गोरखा, १७ माघ । एनेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले फेरि पनि उत्पीडित वर्गका आँखामा छारो हाल्ने कोशिस हुँदै गरेको उल्लेख गर्दै त्यसप्रति सबै उत्पीडितहरु सचेत हुनुपर्ने बताउनुभएको छ । उत्तरी गोरखाको उहिया गाविसको तातोपानीमा आयोजित कृषि तथा पर्यटन प्रवद्र्धन मेलाको उद्घाटन समारोहमा नेता भट्टराईले ‘छिटो संविधान’को नाममा बहिष्करणमा परेका वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हक–अधिकार खोसेर यथास्थितिवादि संविधान जारी गर्ने षड्यन्त्र भइराखेको बताउनुभयो । त्यस्तो षड्यन्त्रविरुद्ध संघर्ष आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘हजारौंले बलिदानी गरेको माओवादी नेतृत्वमा सञ्चालित जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन लगायतका विभिन्न आन्दोलनको बलमा हामीले पुरानो सामन्ती राजतन्त्रात्मक एकात्मक राज्यसत्तालाई बदलेर सबै धनी–गरीब, किसान–मजदुर, पहाड– हिमाल–तराईमा बस्नेहरु, आर्य–खस, भोट–बर्मेली परिवार, सबै भाषाभाषी, जातजाति, महिला, दलितहरुको साझा देश बनाउने प्रयत्न हामीले गरेका छौं । त्यसैको निम्ति संविधानसभाबाट सबैको अधिकार सुनिश्चित हुने गरी नयाँ नेपाल बनाउने नयाँ संविधान लेख्ने प्रयत्नमा हामी छौं’, उहाँले भन्नुभयो – ‘तर, दु:खसाथ भन्नुपर्छ यो देशका केही टाठा–बाठा मान्छेहरुले विभिन्न तर्क गरेर, अनेक जालसाँजी गरेर संविधान बन्न दिइराखेका छैनन् । संविधान बनाए पनि उही पुरानै २०४७ सालको संविधानको गातामात्रै फेरेर पुरानै संविधान जारी गर्ने र तपाईं–हाम्रा आँखामा एकचोटी फेरि छारो हाल्ने, धुलो हाल्ने कोशिस ती मान्छेहरुले गरिराखेका छन् ।
’
’
तमू–गुरुङहरुको बसोबास रहेको उत्तरी गोरखाको उहियामा नेता भट्टराईले आफ्नो पहिचानको आन्दोलनमा सहभागी हुन पनि आग्रह गर्नुभयो । ‘शोषक वर्ग र शोषित वर्गको बीचमा ठूलो मनोवैज्ञानिक चिन्तनगत फरक हुन्छ । जो शोषक हुन्छ, शासक हुन्छ त्यसले अनेक कूतर्क गर्न जानेको हुन्छ, अनेक ढाँटछल गर्न जानेको हुन्छ । तपाईंहरुको अगाडि कुरा बढो चिल्ला–मिठा गरिदिन्छ तर मुखमा रामराम बगलीमा छुरा भनेजस्तै केही मुठ्ठीभर ती मान्छेहरुले सयौं वर्षदेखि यो देशका गरिखाने, मेहनत गर्ने, दु:खजिलो गर्ने, यस्ता पहाड कन्दरामा बस्ने मान्छेमाथि तपाईंहरुकै नाउँमा शासन गर्दै आएका छन्’, उहाँले भन्नुभयो ।
‘शोषक वर्ग र शोषित वर्गको बीचमा ठूलो मनोवैज्ञानिक चिन्तनगत फरक हुन्छ । जो शोषक हुन्छ, शासक हुन्छ त्यसले अनेक कूतर्क गर्न जानेको हुन्छ, अनेक ढाँटछल गर्न जानेको हुन्छ । तपाईंहरुको अगाडि कुरा बढो चिल्ला–मिठा गरिदिन्छ तर मुखमा रामराम बगलीमा छुरा भनेजस्तै केही मुठ्ठीभर ती मान्छेहरुले सयौं वर्षदेखि यो देशका गरिखाने, मेहनत गर्ने, दु:खजिलो गर्ने, यस्ता पहाड कन्दरामा बस्ने मान्छेमाथि तपाईंहरुकै नाउँमा शासन गर्दै आएका छन्’,
आफ्नो हक–अधिकारका निम्ति सबै उत्पीडितहरुले अहिले संघर्ष गर्नु जरुरी रहेकोमा जोड दिँदै नेता भट्टराईले भन्नुभयो – ‘खासगरी यस्तो विकट ठाउँमा बस्ने तपाईंहरु जो आदिवासि जनजाति, अधिकांश तमू–गुरुङका साथीहरु हुनुहुन्छ, यतिबेला तपाईंका छोरा–छोरीहरुले यत्रो बलिदान गरेर ल्याएको संविधानसभाबाट तपाईंको हक–अधिकार सुनिश्चित हुनेगरी, तपाईंको पहिचान सुनिश्चित हुनेगरी, तपाईंको भाषा–संस्कृति संरक्षण हुनेगरी, तपाईंहरुले पनि सबै नेपालीसरह अधिकार पाउने गरी संविधान बन्छ कि बन्दैन ? कुरो त्यो हो । एक थान खोस्टो संविधान त अहिले नै लेख्न सकिन्छ ।’
संविधान नै नभएर नयाँ संविधान बनाउन खोजिएको नभइ सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हक–अधिकार सुनिश्चित हुनेगरी संविधान लेख्नका लागि नै अहिले संविधानसभा गठन गरिएको नेता भट्टराईले बताउनुभयो ।
Copy/ BRBSecretariat
Copy/ BRBSecretariat



No comments:
Post a Comment