सिङटोन। ब्लुटुथबाट मोबाइलमा सारी अनि सेट गरे सिङटोनको रूपमा। मोबाइल नर्मल प्रोफाइलमा भएको बेला जसको फोन वा मिस कल जे आए पनि यही बज्ने।यसो मोबाइलमै समय हेरे। रातको १ बजेको रहेछ। कलेज जान अलार्म बजेको हो कि भन्ने ठानेको, होइन रैछ। मिस्ड कल भनेर एउटा अज्ञात नम्बर देखे। ९८०६४..................... नम्बर थियो।
मेरो एनटिसीमा, पहिलेको मेरो मोबाइल अहिलेको एनसेलको अज्ञात नम्बर... कसको हो भन्ने याद भएन, निद्राले थिचेको थियो, पल्टिदिए। सिरानीमै रहेको मोबाइलमा एउटा म्यासेज आयाे। भन्ठाने, एनटिसीले मोबाइल वन वे भएको जानकारी दिन पठाएको म्यासेज होला। यो पोस्टपेड मोबाइल पनि झन्झटै हो, कतिबेला वन वे हुन्छ थाहा हुँदैन। यस्ता म्यासेज मलाई मोबाइलमै सेभ गरेर राख्न मन लाग्दैन। डिलिट गर्छु भनेर हेरेको त, त्यही मिस्ड कलवाला नम्बरबाट आएको म्यासेज रैछ ।आई एम वेटिङ यु इन फेसबुक।कहाँबाट कसले कुन नियतले पठाएको थियो, लेखिएको थिएन। मस्त निद्राले च्यापेका बेला अनलाइन? मैले नि रिप्लाई गरे ”आई एम स्लिपिङ हु आर यु आई कुडनट रिकग्नाइज यु। प्लिज गिभ मि टु स्लिप। गुड नाइट।”सेन्ड हुनुअघि नै डेलिभरी रिपोर्ट आयो, यो एनटिसी पनि गजबको छ। एक मिनेट पनि नहँुदै अर्को म्यासेज आयो, रोमन नेपालीमा, ”सुतेको मान्छेले कसरी रिप्लाई गर्छ म तिमीलाई फेसबुकमा वेट गरिरहेको छु। कम फास्ट न प्लिज” ममाथि ठूलै चुनौती थियो। फेरि उठे, पानी पिए, अलि अलि भोक लाग्न थालेको रैछ। साथीहरूले पेट लाग्यो भन्या भएर साँझमा भात खान छोडेको त बिहान उठ्दा पेटभर मुसा दौडिने। सुत्त्ने खाटको साइडको सानो टेबलमा रारा चाउचाउ रैछ, खोले अनि खान थाल । म्यासेज रिप्लाई गरिन। एनसेलमा रिप्लाई गर्दा झन्डै ३ रुपैया काट्छ। बडो पैसा बचाउनेजस्तो गर।
मेरो एनटिसीमा, पहिलेको मेरो मोबाइल अहिलेको एनसेलको अज्ञात नम्बर... कसको हो भन्ने याद भएन, निद्राले थिचेको थियो, पल्टिदिए। सिरानीमै रहेको मोबाइलमा एउटा म्यासेज आयाे। भन्ठाने, एनटिसीले मोबाइल वन वे भएको जानकारी दिन पठाएको म्यासेज होला। यो पोस्टपेड मोबाइल पनि झन्झटै हो, कतिबेला वन वे हुन्छ थाहा हुँदैन। यस्ता म्यासेज मलाई मोबाइलमै सेभ गरेर राख्न मन लाग्दैन। डिलिट गर्छु भनेर हेरेको त, त्यही मिस्ड कलवाला नम्बरबाट आएको म्यासेज रैछ ।आई एम वेटिङ यु इन फेसबुक।