प्रश्नावली समिति गठनको प्रस्ताव तपाईंले प्रस्तुत गर्ने कार्यसूची थियो, तर सत्तारुढ दलको रणनीतिअनुसार तपाईंले प्रस्ताव प्रस्तुत गर्नुपर्ने थियो, तपाईं अलमलिनुभयो, आत्तिनुभयो, तपाईं रोस्ट्रममा पुग्नुभएपछि पनि प्रस्ताव पढ्न सक्नुभएन, पढेको भए त्यही दिन पारित हुन्थ्यो, तर तपाईंले नै सत्तारुढ दलको रणनीति असफल पार्नुभयो भन्ने चर्चा छ, के छ तपाईंको प्रतिक्रिया ?
फेरि पनि तपाईंंले त्यही प्रश्न उठाउनुभयो । ५ माघको मध्यराति सभामुखले प्रश्नावली समिति गठनको प्रस्ताव गर्न मलाई आग्रह गर्नुभयो । सभामुखको आग्रहपछि म रोस्ट्रमतिर जाँदै थिएँ । तर, विपक्षीका दुईजना सभासद्ले रोके । म उनीहरूलाई छिचोलेर अघि बढेँ, तर फेरि मार्सलले पनि चिनेनन् । म चिनकाजी श्रेष्ठ, प्रस्ताव पढ्ने मान्छे मै हुँ भनेपछि अर्को मार्सलले चिन्यो, उनीहरूले छोडिदिए । म माथि पुगेँ, तल नाराबाजी भइरहेको थियो, विपक्षीका सभासद् रोस्ट्रमतिर आइरहेका थिए, मर्यादापालकले रोकिरहेका थिए, दंगाफसाद भइरहेको थियो । त्यस्तो वेला पनि मैले संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग प्रस्तावपत्र मागेँ । उहाँले सभामुखलाई सोध्नुभयो । सभामुखले ‘पख्नुस्, पख्नुस् रोस्ट्रम घेरिरहेका छन्, घेराउ छ, नाराबाजी छ, शान्त भएपछि पढ्ने हो’ भन्नुभयो । मैल दुई–दुईपटक माग्दा पनि पढ्ने फाइल पाइनँ । त्यतिखेरसम्म फ्लोरबाट विपक्षीका सभासद्ले माइक भाँचिसकेका थिए, रोस्ट्रमतिर फालिरहेका थिए । यो क्रम नाटकीय रूपमा अघि बढिसकेको थियो । त्यस्तो अवस्थामा पनि म प्रस्ताव पढ्न तयार थिएँ, तर माग्दा पनि फाइल पाइनँ । लिखित र औपचारिक प्रस्ताव पढ्न गएको मान्छेले त्यत्तिकै भाषण गर्ने कुरा भएन ।फेरि पनि तपाईंंले त्यही प्रश्न उठाउनुभयो । ५ माघको मध्यराति सभामुखले प्रश्नावली समिति गठनको प्रस्ताव गर्न मलाई आग्रह गर्नुभयो । सभामुखको आग्रहपछि म रोस्ट्रमतिर जाँदै थिएँ । तर, विपक्षीका दुईजना सभासद्ले रोके । म उनीहरूलाई छिचोलेर अघि बढेँ, तर फेरि मार्सलले पनि चिनेनन् । म चिनकाजी श्रेष्ठ, प्रस्ताव पढ्ने मान्छे मै हुँ भनेपछि अर्को मार्सलले चिन्यो, उनीहरूले छोडिदिए । म माथि पुगेँ, तल नाराबाजी भइरहेको थियो, विपक्षीका सभासद् रोस्ट्रमतिर आइरहेका थिए, मर्यादापालकले रोकिरहेका थिए, दंगाफसाद भइरहेको थियो । त्यस्तो वेला पनि मैले संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग प्रस्तावपत्र मागेँ । उहाँले सभामुखलाई सोध्नुभयो । सभामुखले ‘पख्नुस्, पख्नुस् रोस्ट्रम घेरिरहेका छन्, घेराउ छ, नाराबाजी छ, शान्त भएपछि पढ्ने हो’ भन्नुभयो । मैल दुई–दुईपटक माग्दा पनि पढ्ने फाइल पाइनँ । त्यतिखेरसम्म फ्लोरबाट विपक्षीका सभासद्ले माइक भाँचिसकेका थिए, रोस्ट्रमतिर फालिरहेका थिए । यो क्रम नाटकीय रूपमा अघि बढिसकेको थियो । त्यस्तो अवस्थामा पनि म प्रस्ताव पढ्न तयार थिएँ, तर माग्दा पनि फाइल पाइनँ । लिखित र औपचारिक प्रस्ताव पढ्न गएको मान्छेले त्यत्तिकै भाषण गर्ने कुरा भएन ।
फेरि पनि तपाईंंले त्यही प्रश्न उठाउनुभयो । ५ माघको मध्यराति सभामुखले प्रश्नावली समिति गठनको प्रस्ताव गर्न मलाई आग्रह गर्नुभयो । सभामुखको आग्रहपछि म रोस्ट्रमतिर जाँदै थिएँ । तर, विपक्षीका दुईजना सभासद्ले रोके । म उनीहरूलाई छिचोलेर अघि बढेँ, तर फेरि मार्सलले पनि चिनेनन् । म चिनकाजी श्रेष्ठ, प्रस्ताव पढ्ने मान्छे मै हुँ भनेपछि अर्को मार्सलले चिन्यो, उनीहरूले छोडिदिए । म माथि पुगेँ, तल नाराबाजी भइरहेको थियो, विपक्षीका सभासद् रोस्ट्रमतिर आइरहेका थिए, मर्यादापालकले रोकिरहेका थिए, दंगाफसाद भइरहेको थियो । त्यस्तो वेला पनि मैले संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग प्रस्तावपत्र मागेँ । उहाँले सभामुखलाई सोध्नुभयो । सभामुखले ‘पख्नुस्, पख्नुस् रोस्ट्रम घेरिरहेका छन्, घेराउ छ, नाराबाजी छ, शान्त भएपछि पढ्ने हो’ भन्नुभयो । मैल दुई–दुईपटक माग्दा पनि पढ्ने फाइल पाइनँ । त्यतिखेरसम्म फ्लोरबाट विपक्षीका सभासद्ले माइक भाँचिसकेका थिए, रोस्ट्रमतिर फालिरहेका थिए । यो क्रम नाटकीय रूपमा अघि बढिसकेको थियो । त्यस्तो अवस्थामा पनि म प्रस्ताव पढ्न तयार थिएँ, तर माग्दा पनि फाइल पाइनँ । लिखित र औपचारिक प्रस्ताव पढ्न गएको मान्छेले त्यत्तिकै भाषण गर्ने कुरा भएन ।फेरि पनि तपाईंंले त्यही प्रश्न उठाउनुभयो । ५ माघको मध्यराति सभामुखले प्रश्नावली समिति गठनको प्रस्ताव गर्न मलाई आग्रह गर्नुभयो । सभामुखको आग्रहपछि म रोस्ट्रमतिर जाँदै थिएँ । तर, विपक्षीका दुईजना सभासद्ले रोके । म उनीहरूलाई छिचोलेर अघि बढेँ, तर फेरि मार्सलले पनि चिनेनन् । म चिनकाजी श्रेष्ठ, प्रस्ताव पढ्ने मान्छे मै हुँ भनेपछि अर्को मार्सलले चिन्यो, उनीहरूले छोडिदिए । म माथि पुगेँ, तल नाराबाजी भइरहेको थियो, विपक्षीका सभासद् रोस्ट्रमतिर आइरहेका थिए, मर्यादापालकले रोकिरहेका थिए, दंगाफसाद भइरहेको थियो । त्यस्तो वेला पनि मैले संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग प्रस्तावपत्र मागेँ । उहाँले सभामुखलाई सोध्नुभयो । सभामुखले ‘पख्नुस्, पख्नुस् रोस्ट्रम घेरिरहेका छन्, घेराउ छ, नाराबाजी छ, शान्त भएपछि पढ्ने हो’ भन्नुभयो । मैल दुई–दुईपटक माग्दा पनि पढ्ने फाइल पाइनँ । त्यतिखेरसम्म फ्लोरबाट विपक्षीका सभासद्ले माइक भाँचिसकेका थिए, रोस्ट्रमतिर फालिरहेका थिए । यो क्रम नाटकीय रूपमा अघि बढिसकेको थियो । त्यस्तो अवस्थामा पनि म प्रस्ताव पढ्न तयार थिएँ, तर माग्दा पनि फाइल पाइनँ । लिखित र औपचारिक प्रस्ताव पढ्न गएको मान्छेले त्यत्तिकै भाषण गर्ने कुरा भएन ।
सभामुखले त तपाईंलाई पत्र पढ्न भन्नुभयो, तपाईंले सक्नुभएन भन्ने भिडियोमा पनि देखियो, सभामुखले अनुमति दिएपछि महासचिव अथवा कर्मचारीले रोक्न सक्छन् र ?कर्मचारीले होइन, सभामुखले नै हो नि सदन चलाउने । रोस्ट्रम होस् अथवा फ्लोर, सदनमा जसले बोल्ने हो, सभामुखले माइक अन गरिदिए मात्र कुनै पनि सदस्यले बोल्न पाउँछ । मैले प्रस्तावपत्र त पढ्न पाइनँ । भाषण नै गर्ने हो भने पनि सभामुखले रोस्ट्रमको माइक अन गरिदिनुपर्छ । माइक अन भएको थिएन, कागजविना भाषण नै ठोक्ने हो भने पनि माइक अफ थियो, मैले के बोल्ने ? रेकर्ड हुने होइन, सुुन्ने कोही छैन अनि बेकारमा बोल्ने ? म बोलिनँ । तर, डराएर मैले पढिनँ भन्ने होइन ।
बैठक सुरु हुनुअघि सभामुख र सचेतकबीच छलफल त हुने परम्परा छ । त्यहाँ विपक्षीका प्रमुख सचेतकले यो प्रस्ताव स्वीकार गर्दैनौँ भनेका थिए कि थिएनन् ? भनेका थिए भने त्यत्तिको अवरोध हुन्छ जस्तो लागेको थियो कि थिएनन्?छेक्ने, नाराबाजी गर्नेसम्मको अवरोध हुन्छ जस्तो त लागेको थियो । तर, सभामुखले पढ्न दिनुहुन्छ जस्तो लागेको थियो । तर, उहाँले नै दिनुभएन ।
तर, तपाईं जब माथि पुग्नुभयो, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले सचेतक अग्नि खरेलले प्रस्ताव पढ्नुस्, पढ्नुस् भन्नुभयो भन्ने समाचार मिडियामा आएको छ नि?म कसरी माथि पुगेँ, त्यो मलाई मात्र थाहा छ । तर, तलबाट को के बोलिरहेका थिए भन्ने मलाई थाहा भएन । पहिलो कुरा त दर्ता भएको प्रस्ताव पढ्न सचिवालयले मलाई दिनुपर्यो, मैले पाइनँ, त्यसैले पढ्न सकिनँ । रोस्ट्रमअगाडि नाराबाजी भइरहेको थियो, त्यसपछाडि उभिएका कसले के भने भन्ने मलाई थाहा हुने अवस्था नै थिएन । मैले प्रस्ताव पढ्न त कागज केही चाहियो नि । पढ्ने नै हो भने संविधानसभा सचिवालयबाट प्रस्ताव त पाउनुपर्यो, महासचिवले प्रस्तावको पत्र नै नदिएसम्म मैले के पढ्ने, हावा पढ्ने ? फेरि तलबाट कसले के भन्यो भन्ने मैले सुनिनँ । सभामुखले पढ्नुस् भन्नुभएकै छैन । उहाँले त महासचिवलाई फाइल नदिनुस् भनेर रोकिराख्नुभएको थियो । रामचन्द्र दाइहरूले तलबाट भन्नुभयो होला । तर, सभामुखले फाइल दिने, माइक अन गर्ने प्रक्रिया पनि त हुन्छ नि, कागजविना मैले माथिबाट भाषण दिने ? प्रस्ताव खल्तीमा बोकेर जाने कुरा त होइन । मलाई अनुमति हुने कुरा पनि भएन । तलबाट कसले के भने, त्यत्रो भीडमा सुन्ने कुरा पनि भएन । सुनेकै भए पनि केही गर्न सक्ने कुरा भएन ।
