Saturday, June 21

मोदी एक महिनाभित्र नेपाल आउने,

गणतन्त्र र धर्मनिरपेक्षतामा हस्तक्षेप नगर्ने : भाजपा नेता उपाध्याय

  काठमाडौं, ०७ असार । भारतीय जनता पार्टीका नेता एवम् मेडिकल सेलका सह–संयोजक डा. दिनेश उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक महिना भित्र नेपालको औपचारिक भ्रमण हुने आधिकारिक जानकारी दिएका छन् ।
        रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको गृहकार्य नयाँ दिल्लीले शुरु गरेको जानकारी दिँदै भने–उहाँ भुटान भन्दा पहिले नै नेपालको भ्रमण गर्न चाहनु हुन्थ्यो तर प्राविधिक कारणले हुन सकेन अव तपाईहरु निश्चिन्त हुनोस की साउन महिना भित्रको कुनै एक सोमबार उहाँ नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उनले सामेबार पशुतिनाथमा विशेष पूजा हुने भएकाले श्री पशुपतिनाथको दर्शन तथा विशेष पूजा गर्नेगरि मोदी नेपाल आउन लागेको बताए । उनले थपे–पशुपतीनाथ भनेको विश्वका हिन्दूहरुको आस्थाको केन्द्र भएको कारणले पनि उहाँ पशुपतिनाथको दर्शन गर्नको लागि साउन महिना पारेर नेपाल आउन लागेको बताए ।
            क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा उपाध्यायले मोदीको नेपाल भ्रमण औपचारिक भएको उल्लेख गर्दै प्रधानमन्त्री सुशिल कोइरालाको निमन्त्रणामा आउन लागेको बताए । उनले मोदीको नेपाल भ्रमणमा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, नेपालमा लोकतान्त्रिक संविधान निर्माणमा नेपाल सरकारले माँगेको जस्तो सुकै सहयोग गर्ने, नेपालको विकासमा विशेष सहयोग गर्ने, उर्जाको विकासको लागि मोदीको भ्रमणमा उच्च महत्वका साथ सहयोग हुने लगायतका विषयमा पनि छलफल हुने जानकारी दिए ।
पत्रकारहरुको जिज्ञासामा उनले भारतीय जनता पार्टी नेपालमा हिन्दू राज्य हुनुपर्छ भन्ने पक्षमा नरहेको जिकिर गर्दै त्यो यहाँको जनताको ईच्छा भएकाले त्यो निर्णय नेपाली जनताले नै गर्ने बताए । उनले विभिन्न प्रलोभनमा पारी, बलजफ्दी रुपमा कसैले कसैको धर्म परिवर्तन गराउनु गैर कानुनी काम भएको बताउँदै यस्तो कार्य तत्काल रोकिनुपर्ने बताए । नेता उपाध्यायले आफू ५५ वर्षको उमेरमा पहिलो पटक नेपाल आएको सुनाउँदै पशुपतिनाथको दर्शन गर्न पाएकोमा धन्य भएको बताए । यद्धपि उनले आफ्नो नेपाल भ्रमणलाई मोदीको नेपाल भ्रमणको तयारीको रुपमा लिइदिन समेत आग्रह गरेका छन् ।
          पत्रकारहरुले राखेको अर्को प्रसंगमा भारतीय जनता सत्तामा आइसकेपछि भारतको नेपाल हेर्ने दृष्टिमा केहि पनि परिवर्तन नआउने बताए । उनले भारतीय जनता पार्टी नेपालमा हिन्दू राज्य घोषण गर्न चाहन्छ भन्ने जिज्ञासामा आफ्नो पार्टीले त्यस्तो नगर्ने स्पष्ट पार्दै जनता नै जर्नाद्धन भएकाले त्यो यहीँका जनताले निर्णय गर्ने कुरा भएको बताए । उनले भारतमा पनि जनताले नै भारतीय जनता पार्टीलाई स्पष्ट बहुमत दिलाएको स्मरण गराए । यद्धपि उपाध्यायले नेपालमा बहुसंख्यक जनता हिन्दू भएकाले हिन्दु संस्कारलाई रक्षा, संरक्षण तथा सम्वद्र्धन होस भन्नेमा आफूहरुको चाहना भएको बताए । उनले नेपालमा भएको परिवर्तन धर्मनिरेपेक्षता, गणतन्त्र जस्ता कुरामा आफूहरुको कुनै हस्तक्षेप नहुने प्रष्ट पारे ।
         रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपाल–भारत सम्बन्ध बहुआयमिक र विशिष्ट रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले सम्बन्धलाई अझै उचाईमा पु¥याउन विशेष मद्यत पुग्ने बताए । उनले मोदीको भ्रमण पछि नेपाल आर्थिक समृद्धि तर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।
reportersnepal : copy

No comments: