Sunday, June 22

अनलाईन प्रेम

               घडिको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो। शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन। यस्तै ९ बजेको हुदो हो। एक्लै धुम्धुम्ती कोठामा बसिरहेको मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरुले टोकुला झै हेर्दै थियो।

लक्ष्मी गएदेखि मेरो एकान्तको साथी बनेका ती किताबहरुलाई खै किन हो आज पल्टाउनै मन भएन। किन किन मन फुङको उडेको मरुभुमि जस्तै हुदैं थियो । यस्तो त मलाई कुनै अपशकुन हुनु अगाडी हुने गर्दथ्यो। म निन्द्रादेविको काखमा लुट्पुटिन आतुर थिएं ।तर लक्ष्मिले आज  त छिट्टै बोलाउलिन् जस्तो कुनै छाटकाट नै देखिन । आँखा उध्यरेका बोरा झै खुल्लै रहिरहेथ्यो जति च्यापे पनि । अलि पर हेरें टेबलमा ल्यापटपले मलाई जिस्काईरहेको थियो ।म जुरुक्क उठें। ल्यापटप सुम्सुम्याए । कता कता लक्ष्मीलाई नै सुसुम्याउदै छु जस्तो भान भो । यहि त हो लक्ष्मीले मलाई जानु अघि छाडिएको चिनो “सानु म गएपछि एकान्तलाई टाढा गर्ने साथी यहि हो।“भनेर उपहार दिएकि थि ।साच्चै यहि त हो मेरो बेचैन मनलाई केहिछिन भएपनि राहत दिलाउने  ।वाईफाई कनेक्सन गर्यो । नेटवर्कको बिभिन्न साईट हेर्यो ।मन भुलायो।मैले ल्यापटप खोले।मुसुक्क हास्यो ल्यापटप मानौ उ मेरो निकै पुरानो साथी हो र भर्खरै भेट भईरहेको थियो।म पनि बन्द ओठबाट अलिकति हासे।याहु,स्काईप,फेसबुक,मझेरी या अन्य कुनै कुन खोलौं मन घुम्यो।मेरो रोजाईका साईटहरु थुप्रै छन् तथापी म प्राय फेसबुक र जिमेल खोल्न मनपराउ छु। हातहरु स्वत फेसबुक खोल्नतिर अगि बढ्यो । साईन ईन गरें। राता राता नम्बरहरु म्यासेज बक्स फेन्डरिकुस्टेट र नोटिफिकेशनमाथि नाचिरहेको थियो। पहिलो प्राथमिकता म्यासेज बक्सलाई लौ जा त। बिजुलीको झट्का झै म्यासेज बक्समा किल्क गरें। खासै त्यस्तो म्यासेज देखिन। अब पालो नोटिफिकेसनको।
 साथीहरुले आङ्खना रचनामा मलाई टाग्न भ्याउनु भएको रहेछ। हातहरु युनिकोड टाईप गर्न हतारिए। विस्तारै विस्तारै साथीहरुको प्रतिकृया बक्स भर्न थालें। मन यसै भुल्न थाल्यो।मौनता भने कायमै ।जरै गाडेर बसेको ।मेरा आँखाहरु कहिले साथीहरुको स्टाटसमा त कहिले नव सृजनाहरुमा गएर टासिन्थें।मन परिहालेमा लाईक बटम थिचिहाल्थें।यसो आखा घुमाउदै थिएं कि म्यासेज बक्समा गएर टक्क आडियो।म्यासेज बक्समा म्यासेज तरलङगं झुण्डिएको रहेछ । म प्राय च्याटमा बस्न रुचाउदिन ।
                  त्यसैले केहि भन्न मन लाग्यो भने मलाई साथीहरुले म्यासेज नै गर्नु हुन्थ्यो।हतार हतार म्यासेज हेरें। झण्डै दुई महिना भएको थियो होला उनि नेटवर्कको दुनिया“बाट हराएकी।त्यो भन्दा अगाडी हाम्रो भेट अनलाईनमा प्राय जसो दैनिक हुने गथ्याे । उसले बाेलेकाे ” मुस्कान” ग्रुप निकै चलेको ग्रुपहरु मध्यमा एउटा पर्दथ्यो । हामी बेलुकाको समयमा प्राय यहि ग्रुपमा च्याटमा मस्त हुन्थ्यौं।उनि निकै मजाकिया कुराहरु गथिनर्।धेफ्यानहरू         थिए।त्यसरी ग्रुप च्याटमा बस्दा समय बितेको पत्तै हुन्नथ्यो।साह्रै खुसी देख्न्थिन् ।उनको फेन्डफि ङ्खरेन्डमात्रै झण्डै पाँचहजार पुग्न लागिसकेको थियो। प्रोफाईल पिक्चरहरु असाध्यै राम्रा हुन्थे। उनको तस्वीरमा लाईक गर्ने मात्रै सय दुईसय हुने अनि प्रतिकृया त कति हो कति । सबैसंग खुलस्त भएर बोल्न रुचाउने भएकीले होला सबैको प्यारी थिइन्।खुला हृदयकीधनी मेरी सखालाई म मिस गर्दैथिएं।खल्लो अनुभव गर्दैथिएं। आज टुप्लुक्क अनलाईनमा भेट्दा मन फुरुङग भयो। मैले पनि “ ओके डियर“ भनेर रिप्लाई गरें। हतार हतार याहु साईन इन् गरें ।
                  उनि अघिदेखि अनलाईमै रहिछिन्।“सरी।“ भनें “इट्स ओके उनले रिप्लाई गरिन्। उनले भ्वाईस कल गरिन्। मैले रिसिव गरें। “ कस्तो हेर्न मन छ प्लीज क्याम देउन।“ लक्ष्मीको अनुरोध थियो। मैले ठट्टा गर्ने मनसायले “किन हो बिसिर्सक्यौ र मलाईरु “ भनें।तर उनि गम्भिर मुद्रामा पो पाएं।स्वर कता कता भासिए जस्तो लाग्यो।मैले क्याम दिएं।अनि भनें“ म चा“हि तिमीलाई नहेरु“रु“ फिस्स हा“से जस्तै आवाज कानमा ठोक्कियो। क्याम खुल्यो। सा“च्चै उनि हा“स्ने असफल प्रयास गर्दैथिइन्। ओहो† म जिल परें।म कोसित बोल्दैथिएंरु आफैलाई शंका लाग्यो । लक्ष्मी त हैनन् । ए हैन रहेछ उनि त लक्ष्मी नै पो थिइन् त। म पनि फिस्स हा“से उनलाई हेरेर। कस्तरी झा“टिएकीरु एकछिन अल्मलिएं।गालाका हड्डीहरु बढेका थिए। आ“खा खोपिल्टाभित्र पसेका।नाक सगरमाथा झै ठडिएको। कपाल उस्तै रहेछ।अगाडी निलम कट पछाडी का“ध का“ध झरेको सगरमाथाको आधारसिविरबाट झरे जस्तै। हा“स्दा दा“तहरुमात्रै सेता देखिने। “ हैन कता हराएकी आजभोलीरु“ मेरो प्रश्न सोझै तेसिर्यो। प्रतिउत्तरमा साविकमा झै“ अलि बिजी थिएं डकुमेन्टस बनाउन धाएको धायै छु।“ पाएं। “ए अझै मिलेको छैनरु“ “उफ् मिल्ला जस्तो छैन।“ स्वर भासिएको थियो। म मौन थिएं। उनि मसंग हा“स्ने असफल प्रयास गर्दैथिइन् । तर मेरो नजरबाट त्यो लुक्न सकेन । सोधें “ केहि लुकाउ“दैछौरु के भोरु किन यस्तरी दुब्लाएकीरु“ सन्नाटा छायो ।एकछिनमा मेरा कानाहरु चिसा भयो ।उनि जे भन्दै थिइन् त्यसमाथि म सजिलै विश्वास गरिहाल्ने स्थितिमा थिइन। घर छाड“ लक्ष्मीतिमी नहुदो“ हो त म अनलाईनमा पनि बस्ने थिइन।“ आङ्खनो नितान्त व्यक्तिगत कुराहरु सबै मसंग सेयर गथिनर्् लक्ष्मी आखिर बाल्यकालदेखिकै साथी जो थियौं हामी। दु ःख होस या खुसी मसंग सेयर नगरी मनले नमान्ने रे उनलाई। कति ह“सिली देखिन्थिन् ।
                      उ र लक्ष्मी बिचको मायाको झाङ फैलदैं थियो ।उनि उ प्रति यति विश्वस्त थिइन कि एकदिन मैले लक्ष्मीलाई अनलाइनमा देखेर“ हाई डियर“ भन्दा “म लक्ष्मीहैन सरी ल म त उ हु“ ।“ भन्ने रिप्लाई आयो । मैले हत्तपत्त च्याट क्लोज गरें । पछि थाहा पाएं लक्ष्मीको फेसबुक उले चलाएको रहेछ।उसलाई लक्ष्मीलाई आई डी र पासवर्ड दुबै थाहा रहेछ।लक्ष्मीले नै दिएकी रे ।उ बेलाबेलामा त्यसरी लक्ष्मीको आई डी चलाउ“दो रहेछ। मैले “ डियर यति धेरै विश्वास गर्नु पनि ठिक हैन आङ्खनो सेक्रेट नै बाताउनु त ।“ हा“स्दै उनले त्यतिबेला मलाई “ आत्तिनु पर्दैन। उ त्यस्तो छैन म उलाई राम्रोसंग चिन्छु ।“ यति धेरै विश्वास अनलाईन भेटिएको प्रेमीमाथि ।म दङग परेकी थिएं र आङ्खनो मनलाई उन सक्छ उनिहरुबिच धेरै प्रगाढ माया भएर होला यो हदसम्म गएको भनेर सान्त्वना दिएकी थिएं । त्यसपछिका दिनहरुमा लक्ष्मीले नबोलाएसम्म मैले कन्भर्सेसन गरिन । जतिपटक हामी बीच च्याट हुन्थ्यो त्यतिपटक उनि उको कुरा गर्न छुटाउ“दिनथिन् ।एकपटक भिडियोकलमा “ हेर त यो ड्रेस कस्तो छरु उले आज मात्र कुरियो गरेर पठाएको ।“ हल्का निलो रङगको वान पिसमा उनि सुन्दर देखिन्थिन्। मैले नियालेर हेरेको थिएं ।गलामा सेतासेता मोतिका दाना झै देखिने मालाको गोलो घुमाउरो बुट्टा थियो ।
                   मैले “वाउ ईट्स सो ब्युटीफुल डियर ।“ भनें। उनि पनि दङग थिइन त्यसदिन । भन्दैथिइन् “मैले पनि १ हप्ता अगाडी उलाई आई फोन पठाएकी थिएं ।“ यसो भनिरहदा“ उनि निकै प्रफुल्लित मुद्रामा देखिन्थिन् । यस्तै यस्तै चल्दैथ्यो ।त्यसपछिका दिनहरु पनि खुसीसाथ बित्दै थियो । झण्डै २ महिना भएको थियो । मैले उनलाई नसम्झेको त हैन तर उनि अनलाईनमा देखिन छोडेकी थिईन् । सोचें सायद ब्यस्त होलिन् ।भन्दैथिइन “अब पढाई सकियो ।अब हार्ड वर्क गर्छु ।बैङक ब्यालेन्स जो बनाउनु छ । यतिका वर्È यहि बसियो ।अलिकति भएपनि पैसा त घरतिर पनि पठाउनुछ । उनले त्यसपछि कहिले नाईट कहिले डे सिङ्खटमा काम गर्न थालेकी थिइन् ।मासिक डेढ लाखसम्म हुन्छ भनेकी थिइन्। सयद काममा निकै ब्यस्त भैइन् होला  । एकदिन मलाई वेभक्याममा हेर्दै भनेकी थिइन “ तिम्रो कपाल कस्तो ड्राई देखिएको । म यहा“बाट स्याम्पु र कन्डिसनर कुरियो गर्छु ।यहा“को प्रोडक्ट्को क्वालिटि राम्रो हुन्छ।“  म मन मनै मुसुमुसु हा“सेर “ भैगो अहिले हैन ।कुरियो गर्दा महङगो पर्छ ।तिमी आउ“दा नै ल्याउ न ।“भन्दा उनि खुलेर हा“सेकी थिइन् ।दिलदार हा“सो । मैले जीवनमा सायदै देखिकी थिएं उनको मुहारमा काला बादलका धर्साहरु ।मानौ उनि हा“स्न कै लागि जन्मिएकी हुन् । पुक्क परेको गाला,हल्का निलो थियो त्यो चिम्सा आ“खाको रङग ।
