![]() |
| तस्बिर गुगल |
Monday, June 23
जय होस स्वास्नीमान्छेको
Sunday, June 22
अनलाईन प्रेम
घडिको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो। शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन। यस्तै ९ बजेको हुदो हो। एक्लै धुम्धुम्ती कोठामा बसिरहेको मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरुले टोकुला झै हेर्दै थियो।
Saturday, June 21
***दुवै हातमा लड्डु****
स्कुले जीवनको दश वर्षको अथक मेहेनत र लगनको मुल्याङ्कनको आधार मानिने प्रवेशिका SLC परिक्षा नजिकिदैँ गरेको हुन्छ । सबै विर्धाथीहरु अन्तिम तयारीमा लागिरहेका हुन्छन्, त्यीनै लाखौँ विर्धाथीहरुमध्येको एक र यस कथाको मुख्य पात्र “नविन” पनि राम्रो नतिजा ल्याउने अठोटका साथ परिक्षाको तयारी गरिरहेको हुन्छ ।
'गहिरो निन्द्राले स्मरणशक्ति चुस्त'
रातको निद राम्ररी सुतेपछि स्मरणशक्ति र सिक्ने शक्तिमा सुधार कसरी आउँछ भन्ने प्रक्रिया वैज्ञानिकहरुले पत्ता लगाएका छन्।
चीन र अमेरिकामा रहेको वैज्ञानिकहरुको समूह अत्याधुनिक सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) प्रयोग गरेर मष्तिष्कका कोषबीच अन्तरग्रन्थी सम्बन्धको प्रत्यक्षदर्शी बनेका छन्।
साइन्स जर्नलमा प्रकाशित उनीहरुको अध्ययनले सघन तालिमले पनि अपुरो निद्राको पूर्ति गर्न नसकेको देखाएको छ।
गीति नाटकमा मुनामदन
काठमाडौं । मुनामदनका माध्यमबाट तत्कालीन नेपाली समाजलाई प्रस्तुत गरिएको खण्डकाव्य मुनामदनलाई काठमाडौंमा गीति नाटकका रुपमा प्रस्तुत गरिएको छ ।
फुटबलका ‘क्रेजी’ दृश्यहरु (फोटो फिचर) सहित
काठमाडौं । ब्राजिलमा विश्वकप फुटबलको २० औं संस्करण भइरहँदा फुटबल चर्चा चुलिएको छ । फुटबल प्रेमीहरुका आँखा स्टार खेलाडीहरुमा छ ।
नेपाली चेली तेरियाले डीआईडीको उपाधि चुमिन् | ५० लाख सहित कार पाइन् (भिडियो र फोटो फिचर) -
काठमाडौं, २०७१, असार ८ आइतबार ।
बुटवल नेपालकी बालिका तेरिया मगरले चर्चित भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको चर्चित रियालीटी सो डीआईडी लिटिल मास्टर्स–३ को उपाधि चुमेकी छिन् । हिजो शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि चुमिके हुन् । प्रतियोगिताको उपाधिसहित तेरियाले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छिन् ।
फेसबुक खोल्दा भिडियो बजेर हैरान हुनुहुन्छ ? यसरी हटाउन सकिन्छ
कम्प्युटरमा आफ्नो फेसबुक अकाउण्ट लगइन गर्ने बित्तिकै असम्बन्धित भिडियो आफै बजेर हैरान गर्छ कहिलेकाहीा । आफुले खोल्दै नखोलेको भिडियो एक्कासी आफ्नो फेसबुकमा बज्दा दिक्क होइन्छ । वास्तवमा यस्तो भिडियो फेसबुकले नै राखेको हो ।