बैठक स्थगित भयो, सत्तारुढ दलका शीर्ष नेता तथा सभासद् बाहिर निस्किए, तपाईं त माथि हुनुहुन्थ्यो, सभामुख पनि निस्किएपछि तपाईंले के गर्नुभयो ?मलाई त सभामखुले कतिवेला प्रस्ताव पढ्न दिनुहोला भन्ने लागेको थियो । तर, तोडफोड हुने अवस्थापछि बैठक स्थगित गरेर सभामुख हिँड्नुभयो । म माथि रोस्ट्रमपछाडिबाट दंगाफसाद हेर्दै थिएँ । सभामुख हिँडेपछि पनि म उभिरहेँ । कतै मार्सल थिए, कतै तोडफोड भइरहेको थियो । तल झर्न मिलेन, यता सभामुख जानासाथ उनी जाने लबीको ढोका बन्द भइसकेको थियो, अब कता जाने ? त्यसैले यिनीहरूले के गर्छन् भनेर हेरिरहेँ । म डराएको थिइनँ, नडराई बसिरहँे । विपक्षीका सभासद्ले कुर्सी भाँच्ने, माइक थुत्ने गरेको हेर्दै बसें । एमाओवादीका गिरिराजमणि पोखरेल जो प्रमुख सचेतक हुन् उनले छेकिरहेका थिए, जनार्दन शर्मा उफ्रिरहेका थिए, माओवादीका अमनलाल मोदी उफ्रिरहेका थिए । तोडफोड गरेर ‘नाटक मञ्चन’ सकियो, उनीहरू निस्किए अनि मात्र म पनि निस्किएँ । अन्तिममा निस्कने सभासद् म हुँ । तर, पत्रपत्रिकामा आत्तिएर चिनकाजीले प्रस्ताव नै पढेनन् भन्ने आयो । त्यसमा पत्रकारलाई पनि भ्रम भयो ।
यस्तो अवरोध त सामना गरिसकेको छु । ४८/४९ सालतिरको कुरा हो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेको भन्दै विपक्षी एमालेले संसद्मा साढे आठ घन्टासम्म नाराबाजी गरेको थियो । टनकपुर सन्धि राष्ट्रघात हो, असमान हो, देशलाई घाटा हुन्छ भन्दै मदन भण्डारीले दुई घन्टा भाषण गर्नुभएको थियो ।
तस्बिर : सतिश पोखरेल
रोस्ट्रमबाट तल झरेपछि कता जानुभयो ? त्यहाँबाट कहाँ जानुभयो ? पार्टीका नेतासँग सल्लाह भयो ?
अवेला भइसकेको थियो । बिहानको तीन बज्न लागिसकेको थियो । प्रधानमन्त्री हिँडिसक्नुभएको थियो । त्यसैले रातको समयमा कुनै मिटिङ हुने अवस्था रहेन । कहाँ जानु ? घर आएँ ।
तर, अर्को दिन पनि प्रस्ताव पढ्ने कोसिस गर्नुभयो, तर पटक–पटक अवरोध भयो, होइन ?
दोस्रो दिन पनि घेरे नि । सभामुखले मेरो नाम लिनेबित्तिकै ६ गते ९/१० जना सभासद् मलाई छेक्न आए । चार–पाँचजना महिलाले मुड्कीले हिर्काएको हो कि धकेलेको हो, थाहा भएन । दुई–तीन दिनसम्म मेरो शरीर दुखिरह्यो । भयंकर आक्रमणजस्तो भयो । एमाओवादीका शक्तिबहादुर बस्नेतले आफ्ना सभासद्लाई छेक्नुभयो, नत्र धेरै आक्रमण हुन्थ्यो । तेस्रो दिन त सभामुखले मेरो नाम पनि लिन नपाउँदै मेरो बाटो छेकिहाले । चौथो दिन सभामुखले फेरि पनि बोलाउँदै हुनुहुन्छ भन्ने लागिरहेको थियो । त्यसैले उहाँले नबोलाउँदै अगाडि म गइसकेको थिएँ । तर, फेरि चार–पाँचजनाले समाए । दाइ, तपाईं कत्ति जिद्दी गर्नुहुन्छ भन्दै जिस्क्याएर हाँस्न थाले । महिला, पुरुष सबैले हाँसीहाँसी नारा लगाउन थाले । मलाई पनि हँसाउने प्रयास गरे अनि म पनि खिसिक्क हाँसिदिए । के गर्नु ? म त्यहाँ आक्रमण गर्न त गएको थिइनँ ।
तपाईंंमाथि आक्रमण भएको भए त पछाडिका सभासद्हरू आउँथे होला नि ?