कहाँबाट कसले कुन नियतले पठाएको थियो, लेखिएको थिएन। मस्त निद्राले च्यापेका बेला अनलाइन? मैले नि रिप्लाई गरे ”आई एम स्लिपिङ हु आर यु आई कुडनट रिकग्नाइज यु। प्लिज गिभ मि टु स्लिप। गुड नाइट।”सेन्ड हुनुअघि नै डेलिभरी रिपोर्ट आयो, यो एनटिसी पनि गजबको छ। एक मिनेट पनि नहँुदै अर्को म्यासेज आयो, रोमन नेपालीमा, ”सुतेको मान्छेले कसरी रिप्लाई गर्छ म तिमीलाई फेसबुकमा वेट गरिरहेको छु। कम फास्ट न प्लिज” ममाथि ठूलै चुनौती थियो। फेरि उठे, पानी पिए, अलि अलि भोक लाग्न थालेको रैछ। साथीहरूले पेट लाग्यो भन्या भएर साँझमा भात खान छोडेको त बिहान उठ्दा पेटभर मुसा दौडिने। सुत्त्ने खाटको साइडको सानो टेबलमा रारा चाउचाउ रैछ, खोले अनि खान थाल । म्यासेज रिप्लाई गरिन। एनसेलमा रिप्लाई गर्दा झन्डै ३ रुपैया काट्छ। बडो पैसा बचाउनेजस्तो गर।
यतिन्जेल निद्रा भागिसकेको थियो। ल्यापटप ताने अनि खोले। मेरो एक्लो जीवनमा साथी भनेकै यही ल्यापटप त हो। धेरै समयको सपना साँचेर किनेको ल्यापटप। अहिलेसम्म जीवनमा आङ्खनै कमाइबाट किनेको सबैभन्दा महँगो बस्तु। निकै माया लाग्छ अनि कहिलेकाही ”ल्यापी” भन्छु। अफिसमा साथीहरूले जिस्काउँछन्, ”के हो मुकु, ब्यागभित्र गर्लङ्खरेन्ड हो” गर्लङ्खरेन्डले यति साथ दिन्थिन् या दिन्नथिनन्, थाहा भएन तर यसले हरपल हरक्षण केही गुनासो नगरी साथ दिइरहेको छ। अँ साँच्ची, ल्यापटप खुल्यो, इन्टरनेटको तार जोडे। एकछिनमा याहु, जिटक, स्काइप सबैमा साइन इन भयो । सर्सर्ती हेर, विदेशी साथीहरू मात्र अनलाइन रैछन्। अनि साइन आउट गर। गुगल क्रोरोममा फेसबुक टाइप गरे अनि कन्ट्रोल इन्टर हाने। डब्लुडब्लुडब्लु र डटकम टाइप गर्न छाडेको निकै भयो। साइटको नाम टाइप ग¥यो अनि कन्ट्रोल इन्टर। एकछिनमै फेसबुक खुल्यो। अनलाइनमा केही फेसबुक फ्रेरेन्ड थिए, तर कोही पनि निकै परिचित लागेन। साथीहरूको स्टाटसमा जेपिटी कमेन्ट लेख्दै थिए। च्याट बक्समा रोमनमा ”मलाई थाहा थियो, तिमी अनलाइन आउँछौ भनेर” भन्ने म्यासेज आयो। स्टाइलिस फन्टमा प्रतिक्षा लेखिएको मान्छेले मलाई म्यासेज पठाएको रहेछ। खासै चिनेजस्तो लागेन। मैले रिप्लाई गरिन अझ भनौं यति छिटो रिप्लाई गर्न चाहिन। फेरि अर्को म्यासेज आयो, ”स्विट ब्वाय, विद होम आर यु बिजी स्विट ब्वाय, यो शब्दले कता कता तरंग ल्यायो। फेरि अर्को वाक्य थपियो च्याट बक्समा, ”सो सरी फर डिस्टबिर्ङ यु एट मिडनाइट। आई कुडनट स्लिप विदाउट टकिङ विद