महिलाले पुरुषबाट चाहने तीन महत्वपूर्ण कुराहरु
के तपाईं सोच्नुहुन्छ कि महिलालाई बुझ्न गाह्रो हुन्छ ? के तपाईं महिलाहरुलाई रहस्यमयी ठान्नुहुन्छ ? के तपाईं उनले के सोचिरहेकी छिन् वा के गर्न चाहन्छिन् भन्ने कुरा पत्ता लगाउन चाहनुहुन्छ ? चिन्ता नलिनुस्, यस्तो कुराहरु सोच्ने तपाईं मात्र एक्लो पुरुष होइन । कुनै पनि महिलाले आफ्नो मौनतामा नै धेरैथोक भनिरहेकी हुनसक्छिन्, जब कि पुरुषले घण्टौँ बोले पनि केही नबोलेसमान हुने गर्दछ । तपाईंले निकै ध्यानपूर्वक सुन्न जरुरी छ कि तपाईंकी साथीले के भन्दैछिन् । यो कुनै विज्ञान होइन तरपनि तपाईं उनीप्रति संवेदनशील हुन जरुरी छ । तल केहि कुराहरु दिइएका छन्, जुन कुनै पनि महिलाले आफ्नो पुरुषमा खोज्ने गर्छिन् । के थाहा, यसपछि तपाईं पनि आफ्नी प्रमिकालाई अझै राम्रोसँग बुझ्न सक्नुहुन्छ कि ? १. विश्वसनीय र भरपर्दोः कुनै पनि महिलाको लागि विश्वास निकै महत्वपूर्ण वस्तु हो । तपाईंले झुठ कुरा बोल्न निकै साहस देखाउनु पर्नेहुन्छ । यदि केही गरेर उनले तपाईंको झुठ समातेमा उनले तपाईंलाई सजिलैसँग माफी नदिन सक्छिन । तर यदि तपाईंले गल्ती गर्नुभयो र सो गल्तीमा पछुताउनुभयो भने तपाईंले माफी पाउने सम्भावना हुनसक्छ । उनलाई तपाईंले कुनै शंकाबिना पूर्णरुपमा विश्वास दिलाउन सक्नुपर्छ र यो उनको लागि निकै महत्वपूर्ण विषय हो । कुनै पनि महिलाले त्यस्तो साथीको साथ खोज्छिन् जसमा उनी भर पर्न सक्छिन् । २. कुरा सुन्ने बानी बसाल्नुहोस्ः इदि तपाईं महिला साथीसँग लामो सम्बन्ध चाहनुहुन्छ भने तपाईंले उनको कुरा सुन्ने बानीको विकास गर्नुपर्छ । उनको कुरा सुने मात्र पनि पुग्छ, जहिल्यै समस्याको हल खोज्नु जरुरी छैन ।
लियोनिल मेस्सी र अर्जेन्टिना फुटबलको सम्बन्ध
फुटबलका सर्वाधिक चर्चित खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी २७ वर्षका भए र उनी आफ्नो खेल करिअरको चुचुरोमै छन् ।फुटबलको पावरहाउस अर्जेन्टिनाले आफ्नै महादेशमा आयोजित यो विश्वकपलाई परम्परागत रुपमै सहज ठानेको छ र जित्ने अपेक्षा राखेको छ, यद्यपि प्रतियोगिता उसको चिर प्रतिद्धन्दी ब्राजिलमा भइरहेको छ । मेस्सीको लागि पनि यो निकै महत्वपूर्ण प्रतियोगिता हो ।
अर्जेन्टिनाको आक्रमक प्रदर्शनको प्रतीक्षा
रियो दि जेनेरियो : जारी विश्वकपमा केही बलिया टोलीले राम्रो सुरुआत गर्न सकेनन्। इङ्ल्यान्ड, उरुग्वे, स्पेन, पोर्चुगलजस्ता बलिया टोली पहिलो खेलमै पराजित भए। राम्रो प्रदर्शन गर्न नसके पनि अर्जेन्टिनाले भने प्रतियोगितामा सुखद सुरुआत गरेको थियो, यद्यपि पहिलो खेलमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी कमजोर थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको बोस्निया हर्जगोभिनालाई हराउन पनि दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई हम्मेहम्मे परेको थियो। उक्त खेलमा अर्जेन्टिना २-१ ले विजयी भएको थियो।
युवतीका कारण रोनाल्डोलाई तनाउ
![]() |
| रोनाल्डो की गर्लफ्रेंड का नाम है इरीना शायक। शायक एक रूसी मॉडल हैं। |
रियो दि जेनेरियो : जारी विश्वकपको पहिलो खेलमा आफ्नो टोली जर्मनीसँग नराम्ररी पराजित भएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो दबाबमा छन्। 'ग्रुप अफ डेथ' मा रहेको पोर्चुगललाई समूहगत चरण पार गर्न गाह्रो छ। त्यै पनि रोनाल्डोलाई माया गर्ने समर्थकको भने कुनै कमी छैन।
मोदी एक महिनाभित्र नेपाल आउने,
गणतन्त्र र धर्मनिरपेक्षतामा हस्तक्षेप नगर्ने : भाजपा नेता उपाध्याय
काठमाडौं, ०७ असार । भारतीय जनता पार्टीका नेता एवम् मेडिकल सेलका सह–संयोजक डा. दिनेश उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक महिना भित्र नेपालको औपचारिक भ्रमण हुने आधिकारिक जानकारी दिएका छन् ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको गृहकार्य नयाँ दिल्लीले शुरु गरेको जानकारी दिँदै भने–उहाँ भुटान भन्दा पहिले नै नेपालको भ्रमण गर्न चाहनु हुन्थ्यो तर प्राविधिक कारणले हुन सकेन अव तपाईहरु निश्चिन्त हुनोस की साउन महिना भित्रको कुनै एक सोमबार उहाँ नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उनले सामेबार पशुतिनाथमा विशेष पूजा हुने भएकाले श्री पशुपतिनाथको दर्शन तथा विशेष पूजा गर्नेगरि मोदी नेपाल आउन लागेको बताए । उनले थपे–पशुपतीनाथ भनेको विश्वका हिन्दूहरुको आस्थाको केन्द्र भएको कारणले पनि उहाँ पशुपतिनाथको दर्शन गर्नको लागि साउन महिना पारेर नेपाल आउन लागेको बताए ।
उपनिर्वाचनका लागि करिव ११ करोडखर्च हुने
काठमाडौ, ७ असार । भोली हुने संविधानसभको उपनिर्वाचनका लागि करिव ११ करोड रुपयाँ खर्च हुने भएको छ । उपनिर्वाचनका लागि करिब १० करोड ९८ लाख ३९ हजार सात सय रुपियाँ खर्च लाग्ने निर्वाचन आयोगको अनुमान छ ।आयोगसँग मौज्दातमा रहेका विद्युतीय उपकरणबाट मतदान हुने हुँदा मतपत्र छपाइको कार्य ठूलो संख्यामा गर्नु नपरेका कारणले पनि खर्च कम भएको आयोगले जनाएको छ ।आयोगले भोली विहान ७ बजेदेखि बेलुका पाँचबजेसम्म मतदान गर्न सक्ने जनाएको छ भने पर्सी विहान ९ बजे नै मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।निर्वाचन आयोगले हिजोदेखि नै मौन अवधि कायम रहेको भन्दै निर्वाचनसम्बन्धी प्रचारप्रसार नगर्न भनेको छ ।