अगाडि जतिसुकै तनाव भए पनि पछाडिबाट कोही पनि नआउने भनेर ह्विप जारी गरेका थियौँ । आक्रमण भए मार्सलले छेक्ने कुरा हो । तर, दोहोरो मुठभेड भएको भए अवस्था काबुबाहिर जाने थियो । त्यसैले हामीले अनुशासित भएर बस्ने निर्णय गरेका थियौँ ।
पछि प्रधानमन्त्री, सभामुख, एमालेको सचेतकसँग भेट भयो होला, उहाँहरू तपाईंंको ‘पफर्मेन्स’मा खास सन्तुष्ट भएजस्तो त देखिएन नि । घरमा आएपछि भोलि बैठकमा जानु छ, प्रस्ताव पढ्ने कोसिस गर्नु छ भनेर तनाव भयो है तपाईंलाई ?
तनाव त भयो नि । दिनदिनै बैठकमा पनि जानुपर्ने, सभासद्को कुरा सुन्नुपर्ने, सबैलाई काम लगाउनुपर्ने थियो । प्रस्ताव पढ्न जाँदा के गर्ने हुन् भन्ने कौतूहल भइरहन्थ्यो । तनाव त हुने नै भयो ।
तर, सभामखुले आफैँ प्रस्ताव प्रस्तुत गरेर जब प्रश्नावली समिति बनाउनुभयो, समितिबाट तपाईंको नाम किन गायब भयो ?
प्रश्नावली समितिमा २० जनासम्म हाम्रो दलबाट हुने भन्ने भयो । तर पछि हतारमा एकजनाको नाम हटाउनुपर्ने भयो । मैले आफैँ मेरो नाम नराखेको हुँ । समावेशी सदस्य बनाउनुपर्ने दायित्व पनि मेरै थियो । त्यसमा अरू कसैको षड्यन्त्र होइन ।
प्रश्नावली समिति बनाउने प्रस्तावअघि सभामुखले मस्यौदा बनाउने जिम्मा मलाई दिनुस्, कालकूट विष मै पिउँछु भन्नुभएको थियो । कृष्ण सिटौलाले असहमति जाहेर गर्नुभयो, तर प्रधानमन्त्रीले तत्काल सभामुखलाई सहमति दिनुभएको थियो, पछि सभामुखलाई जिम्मा दिन सकिँदैन भन्नुभयो । तपाईं सत्तारुढ दलको प्रमुख सचेतक, सभामुखले यस्तो प्रस्ताव ल्याउनुअघि तपाईंसँग सल्लाह गर्नुभएको थिएन ?
त्यो विषयमा सभामुखले हामीलाई जानकारी नै गराउनुभएको थिएन । अघिल्लो दिन सभामुखले एमाओवादीसहित प्रमुख दलका सचेतकहरूलाई बोलाउनुभएको थियो । ‘विषयमा सहमति गर्नुस्, होइन भने प्रक्रियाका लागि सहमति गर्न आफ्ना नेतालाई भन्नुस्’ भन्नुभयो । विषय र प्रक्रियामा सहमति नभए के गर्ने भनेर सोध्यौँ ? ‘संविधान, नियम, कानुनबमोजिम मेरो दायित्वभित्र जे पर्छ, मैले के गर्नुपर्ने हो, गर्छु’ भन्नुभयो । ‘बाँकी कुरा अहिले किन भनूँ र’ भन्नुभयो । उहाँले के भन्न खोज्नुभएको हामीले बुझेनौँ । सभामुखको यो कुरा सुनेपछि म बालुवाटार आएँ । एक घन्टाभित्रै जस्ताको तस्तै प्रधानमन्त्रीलाई सुनाएँ । अलि अप्ठ्यारो कुरा आयो भनेर शेरबहादुरजी, रामचन्द्रजी, महामन्त्री र उपस्थित नेताहरूलाई बैठकमा बोलाइयो । सभामुखको प्रस्तावका विषयमा बैठकमा छलफल भयो । तर, सभामुखले के गर्न खोज्नुभएको हो भन्ने अनुमान भएन । त्यसैले के निर्णय गर्ने ? निर्णय केही भएन । अर्को दिन सभामुखले शीर्ष नेतालाई बोलाउनुभएको थियो । प्रचण्ड, विजयकुमार गच्छदार आउनुभएन । प्रधानमन्त्री पुगेर फर्कनुभयो । त्यसपछि अर्को दिन सबै नेताहरू आएपछि छलफल भयो । बैठकमा सभामुखले एकैचोटि प्रस्ताव राख्नुभयो, ‘तपाईंहरूले सहमति गर्नुभएन, यो नियमावलीको धारा निलम्बन गर्छु, कार्यतालिका अटोमेटिक छोटिन्छ र म मस्यौदामा तयार गर्छु’ भन्नुभयो । संवाद समिति, मस्यौदा समितिलाई निलम्बन, जनतामा जाने धारा निलम्बन गरी एकैचोटि संविधानसभा विधयेकहरू पेस गर्ने प्रस्ताव गर्नुभयो ।
प्रधानमन्त्रीले त समर्थन गर्नुभयो, विपक्षीले असहमति जनाए, त्योभन्दा बढी कृष्ण सिटौलाले विरोध गर्नुभयो होइन र ?