यु... हिहि।” मलाई पारो छुट्यो। कुनचैं केटाले मलाई मुर्गा बनाउन नक्कली आइडीबाट यस्तो गरायो भन्ने सोचे। तैपनि टाइप गरे, ”म्याडम, हु आर यु, आई डन्ट गेट यु। एन्ड हाउ डिड यु गेट माई नम्बर?” एकैपटकमा यी सबै टाइप गरी इन्टर थिचे। मलाई सबैभन्दा ठूलो जिज्ञासा मैले नचिनेको व्यक्तिले मेरो मोबाइल नम्बर कसरी पायो भन्ने थियो। अफिसको भिजिटिङ कार्डमा पनि मोबाइल नम्बर छैन। मैले सार्वजनिक स्थानमा पनि मोबाइल नम्बर लेख्ने गरेको छैन। बरु इमेल एड्रेस छयापछयाप्ती लेख्छु। सजिलो छ, रिस उठ्यो वा चित्त बुझेन भने स्पाममा लगेर ठेल्दियो। अनि टन्टा साफ।
”म्याडम? आई एम नट म्याडम, एम मिस, सर। अन्डरस्टुड? लोल.... बाई द वे, यु विल नो मी सुन, बट आई नो यु भेरी वेल।” सायद मैले सँगै स्कुल पढेको कोही हुनुपर्छ भन्ने सोच किनभने उनीहरूको नियमित सम्पर्कमा नआएको धेरै भएको थियो। सम्भवतः मेरोबारे धेरै थाहा तिनै साथीहरूलाई हुन सक्छ। अनि अलिक सङ्खट भएर कुरा गरे। कुरा गर्दै गए, उसले मेरो तीनपुस्ते विवरण लेखी। मेरो घर, क्याम्पस, अफिस, इन्ट्रेस्ट, आदि। म छक्क परे। उसको प्रोफाइल पिक्चरहेरू भनेको पनि एउटा गुलाबको फूलको तस्बिर मात्र छ। अरू तस्बिर थिएनन्। एक मनले यो पात्रलाई फेसबुकको ङ्खरेन्ड्स लिस्टबाट हटाउन भन्यो तर अर्को मनले मेरो बारे सबै थाहा भएकालाई किन हटाउनु भन्यो।
च्याट गर्दागर्दै ४ बजेछ। यो पहिलो च्याटमा उसले नै धेरै लेखी, मैले निकै कम लेखे। बीचबीचमा निद्रा लागेन भनेर सोध्याे ता कि ऊ सुतोस् अनि म पनि सुत्न पाउँ । बिहान ६ बजे क्लास जानुपर्ने सम्झे।करिब सवा १ देखि ४ बजेसम्म झन्डै ३ घन्टाबीच मैले प्रतिक्षाका धेरै कुरा सुन। मैले उनलाई मेरो मोबाइल नम्बर कहाँबाट थाहा पाएको भनेर सोध तर उनले ”चाह्यो भने जे पनि पत्ता लगाउन सकिन्छ, मोबाइल नम्बर त के हो र” भनिन् अनि कुरा मोडिन्। उनका उट्पट्याङ गफ मलाई रमाइलो त लागिरहेको थियो। तैपनि दिक्क मानेको बहाना गर्दै मैले टाइप गरे, ”नाव आई वान्ट टु स्लिप, गुड नाइट, बाई” अनि उनको रिप्लाई नकुरी फेसबुक च्याटबाट अफलाइन भए। निद्रा लाग्यो भनेर अफलाइन भए पनि मलाई खासै निद्रा लागेको थिएन। हाइहाइ गरिरहेकै थिए। मेरो मनमा यो प्रतिक्षा भन्ने केटी को होली भन्ने लागिरह्यो। फ्रेरेन्ड्स लिस्टमा प्रतिक्षालाई खोजे अनि प्रोफाइलमा गए । अचम्म, उनको फ्रेरेन्ड्स लिस्टमा म मात्र रहेछु