Tuesday, June 17
भाइचारा लघुकथा
लीलाधर कोईराला
छ महिना जति खडेरी पर्यो, भोकमरी लाग्यो। त्यो शहरका सबै मान्छे एक दिन
टुँडिखेलमा जम्मा भए। आकुलव्याकुल त्राहीत्राही भएका भोका नाङ्गा मान्छे
एकभन्दा अर्को कंकाल/दरिद्र र क्षुब्द देखिन्थे।सबै चउरमा जम्मा भइसकेपछि
भुइँचालोको संकेत देखियो। चारतिरका पहाड खस्लान्j खस्लान् जस्तो गरी ढल्केर
हल्लिए। सबैलाई संकटको उत्तिकै त्रास र चेतना थियो। सबैले मुखामुख गरे।
एकएर्कालाई हेर्दै हाँसौँ कि नहासौँ, रोऔँ
कि नरोऔं जस्तो गरे। यस्तो लाग्यो मानौं एउटाको अर्को बाउ/आमा हो। पाँच
मिनेटपछि भुइँचालो रोकियो। निभ्ने बेलाको दियोजस्तै प्रायजसो खुशी भए तर
भोकको पीडा पुनः सम्भि्कइयो। मान्छेहरु वास्तवमै आफन्त भए। एक र्कामा
मुखामुख गरी दुःख व्यथा पोखे र समस्याको समाधान गर्ने सल्लाह गरे। 'आहा मान्छे!' स्वर्ग खुशी भयो।
गजल
लीलाधर कोईराला
मिति २०६८-०५-०६
भेटे पछि अंगालोमा, कस्छु भन्छे कालीसुई्को नदि दिल भीत्र, पस्छु भन्छे काली
फोटो मेरै हेर्छे अरे, टोलाउछे रे एकान्तमा
जानीजानी माया जालमा, फस्छु भन्छे काली
सजाएकी छु भन्छे, सपना हजार तिमी संग
तिम्रै मनमा राज गरि, बस्छु भन्छे काली
कहिले आउछौ भन्दै सोध्छे, मलाई घरि घरि
तिम्रै लागी क्रीम पाउडर, घस्छु भन्छे काली
औला भाँच्दै दिन गन्छे, लेख्छे लब लेटर
धोका दिए भीरबाटै, खस्छु भन्छे काली
एसएलसि फेल हुनेहरु
तपाइँमात्र एक्लो हुनुहुन्न पढाइमा फेल हुने...
- विल गेट्स
कलेजको पहिलो वर्षमै ड्रप आउट भएको विद्यार्थी ।
- धिरूभाइ अम्बानी
दश कक्षा भन्दा बेसी उनले पढ्दै पढेनन् ।
- वारेन बफेट
दश कक्षा पास गरेपछी कलेज नै गएनन् उनी ।
- सचिन तेन्दुल्कर
कक्षा दशमा उनी गुल्टिएका थिए ।
- अल्बर्ट आइन्स्टाइन
उनले जुरिच युनिभर्सिटीमा जागिर पाएका थिएनन् ।
- रिचार्ड बेर्नसन
सोह्र वर्षमै पढाइ छोडेका थिए ।
- रविन्द्रनाथ टैगोर
दश कक्षामा सात पटक गुल्टिएको व्यक्ति ।
- हरिवंश आचार्य
एस एल सीमा दुइ पटक फेल भएको व्यक्ति ।
- स्टिभ जब्स्
कलेजको पढाइ विचैमा छोडेका व्यक्ति ।
- विलियम शेक्सपियर
कक्षा पाचमा दुइ पटक गुल्टिएको व्यक्ति ।
- विन्स्टन चर्चिल
कक्षा ६ मा फेल भएका व्यक्ति ।
- स्टिभन स्पेइलवर्ग
कलेजनै नगएका व्यक्ति ।
'राष्ट्रको महानतम् मस्तिष्क कक्षाकोठाको लास्ट बेन्चमा पनि भेटिन सक्छ ।
- एपिजे अब्दुल कलाम
- विल गेट्स
कलेजको पहिलो वर्षमै ड्रप आउट भएको विद्यार्थी ।
- धिरूभाइ अम्बानी
दश कक्षा भन्दा बेसी उनले पढ्दै पढेनन् ।
- वारेन बफेट
दश कक्षा पास गरेपछी कलेज नै गएनन् उनी ।