हो नि, प्रधानमन्त्री त सोझो मान्छे । उहाँले भन्न थाल्नुभयो– प्रतिपक्षीले केही गर्न दिएनन्, सहमति भएन, प्रक्रियामा पनि केही भएन, अब सभामुखले गर्ने हो भन्दै हचुवाका भरमा ठीकै छ, तपाईंंले गर्नुहुन्छ भने हामीले के भन्ने भन्नुभयो । सभामुखले गरे हामीलाई के आपत्ति भन्दै केपी ओलीले पनि ठीक छ भन्नुभयो । प्रचण्ड, बाबुरामले ‘कालकूट विष सभामुखलाई पिउन दिन्नौँ, पिउन नपर्ने स्थिति बनाउँछौँ’ भने । मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले ‘सभामुखले जिम्मा किन लिने, मस्यौदा समितिले काम गर्न पाएको छैन’ भन्नुभयो । उहाँले अलि चर्केर विरोध गर्नुभयो ।
प्रधानमन्त्रीले सभामुखको प्रस्ताव किन ठीक छ भन्नुभयो होला ?
प्रधानमन्त्री त सोझो मान्छे, प्रक्रिया अघि बढ्ने होला भनेर बुझ्नुभयो । संविधान बनाउने सबै अधिकार सभामुखलाई नै दिने भन्ने ढंगले प्रधानमन्त्रीले बुझ्नुभएन । अपनाउने प्रक्रिया, विधिबारे प्रधानमन्त्रीलाई थाहा भएन । पछि बालुवाटारमा छलफल भयो र सबैले बुझ्ने काम भयो ।
तपाईंंको सट्टा अरू कुनै सचेतक भएको भए प्रस्ताव राख्न सक्थ्यो वा त्यहाँ दोहोरो मुठभेड हुन्थ्यो ?
मेरो सट्टा अरू कोही राखेको भए राम्रो हुने थियो भन्ने एउटा पक्ष होला । ठूलै पाखुरा भएको मान्छे राख्ने, हुललाई लतारेर, पछारेर जान त होइन नि । सदन भनेको कुनै फिल्म त होइन नि । हिरोले जादुको छडी लिएर पचासौं मानिसलाई लडाएजस्तो होइन । गएर पनि अर्थ छैन ।
तर सभामुखले आफैँ प्रस्ताव पढेर पारित भएपछि संविधानसभासँग बिजनेस छैन । छलफल पनि भएका छैनन् । किन होला ?
हाम्रो नेता बोलिरहनुभएको छ । १२ दलले संयुक्त वक्तव्य जारी गर्दै वार्ताको माग गर्नुभएको छ । प्रधानमन्त्रीले वार्तामा बोलाउनुभएको छ । तर, विपक्षीले चरण–चरणमा आन्दोलन घोषणा गरेका छन् । संविधानसभा त संसदीय समितिको बैठकमा पनि नआउने भन्दै छन् । वार्ता नै नगर्ने भन्दै छन् । निर्णय प्रक्रिया नै रोक्न लागेका छन् ।
अवरोध भएपछि तपाईंंले प्रस्ताव पढ्न पाउनुभएन । पछि सभामुखले नै पढेपछि तपाईंंलाई कस्तो अनुभव भयो ?
प्रस्ताव पेस गरेर पास गर्न पाएको भए मेरो ठूलै इज्जत बढ्ने थियो भन्ने त लाग्यो । तर, नपाएकोमा पनि बेखुसी छैन । स्थिति नै त्यस्तै थियो । तलबाट गएर झन्झट र दंगाफसाद गरेर पढ्न गाह्रो थियो । मलाई लानुभन्दा उहाँले तुरुन्त प्रस्ताव पढ्नु सजिलो भयो । मैले पढेको भए समर्थन गर्न एमालेको अग्नि खरेल पनि जानुपथ्र्यो, प्रक्रिया लामो र झन्झटिलो हुने थियो ।
२०७१ सालमा तपाईं सदनको केन्द्रमा आउनुभयो, तर सदनमा तपाईंका लागि यो पहिलो घटना त होइन है ?
