एउटा
मान्छेले कतिवटासम्म श्रीमती ल्याउन सक्ला एउटा दुईवटा तीनवटा तपाईंको
उत्तर यस्तै हुन सक्ला तर तपाइ पत्याउनुस या नपत्याउनुस् सङ्खुवासभाका एक
व्यक्तिले २७ वटा श्रीमती ल्याएका छन्। बहुविवाहको कानुनी
व्यवस्थालाई चनौती दिंदै रामचन्द्र कटुवाललाई २७ वटा श्रीमती ल्याएर पनि
अझै बिहे गर्ने धोको मरेको छैन। जिल्ला सदरमुकाम खाँदबारीस्थित ढोलबाजेका
रामचन्द्रले ५० वर्षको उमेरसम्म आइपुग्दा २७ वटा श्रीमती विवाह गरेका छन्।
सदरमुकाम र तुम्लिङटार बजारमा भारी बोकी जीवन गुजारा गर्ने कटुवालले ठट्टा
गर्दै भने, “जवानी हुँदासम्म २७ वटा श्रीमती ल्याएँ, कमाएँ, खुवाएँ तर
अहिले सबैले छोडेर गए। कतिलाई त चिन्दा पनि चिन्दिन, अब त बिहे गरौँ भने
पनि कसले पत्याउँछ र रु” कुनै बेला २७ वटा श्रीमती विवाह गरेर ख्याति
कमाएका उहाँ अहिले एउटी श्रीमतीका साथमा रहँदै आउनुभएको छ।उहाँ सदरमुकाम
खाँदबारी बजारमा सबैका रमाइला पात्रका रुपमा रहनुभएको छ।
No comments:
Post a Comment