- सचिन तेन्दुल्कर
कक्षा दशमा उनी गुल्टिएका थिए ।
- अल्बर्ट आइन्स्टाइन
उनले जुरिच युनिभर्सिटीमा जागिर पाएका थिएनन् ।
- रिचार्ड बेर्नसन
सोह्र वर्षमै पढाइ छोडेका थिए ।
- रविन्द्रनाथ टैगोर
दश कक्षामा सात पटक गुल्टिएको व्यक्ति ।
- हरिवंश आचार्य
एस एल सीमा दुइ पटक फेल भएको व्यक्ति ।
- स्टिभ जब्स्
कलेजको पढाइ विचैमा छोडेका व्यक्ति ।
- विलियम शेक्सपियर
कक्षा पाचमा दुइ पटक गुल्टिएको व्यक्ति ।
- विन्स्टन चर्चिल
कक्षा ६ मा फेल भएका व्यक्ति ।
- स्टिभन स्पेइलवर्ग
कलेजनै नगएका व्यक्ति ।
'राष्ट्रको महानतम् मस्तिष्क कक्षाकोठाको लास्ट बेन्चमा पनि भेटिन सक्छ ।
- एपिजे अब्दुल कलाम
गजल
- लीलाधर कोईराला
मिति २०६८-०५-०६
बिच बाटो मा छोड्नु थियो मिठो मायाँ लायौ किन
मिठो मिठो सपना देखाइ मुटु मेरो लियौ किन
एक्लै हुँदा खुशी थियँ तिम्रो साथ न भए नि
दुई दिन को माया देखाई अहिले आँसु दियौ किन
नत अब भुल्न सक्छु नत सक्छु एक्लै बाँच्न
तिम्रो हुन्छु भनी मलाई झुटो मायाँ दियौ किन
केही छैन तिम्रै याद मा सधैं सधैं रोई दिउँला
त्यो मुटु मा अरु थियो त मलाई आशा दियौ किन
तिमी लाई मायाँ गर्दा आफु लाई नै बिर्सिदिय
जिबन भर दुखी रहने मुटु मा चोट दियौ किन
मिठो मिठो सपना देखाइ मुटु मेरो लियौ किन
एक्लै हुँदा खुशी थियँ तिम्रो साथ न भए नि
दुई दिन को माया देखाई अहिले आँसु दियौ किन
नत अब भुल्न सक्छु नत सक्छु एक्लै बाँच्न
तिम्रो हुन्छु भनी मलाई झुटो मायाँ दियौ किन
केही छैन तिम्रै याद मा सधैं सधैं रोई दिउँला
त्यो मुटु मा अरु थियो त मलाई आशा दियौ किन
तिमी लाई मायाँ गर्दा आफु लाई नै बिर्सिदिय
जिबन भर दुखी रहने मुटु मा चोट दियौ किन
कसरी सही जीवनसाथी रोज्ने
तपाई
विवाह गर्ने सोचमा हुुुनुहुन्छ वा असल जीवनसाथीको खोजीमा हुनुहुन्छ ? विवाह
आफैमा एउटा अद्भुत सम्बन्ध हो । सम्बन्ध गास्नु अगावै कस्तो जीवनसाथी
रोज्ने भन्ने बिषयमा तपाई स्पष्ट हुनसके जीवन सुखैसुखमा वित्छ नत्र सम्बन्ध
बोझ बन्न थाल्छ । अधिकाशं व्यक्ति विवाहलाई भाग्यसँग जोड्ने गर्छन् तर
भाग्य निर्माणमा हाम्रो पनि भूमिका छ भन्ने बिर्सन्छौ ।कसरी सही
जीवनसाथी रोज्ने त ? यहाँ केही टिप्स प्रस्तुत गरिएको छ । यसको मदतबाट तपाई
आफ्नो पारिवारीक जीवनलाई सफल बनाउन सक्नुहुन्छ ।
- यस्तो व्यक्ति रोज्नुस् जोसँग सहजै सम्पर्कमा बस्न सकियोस् ।
- एकअर्काको रोजाई मिल्नेखालको
- एकअर्कालाई सम्मान गर्न स्वभाव भएको
- पारिवारिक पृष्ठभूमि मिल्ने खालको
- साथीको बुझाई र भावनालाई कदर गर्ने
२७ वटा श्रीमती हुदा पनि विवाह गर्ने शुरमा
एउटा
