गोरखा—गोरखाको पालुङटार नगरपालिका–१० स्थित पालुङटार विमानस्थलमा अल्ट्रालाइट उडान सुरु गरिने भएको छ। आन्तरिक तथा विदेशी पर्यटकलाई सेवा दिने उद्देश्यले माउन्टेन भ्यू एड्भेन्चर फ्लाइङ प्रालि पालुङटारले अल्ट्रालाइट सेवा आरम्भ गर्न लागेको हो।
गोरखा सामागाउँ–३ स्थित मनास्लु हिमाल र कास्कीको अन्नपूर्ण दोस्रो रेञ्जलाई लक्ष्यित गरेर पालुङटार विमानस्थलबाट अल्ट्रालाइट सेवा दिन लागेको प्रालिका कार्यकारी प्रमुख दीपक केसीले जानकारी दिए
'सन् २०१५ को अगस्टबाटै उडान गर्ने तयारीका साथ विमानस्थलमा भौतिक संरचना निर्माण थालेका छौ,' केसीले भने, 'पहिलो चरणमा दुईवटा अल्ट्रालाइटले सेवा दिन्छ।' पर्यटक बढेसँगै अल्ट्रालाइटको सङ्ख्या थप गर्दै लैजाने प्रालिले जनाएको छ।
अल्ट्रालाइट राख्न ह्याङ्गर शिलान्यास गरी कामअघि बढाइएको केसीले जानकारी दिए। अहिले ह्याङ्गर निर्माणका लागि जग खन्ने काम सकिएको प्रालिका सचिव रामबहादुर केसीले बताए। प्रालिले तीन वर्षका लागि पालुङटार विमानस्थल भाडामा लिएको हो।
भौतिक संरचना तयार गर्नमात्रै करिब रु चार लाख लाग्ने बताइएको छ। स्थानीय बासिन्दा सरोज देवकोटाले लिगलिगकोटबाट प्याराग्लाइडिङको पनि परीक्षण गरिएको जानकारी दिए।विसं २०३५ सम्म विमान उड्न र अवतरण भइआएको उक्त विमानस्थल १८५ रोपनी क्षेत्रफलमा फैलिएको छ। एक किलोमिटर लम्बाइ र २०० मिटर चौडाइ रहेको विमानस्थलबाट विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । रासस
nagariknews

No comments:
Post a Comment