                   ओठमा हरदम मुस्कान झुण्डिरहने झर्नै नमान्ने।लाग्थ्यो दन्त्यकथाको उकुमारी यस्तै हुदी“हुन् । तर तर उफ् † टाउको भाउन्न हुन थाल्यो । कपालको जरा जरा दुख्न थाल्यो। कन्ञ्चट कट्कट् खान थाल्यो ।घडिको टिक् टिकले फेरि शुन्यता चिर्न थाल्यो । भावशुन्य भै ल्यापटमा म मेरी आ“स’लाई एकहोरो हेर्दैथिएं ।सूर्यमुखी फूलजस्ती। तर त्यो टेक्नोलोजीले दिएको अनुपम उपहार सानो ल्यापट भन्ने बक्सभित्र मेरीसखी सिचा“ई बिनाको ओईलेको बिरुवा झै लत्रयाक्क परेकी थिइन् ।उनि अब म बाट कुनै पीडा लुकाउन नसक्ने स्थितिमा पुगेकी थिइन । विस्तारै उनको आवाज भक्भकिन थाल्यो भसिर्न लागेको भातको सुक्न लागेको पानि जस्तै भक्भककिन् । नजिकै भए अंगालोमा भरेर “नरोउ म छु ।“ भन्न मन लाग्थ्यो ।एकछिनमा उनि टेबलमाथि घाप्टिईन् ।सु“क्क सु“क्क आवाज एकहोरो मेरो कानमा माहुरीको भुन् भुन् जसरी स’नीरहेको छ’ मात्र ।उनको चम्किलो केश लाईटले झनै टलक्क टल्किएको थियो । केहिबेर पछि दुईहातले आ“खाको चेपचेपबाट बगेको आ“शु पुछिन् अनि फेरि फिसिक्क हा“सिन् । र भनिन् “मन हलुङगो भयो ।“ म पनि उनिसंगै एकमुठी हा“से । बोल्न खोजें। आवाज म्युट थियो।
                 बल्ल बल्ल भोलुम बढाएं ।“ कसरी यस्तो भयोरु” “खै कसरी भनु“। उ बिबाहित रहेछ ।एउटा छोरा पनि छ रे। मैले थाहा पाएं ।अनि सोध्दा उ मसंग झकिर्एर “तिमी मलाई विश्वास गर्छौ कि अरुकोरु यसरी म माथि अहिलेनै अविश्वास गर्नेसंग मेरो जीवन कसरी निर्वाह हुन्छ“भन्यो रे। लक्ष्मी केहि बोल्न खोज्दैथिइन् रे उ अफलाईन भैहाल्यो रे। त्यसपछिका दिनहरुमा उलाई अनलाईनमा भेटिन लक्ष्मीले। कहिलेका“हि आक्कल झुक्कल देखिहाले पनि लक्ष्मीले बोलाउ“दा पनि नबोलि अरु नै केटीहरुसंग च्याटमा ब्यस्त । उसको यस्तो अविश्वस्निय ब्यबहारले लक्ष्मी मर्महात भैइन्। एक छोराको बाबुले आफू अबिबाहित हु“ भनेर प्रेम प्रस्ताव राख्दा त्यसभन्दा अगाडी आएका थुप्रै प्रपोजहरुलाई लत्याएर स्वीकृती दिएकी थिइन् लक्ष्मीले ।भन्ने गथिनर“ मेरो म्यासेज बक्समा लभ प्रपोजका म्यसेजले टन्नै भरिएको छ ।ह्याङग होला भन्ने टेन्सन्। हि हि ।“ उनि मस्त हांस्थिन्। हुन पनि किन नाओस। राम्री उस्तै त्यसमाथि थुप्रै प्रोफाईल पिक्चर राख्थिन् ।घरपरिवारसंग बिछोडिएर गएदेखि न्यास्यो मेट्न फेसबुकको प्रयोग गर्न ङ्खरेण्डलिस्टमा झण्डै पा“चहजार त ङ्खरेण्ड पुग्न लागिसकेको थियो ।