अर्थात उनको फेसबुक फ्रेरेन्ड्स म मात्र रहेछु। फेसबुक वालमा मात्र एउटा स्टाटस थियो, ”वेटिङ फर यु।” अरू केही थिएन। झनै अचम्म परे । फेसबुक इनबक्समा एउटा म्यासेज आयो। म्यासेज उनकै थियो, ”मध्यरातमा अनलाइन आएकोमा कृतज्ञता र डिस्टर्ब गरेकोमा सरी। आउँदो बेलुकी ९ बजेतिर अनलाइन आउन अनुरोध। रिप्लाई गर्न जाँगर चलेन। कसले मलाई यसरी चाटिरहेको छ, मेरो शंका झन् बढ्यो। बेलुकी ८ बजे नै इन्टरनेटमा जोडिए। स्काइप, जिटक, याहु, एमएसएन, फेसबुक सबैमा एकैपटक लगइन गरे। गत महिना पोखरा जाँदा खिचेको कलर पिक्चरलाई फोटोसपमा ब्ल्याक एन्ड ह्वाइट गराए अनि फेसबुकमा नयाँ प्रोफाइल पिक्चरको रूपमा अपलोड गरे। क्याप्सन लेखे ( ब्ल्याक एन्ड ह्वाइट लाइफको ब्ल्याक एन्ड ह्वाइट पिक्चर। तुरुन्त इनबक्समा उही पात्रको म्यासेज आयो, ”कसरी बिडब्लु लाइफ” मैले स्पटीकरण दिनु जरुरी ठानिन, त्यसैले रिप्लाई पनि गरिन। यतिन्जेल म फेसबुक च्याटमा अफलाइन थिए, अनलाइन भइदिए। अनलाइन हुनासाथ उही पात्रको म्यासेज। यो फेसबुकमा इन्टििभिटजिबल अप्सन पनि हुनु नि कम्तिमा आफूलाई च्याट गर्न मन नलागेकासँग त लुक्न सकिन्छ।
केही शंका, धेरै खुल्दुली, त्यो साँझ पनि निकैबेर अनलाइनमा गफिएछु। भोक लाग्न थालेपछि पो थाहा भयो। अफिसबाट फर्केपछि मेरा परममित्रहरू वनकाइलो र नारायणसँग भृकुटीमण्डपमा खाएको एक गिलास चिया र एउटा स्लाइस केकले यतिन्जेल थेगिरहेको थियो। भात के पकाउन थाल्नु, रोटी पकाउनु त झन् अल्छी लाग्ने। फेरि उही रारा चाउचाउ। ल्यापटपमा समय हेरे, ११ बजिसकेछ। ”म सुत्छु। मलाई निद्रा लाग्यो। तपाईंले मलाई हिजो पनि सुत्न दिनुभएन। गुड नाइट। बाई” यति लेखेर म्यासेज गरे अनि प्रत्युत्तर नकुरी अफलाइन भए। अब त साँझ परेपछि अनलाइनमा प्रतिक्षाकै प्रतिक्षामा। एउटा अनलाइन नसा। यस्तै क्रम केही दिन चलिरह्यो। च्याटका टपिक लाइफ, स्टडी, लभ, अनलाइन, प्रोफाइल पिक्चर अनि कहिलेकाही पोल्टिक्स र ट्राभल। बिस्तारै बिस्तारै थाहै नपाई धेरै कुरा सेयर भएछन् र उनीसँग निकै खुल्न थालेछु। तर यतिन्जेल पनि मैले उनलाई चिन्न भने सकेको थिइन। उनका बारे जति सोधे पनि उनले ”म तिमीलाई छिटो भेट्न चाहन्छु, त्यो बेला तिमीले मलाई देख्नासाथ चिन्नेछौ” भन्थिन्। अब म उनलाई भेट्न व्यग्य्र थिए। उनले नै भेटको प्रस्ताव राखुन् भन्ने चाहन्थ । केही दिन कुरे । एक दिन आफैं सोधे । तिमी भन्न अप्ठेरो लाग्यो। ”ह्वेन विल यु मिट मी” तिमी या तपाईं, के भनेर सम्बोधन गरू । भन्ने लागिरहेका बेला अंग्रेजीमा लेखिदिए। उताबाट रिप्लाई आयो ”एज यु विस, स्विट ब्वाय। मैले आउँदो शनिबारका लागि प्रस्ताव गरे भने स्थान र समय छान्ने जिम्मा उनलाई दिए। तुरुन्त उनले टाइप गरिन्, ”बानेश्वर बेकरी क्याफे एट फाइभ। आई विल वि इन ग्रिन टिसर्ट एन्ड ब्ल्याक जिन्स।”
आज मंगलबार, शनिबार आउन अरू ४ रात छ। एक मनले त ढिलो लाग्यो, अर्को मनले शनिबारको दिन नुवाइधुवाइ सकाएर एकछिन साथीहरूसँग गफ लडाएर जान पाइन्छ भन्ने सोच । अनि मैले ”डन” लेखे र उताबाट पनि उही प्रतिउत्तर आयो। गफ गर्दागर्दै ११ बजिसकेको थियो। प्रतिक्षासँग अनलाइन गफ गर्न लागेपछि मेरो साँझको खाने बानीमा परिवर्तन आएको थियो। खानाभन्दा महत्वपूण हुनथाल्याे । उनीसगँको गफ लाग्न थालेको थियो। भोकलाई जिते पनि निद्रालाई जित्न सकेको थिइन । ”म सुतु ” मैले अनायास कुनै भूमिकाबिना सुत्ने अनुमति माग । पहिले पहिले त गफ गर्दागर्दै सिधै अफलाइन भइदिन्थे “तर अचेल चाहेर पनि त्यति निस्ठुरी हुन सक्दिन। ”निदा्र लाग्यो” उताबाट रिप्लाई आयो। मैले नि लेखे, ”अहँ लागेन, हजुरसँग च्याट गर्दा त निद्रा नि भाग्दो रैछ,” मैले नि सटायर हाने। ”मी टु,” उनले कुरा सिधै बुझे जसरी भनिन्। अनि मैले लेखे, ”आई एम फिलिङ भेरी स्लिपी। भोलि ६ बजे कलेज जानु छ। सो, म सुते है गुड नाइट।” म उसको गुड नाइटको अक्षर सन्देशको प प्रतिक्षामा थिए , उसले प्रसंग एक्कासि मोडी र सोधी, ”कलेजमा कत्तिको लाइन मारिन्छ?” मैले नि सहज उत्तर दिए, ”साउनको महिना हरियाली छ। लाइन त मादिनँ भन्दा नि मारिहालिन्छ।” उनले हरियालीको अर्थ बुझिनछन् क्यारे, प्रस्ट पार्न भनिन्। ”साउनको महिनामा हातभरि हरियो चुरा देखिन्छ जहीँतहीँ, त्यसैले हरियाली,” रिप्लाई गरेँ अनि ”आई वान्ट टु स्लिप, बाई” लेखे । उनको रिप्लाई नकुरी अफलाइन भए र ल्यापटप बन्द गरे।
शनिबारको प्रतिक्षा थियो। बीचका बाँकी दिनमा खासै लामा अनलाइन वार्तालाप भएनन्। म धेरै रातिसम्म अनलाइन बस्न छाडे किनभने मलाई अलिअलि ज्वरो आउन थालेको थियो। भोलिपल्ट अर्थात बुधबार, अगस्ट ११ को साँझ फेसबुकमा स्टाटस अपडेट गरे, ”फाइनली, ज्वरो आएछ।” उनले तुरुन्त इनबक्समा म्यासेज पठाइन्, ”के भयो, स्विट ब्वाय? किन ज्वरो? कि मसँग गफ गर्दागर्दा हो? मलाई त डर पो लाग्न थाल्यो, मसँग