घोडताप्रे जसलार्इ संस्कृतमा ब्रह्मी पनि भन्ने गरिन्छ भने यसको प्रयोग पनि वैदिक कालदेखि नै विभिन्न प्रयोजनमा प्रयोग गर्दै अाएको पाइन्छ ।
यसका गुणहरू यसप्रकार छनः
घोडताप्रेको ५-१० ग्राम रस १ सय ५० मिलिलिटर काँचो दूधमा मिसाएर पिउँदा अनिद्राका रोगीलाई फाइदा मिल्छ। ताजा रस उपलब्ध नभए ५ ग्राम चूर्ण खान सकिन्छ।
घोडताप्रेको तेलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
तनाव, अनिद्रा, अतिनिद्रालगायत मस्तिष्कसम्बन्धी अन्य समस्यामा पनि उपयोगी हुन्छ घोडताप्रे।
आधा लिटर शुद्ध गाईको घिउमा घोडताप्रे मिसाएर सानो आगोमा पकाउने र घिउमात्र रहेपछि त्यसलाई कुनै भाडामा सुरक्षित राख्ने। उक्त घिउ ५-५ ग्राम बिहान बेलुका खानाले स्मरणशक्ति बढ्छ।
घोडताप्रेको चूर्ण दूधसँग खाँदा पनि स्मरणशक्ति बढ्छ।
घोडताप्रे ३ ग्राम, मरिच ३ दाना पानीमा पिसेर दिनमा ३-४ पटक खाँदा पुरानो टाउको दुखाइमा लाभ मिल्छ।
केश झर्ने समस्या भए घोडताप्रेको चूर्ण बिहान-बेलुका १-१ चम्चा खाँदा फाइदा हुन्छ।
बारम्बार पिसाब आउने, पोल्ने आदि समस्या भए २ चम्चा घोडताप्रेको रस मिस्रीसँग खान सकिन्छ।
अरुचि, पेटमा जलन आदि भए घोडताप्रे, धनियाँ र मिस्री मिसाएर खानु फाइदाजनक हुन्छ।
उच्च रक्तचापका रोगीले बिहान खाली पेटमा घोडताप्रे चपाएर खानु राम्रो हुन्छ।
साभार : कान्तिपुर साप्ताहिकबाट

No comments:
Post a Comment