सन्धि गर्ने गिरिजाप्रसाद, तपाईं किन तारो बन्नुभयो ? तपाईंंको भूमिका के थियो ?
म कांग्रेसको सचेतक थिएँ । टनकपुर सन्धिविरुद्ध सडकमा नाराबाजी हुने, सर्वोच्च अदालतमा मुद्दा पर्ने, सदनमा नाराबाजी हुने भइरहेको थियो । संसद्को सामान्य बहुमतले सन्धि पास गर्न लागे भन्दै एमालेले अवरोध र नाराबाजी गरिरहेको थियो । मनमोहन अधिकारी एमालेका अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा जुलुस सिंहदरबार गेटबाटै भित्र छिर्न खोजेको थियो, जुलुस गेटभित्र पस्न खोजेपछि लाठीचार्ज भयो । बाहिर दंगा हुँदै गर्दा भित्र हाउसमा हाम्रा नेतालाई आक्रमण भयो, लाठीचार्ज भयो भन्दै एमालेले हंगामा मच्चाए । अनि घटनाका विषयमा बोल्न मलाई सरकारका पक्षबाट निर्देशन आयो । मैले ‘जुलुस जबर्जस्ती सिंहदरबार पस्न खोज्यो, ढुंगामुढा गर्यो र रोक्न प्रहरीले लाठीचार्ज गर्नुपरेको हो’ भनेँ । तर, मैले बोल्दा नबोल्दै एमालेका सभासद्ले ‘चिनकाजीले गलत बोल्यो’ भन्दै ममाथि आक्रमण गरे । लीलामणि पोखरेल संयुक्त जनमोर्चाका हुनुहुन्थ्यो । उहाँको हात पनि ठूलो, पञ्जा बाघको जस्तो थियो । झ्याम्म्मै मेरो पाखुरामा समात्नुभयो, मेरो सानो पाखुरो त सुन्निएर आयो, धेरै दिनसम्म एकदमै दुखेको थियो । एमालेकै केही नेताले पनि आक्रमण गरे ।
४८ सालमा तपाईं सचेतक हुँदा संसदीय दलका नेता गिरिजाप्रसाद हुनुहुन्थ्यो, अहिले तपाईंं नै प्रमुख सचेतक हुँदा संसदीय दलका नेता सुशील कोइराला हुनुहुन्छ, दललाई परिचालन गर्ने, निर्देशन दिने, समन्वय गर्ने स्वभावमा दुई नेताबीच कस्तो अन्तर पाउनुभयो ?
सबैको आ–आफ्नो स्टाइल हुने हो । ‘तपाईंंहरू सल्लाह गरेर अघि बढ्नुस् है’ भन्नुहुन्छ सुशीलदा । ‘सरकार पनि चलाउनुपर्छ, मेरो फुर्सद पनि हुँदैन, शेरबहादुर देउवा, रामचन्द्र पौडेल र महामन्त्रीहरू हुनुहुन्छ, उहाँहरूसँग सल्लाह गर्नुस्’ भन्नुहुन्छ । ‘सबै कुरा मसँग सोध्नुपर्छ भन्ने छैन, पार्टीका साथीहरूसँग सल्लाह गरेर अघि बढ्नुस्’ भन्नुहुन्छ । गिरिजाप्रसाद कोइराला भने यसो गर्नुस् उसो गर्नुस् भनेर आफैं ‘डिक्टेट’ गर्नुहुन्थ्यो । ‘बेलुकी आउनुस्, के–के भयो मलाई सुन्नुपर्छ भन्नुहुन्थ्यो, डराउनु पर्दैन म छु’ पनि भन्नुहुन्थ्यो । गिरिजाबाबु कडा हुनुहुन्थ्यो, जो पायो उही बोल्न पनि डराउँथे । तर, म सोझो छु, तर नेता फरक पर्दा पनि म सचेतक छु ।
प्रस्तुति : उमेश चौहान/रमेश सापकोटा

No comments:
Post a Comment