कुरा मात्र गर्दा त ज्वरो आयो, भेटेपछि त झन्...” डटडटमै कुरा टुंग्याइन्। टेक केयर या यस्तैको आशा थियो तर उनले त्यसो लेखिनन्। रिप्लाई गर्नु पनि जरुरी ठानिनँ । त्यसपछि म अनलाइन बसिन किनभने मैले रेस्ट गर्नु थियो। त्यसैले, बेलुकी ९ बजे नै सुतिसक्थेँ। बुधबारबाट आउन थालेको ज्वरो वर्षायामको पानीजस्तै कहिले कम, कहिले बढी गर्दै गयो ज्वरो । शनिबारसम्म म ज्वरोले निकै गलिसकेको थियो । ब्लड, युरिन टेस्ट गराउँदा केही देखिएको थिएन। डाक्टरले प्यारासिटामोल मात्र प्रेस्क्राइब गरेको थियो। यसले ज्वरो निकै बिस्तारै घट्दै थियो, २ दिनमा १ डिग््ररी मात्र। त्यसैले आइतबार प्रतिक्षासँग भेट्न जान सक्ने शारीरिक हैसियत मसँग थिएन। शनिबार बेलुकी एकैछिन फेसबुक खोल्न ल्यापटप अन गरे। प्रतिक्षाको म्यासेज व्यग्रतासाथ प्रतिक्षा गरिरहेको थिए। अचम्म, मेरो इनबक्समा उनको एउटा पनि म्यासेज देखिन। त्यसपछि, म आफैं नेपाली अग्रेजीमा उनलाई म्यासेज टाइप गर्न लागे प्रतिक्षा, आज मैले बडो प्रतिक्षाका साथ फेसबुक खोलेको थिए, तर म्यासेज देखिन। अचम्म लाग्यो। हाउ आर यु? इज एभ्रिथिङ ओके? ह्वेन यु गेट दिस म्यासेज, प्लिज राइट ब्याक टु मी। अनि म भोलि बानेश्वर आउन सक्दिन कज माई फिवर इज स्टिल हन्ड्रेड सरी। टेक केयर।” त्यो साँझ मैले कम्प्युटरमा फेसबुक खोलिन। मोबाइलमा भने बेलाबेलामा चेक गरिरहन्थे, कतै उनको म्यासेज आउँछ कि भनेर। आइतबार दिउँसोसम्म म्यासेज कुर्दाकुर्दा मेरो धैर्यको बाँध टुट्यो र मोबाइलको म्यासेज इनबक्समा गएर उनले पठाएको म्यासेज खोज अनि पहिले म्यासेज लेखे, ”हेल्लो, हाउ आर यु? इज एभ्रिथिङ ओके? टुडे आई वन्ट कम बानेश्वर कज माई फिवर इज स्टिल हन्ड्रेड सरी। सरी। टेक केयर। बाई” म्यासेज सेन्ड गर, डेलिभरी रिपोर्ट आएन। एकछिन कुरे, अब अति भएपछि त्यो नम्बरमा फोन डायल गरे। ”सरी, द इनकमिङ कल्स आर ब्लक्ड फर दिस नम्बर।”
न फेसबुक म्यासेजको रिप्लाइ, न एसएमएसको, न फोनकल। मलाई झन् बिरामी महसुस भयो। राति सुत्ने बेला सिरानीनेरको थर्मोमिटर तानेर ज्वरो नापे, पुगेछ( १०४। १०४ को ज्वरो घटेर ९८.६ मा झरिसक्यो तर मैले पठाएको एसएमएसको डेलिभरी रिपोर्ट अझै आएन, न त मैले फेसबुकमा पठाएको त्यो अन्तिम म्यासेजको रिप्लाई आयो। अझै फेसबुकमा अनलाइन भएको बेला हेरिरहन्छु कतै ती पात्र अनलाइन देखिन्छिन् कि ।

No comments:
Post a Comment