लीलाधर कोईराला
छ महिना जति खडेरी पर्यो, भोकमरी लाग्यो। त्यो शहरका सबै मान्छे एक दिन
टुँडिखेलमा जम्मा भए। आकुलव्याकुल त्राहीत्राही भएका भोका नाङ्गा मान्छे
एकभन्दा अर्को कंकाल/दरिद्र र क्षुब्द देखिन्थे।सबै चउरमा जम्मा भइसकेपछि
भुइँचालोको संकेत देखियो। चारतिरका पहाड खस्लान्j खस्लान् जस्तो गरी ढल्केर
हल्लिए। सबैलाई संकटको उत्तिकै त्रास र चेतना थियो। सबैले मुखामुख गरे।
एकएर्कालाई हेर्दै हाँसौँ कि नहासौँ, रोऔँ
कि नरोऔं जस्तो गरे। यस्तो लाग्यो मानौं एउटाको अर्को बाउ/आमा हो। पाँच
मिनेटपछि भुइँचालो रोकियो। निभ्ने बेलाको दियोजस्तै प्रायजसो खुशी भए तर
भोकको पीडा पुनः सम्भि्कइयो। मान्छेहरु वास्तवमै आफन्त भए। एक र्कामा
मुखामुख गरी दुःख व्यथा पोखे र समस्याको समाधान गर्ने सल्लाह गरे। 'आहा मान्छे!' स्वर्ग खुशी भयो।
विस्तारै साँझ पर्यो र चन्द्रमा उदाए। चन्द्रमाले मुरीका मुरी अन्न
चन्द्रज्योतिजस्तै बर्साउन लागे। सबै मान्छेले टन्न पेट भरे।अब पानी पर्न
लाग्यो अनि हराभरा हुने भयो। मान्छेहरु दौडादौड गरेर घरतिर लागे। एउटा
मान्छेले अर्को देख्दा मुन्टो बटार्यो। एउटाले अर्कोलाई बोलाउँदा नसुनेझैं
गर्यो। एउटाचैं अर्कोसँग झुक्किनाले ठोक्कियो। उसले बेस्मारी कुटाइ खायो।
मान्छे अब आफन्त रहेनन्। आ―आरुनो विकास गर्ने विकासशील यन्त्र भए। भाग्यवश्, श्वर्गका आँखा अर्कै ग्रहतिर थिए।
No comments:
Post a Comment