प्रकृतिले उब्जाएको प्राकृतिक मनमोहक दृष्यहरु विरलै भेटिन्छन्। यसरी प्रकृतिको डायरी भित्र मत्र खुम्चिएर रहेको सितागुफा गोरखा जिल्लाको सदरमुकाम पोखरी थोकबाट ६ घण्टा उत्तरतर्फ पैदल हिडेपछि पुगिन्छ।
स्वाँरा गा.वि.स. को उत्तर पश्चिम दिशामा अवस्थित यस गुफाको आफ्नै महत्व छ। सिता गुफा बिचित्रको गुफा छ हरेकवर्षको चैत्र महिनामा पर्ने दशैंको रामनवमीमा मेला लाग्ने गर्दछ । त्यस दिन सितागुफामा ठूलो मेला लाग्दछ भने हजारौ मानिसको भिड सितागुफा भित्र पाइन्छ। रामनवमीको दिन सवेरै लामाले पाठपूजा गर्ने कार्य सकिएपछि मात्र सितागुफा भित्र अरुको मानिसहरु पस्ने गर्दछ ।
जंगलको छेउमा अवस्ति यो गुफामा अरु दिन मानिसहरु वरिपरी जान पनि डराउन गर्दछन्। यो दिन मानिसहरु सितागुफा भित्र जाने आउने भिड लाग्दछ। सो गुफाबाट भित्र छिर्ने बित्तिकै २० फिट उचाई ४० देखी ६० फिट चौडाई रहेको ज्यादै ठूलो गुफा भित्र पुगिन्छ। विचित्रको यो छ की त्यो गुफा भित्र रामसिता हुनुमानको फोटो ढुंगामा छापिएको जस्तो देखिन्छ। यसरी २० मिटर भित्र सम्म यस्तै चित्रहरु रहेको छ भने ढुंगाको विभिन्न आकृति देख्न पाइन्छ। गाईको मूर्तिकुँदेर बनाइएको जस्तो दिखिए पनि यो मूर्ति प्रकृति प्रद्धत नै हो गाईको थुनबाट पानी झरिरहेको हुन्छ।
श्रद्धालु भक्तजनले पानीले नुहाउने गर्दछन । यसरी भित्र छिर्ने क्रममा ४ मिटर जति सुतेर पस्नु पर्दछ। सवैसँग टर्चलाइट हुने हुनाले कुनै अप्ठ्यारो महसुस गदैंनन् । ४ मिटर दुरी पार गरे पछि फेरी उठेरै अगाडि बढ्न सकिन्छ। यसरी अगाडी बढ्ने क्रममा धर्म पापी गौडो भनेर चिनिने अलि अप्ठ्यारो गौडा पार गर्नु पर्दछ। जुन ठाउँ पार गर्दा पहिलो गोडा छिराएर पछि शरीर छिराउनु पर्दछ । नत्रभने अड्किन सक्ने संभावना रहन्छ ।
यसरी भित्र जाने क्रममा श्वास प्रश्वासको अभाव महशुस गरेपछि मानिसहरु फर्किने गर्दछन्। यसरी रामनमीको मेलामा मात्र मानिसहरु सितागुफा भित्र जान सक्दछन् । विभिन्न आकृतिहरुसँग रमाउँदै कहिले सुतेर कहिले उठेर त कहिले बसेर मानिसहरु जाने आउने भिड लाग्दछन्। त्यसदिन मेला हेर्न र सितागुफाको दर्शन गर्न टाढा टाढाबाट आउने गर्दछन्। सो गुफा रुखै रुखले झ्याप्प छोपेको छ भने सितागुफा खार्चोक भञ्ज्याङ्गको मुनिबाट फैलिएको छ। भनिन्छ सोहि सितागुफाबाट कुखुराको चल्ला छोडिएको थियो । ६ महिना पछाडी आरुघाट कुनै ठाउँको खालबाट निस्किएर भाले बासेको भियो भन्ने भनाई रहिआएको छ। उचित संरक्षणको अभावमा रेको सितागुफा दुर्गम तथा भौगोलिक विकटताले गर्दा पिछाडिएको छ।
#हाम्राे गाेरखाबाट साभार गरिएकाे।
No comments:
Post a Comment