मान्छेले कतिवटासम्म श्रीमती ल्याउन सक्ला एउटा दुईवटा तीनवटा तपाईंको
उत्तर यस्तै हुन सक्ला तर तपाइ पत्याउनुस या नपत्याउनुस् सङ्खुवासभाका एक
व्यक्तिले २७ वटा श्रीमती ल्याएका छन्। बहुविवाहको कानुनी
व्यवस्थालाई चनौती दिंदै रामचन्द्र कटुवाललाई २७ वटा श्रीमती ल्याएर पनि
अझै बिहे गर्ने धोको मरेको छैन। जिल्ला सदरमुकाम खाँदबारीस्थित ढोलबाजेका
रामचन्द्रले ५० वर्षको उमेरसम्म आइपुग्दा २७ वटा श्रीमती विवाह गरेका छन्।
सदरमुकाम र तुम्लिङटार बजारमा भारी बोकी जीवन गुजारा गर्ने कटुवालले ठट्टा
गर्दै भने, “जवानी हुँदासम्म २७ वटा श्रीमती ल्याएँ, कमाएँ, खुवाएँ तर
अहिले सबैले छोडेर गए। कतिलाई त चिन्दा पनि चिन्दिन, अब त बिहे गरौँ भने
पनि कसले पत्याउँछ र रु” कुनै बेला २७ वटा श्रीमती विवाह गरेर ख्याति
कमाएका उहाँ अहिले एउटी श्रीमतीका साथमा रहँदै आउनुभएको छ।उहाँ सदरमुकाम
खाँदबारी बजारमा सबैका रमाइला पात्रका रुपमा रहनुभएको छ।
Monday, June 16
तत्काल ५ माओ निकटका दलहरुको एकीकरण असंभवः उपाध्यक्ष श्रेष्ठ
नारायण खड्का। दाङ। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले कार्यगत एकता भएपनि तत्काल माओ निकट पाँच माओवादीको एकीकरण संभव नभएको बताउनुभएको छ।
रिपोटर्स क्लब नेपाल दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले हाल कार्यगत एकता गरेर साझा मञ्च बनाउन खोजिएको बताउनुभयो। असार ७ गते नै ५ माओ निकटका पार्टी बिच एकीकरण संभव नरहेको बरु हाल कार्यगत एकता गरेर संघर्षका कार्यक्रम अघि बढाईने छ। उहाँले भन्नुभयो ‘त्यसका लागि साझा प्रयत्न भैरहेको हो।’ एमाओवादीले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा २६ सभासदको मनोनयन र संबिधान निर्माण प्रकृया कछुवा गतिमा भैरहेको आरोप छ नि भन्ने पत्रकारको जिज्ञासामा उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ सरकार निकम्मा भएकोले यस्तो भैरहेको छ।’
यसैबिच एमाओवादीका उपाध्यक्ष श्रेष्ठ सोमबार नै तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले समग्र दाङ जिल्लाको विकासको लागि आफु र आफ्नो पार्टीले कुनै कसुर बाँकी नराख्ने आस्वासन दिनुभएको थियो। नेपालकै ठूलो उपत्यका दाङलाई सम्बृद्ध बनाउन जिल्लामा सिंचाईको विकास, राप्ती अंचलकै ट्राञ्जिट प्वाईन्ट निर्माण र टुरीजमको राम्रो संभावना रहेको औंल्याउनुभएको थियो। जिल्लाको एक मात्रै टरीगाँउ एरपोर्ट कालोपत्रे गर्ने कार्य पुरा भैसकेको भएपनि उडान उडान हुन नसकेको प्रसंगमा नेता श्रेष्ठले नियमित उडानकालागि छिटो भन्दा छिटो पहल गरिने आस्वासन दिनुभएको थियो।
Subscribe to:
Comments (Atom)