                      सयौं प्रस्तावहरुलाई पछाडी राखेर उलाई विश्वास गर्न थालेकी लक्ष्मीलाई मैले सम्झाउने प्रयास नगरेको पनि त हैन।एकदिन मैले भनेकी थिएं “ डियर यस्तो अनलाईनमा भेटेको मान्छेको के भर यति धेरै गहिरेर पनि नजाउ है ।“ “हुन त हो।तर उ ती मध्य हैन ।म पनि पहिले यसै भन्ने गर्थें ।समय बिताउन मात्रै हो जस्तो लाग्थ्यो यी सब ।उ जस्ता हजारौं भेटिन्छन् ।तर पनि खै किन हो मनलाई सम्हाल्न सकिन।“ यसरी मैले सम्झाउ“दा पनि नमानेर एकहोरो विश्वासमा प्रेम बर्Èाईरहिन् उनले। आज उनै प्रीय लक्ष्मीको मुटु क्षतबिक्षत भएको थियो। मसंग बोल्ने शब्दहरुको अभाव भयो। मात्रै यति भनें “डियर अनलाइन प्रेममा यस्तो हुन्छ। छोडिदेउ। धेरै गहिरेर पनि नजाउ ।“ तर सायद उनि धेरै टाढा पुगिसकेकी थिइन्। भनिन् “ उ एक छोराको बाबु हो भन्ने जानेपछि पनि किन यो मन मान्दैन उसंग टाढा हुनरु दिमागको कुना कुनामा उसंगको याद खोपिएको छ । सायद म उलाई आज पनि उत्तिक्कै माया गर्छु ।कुनै खेल खेलिरहेकी छुईन जहा“ जित्नु पर्छ नै भन्ने छैन ।“ म उनको यस्तो प्रतिकृया सुनेर स्तब्ध भएं ।त्यसो भए के तरु लक्ष्मी प्रेममा पक्का डुबिसकिन् तरु म भावशुन्य भएं । कुनै दिन “यो अनलाईनमा हुने गफगाफ मात्रै टाईमपास हो ।यसले मलाई एकछेउ पनि छेउ पनि छुदैंन।“ भन्ने गथिनर् ।
                  तर आज ख्याल ख्यालमै उनि कसैप्रति प्रेमप्रति आश्क्ती भैसकेकीख थिईन्। न रङ ,न रुप, न परिवेश ,न भविष्य हेर्छ यो प्रेमले । सच्चा मनले प्रेम गरेको छ भने त्यति सजिलै बिर्सन सकिदैंन भन्छन् ।सा“च्चै नै उनि पनि उस्तै हालतमा थिइन् ।उसंगको बिछोड पछि पनि उस्तै माय गर्दैथिइन् । अविरल अनवरत।च्याटमा बोलाउ“दा उ नबोल्दा उनको मुटु छिया छिया हुन्थ्यो। पल पल मथिईन्। मन यसै मरिसकेको र बांकी रहेको त्यो तन पनि सुकेर खङग्रङग परेको रुख जस्तै ।यस्तो लाग्यो मानौ कुनै खेतको बीचमा कपडा बेरेर गाडिएको बुख्याचाहो । कस्तो माया हो यो रु जस्ले एउटा सुन्दर बस्ती उजाड परिदिन्छ,जस्ले मगमगाउ“दो फूलबारीलाई उजाड उजाड मरुभूमिमा परिण्ँत गरिदिन्छ। उफ्† यस्तो पनि माया। म यस्तै तरङगमा तैरिदै“थें ।“ मेरो ड्युटीको टाईम भयो ।नेक्स्ट टाईम भेटुला“ ल । “कानमा लक्ष्मीको मधुर आवज गुञ्जियो । म झस्याङग भएं। “हुन्छ डियर पिर नगर ल ।आङ्खनो केयर गर। सुख दु ःख यस्तै हो । आउ“छ जान्छ । कहिल्यै समाप्त हुन्न । के थाहा तिम्रो उ भन्दा पनि बढि माया गर्ने अरु नै कोहि पो छ किरु ओके बाई ,सि यु,टेक केयर ।“मेरो मुखबाट ह्वाह्र्वर्ती निस्किएका यी शब्दहरु सुन्ने कोहि थिएन । लक्ष्मीले अघि कल काटिसकेकी थिइन ्। म त अघि देखि एक्लै पो फतफताउ“दै रहेछ ु। लाज पनि लाग्यो आफैदेखि एकछिन त ।टाउको जुरुक्क उठाएर वरिपरि हेर्रे ।
                     भित्ता मलाई हेर्दै जिस्काउ“दैथ्यो । चुपचाप ल्यापटप बन्द गरें । अनि ओछयानमा डङग्रङ पल्टिएं ।आ“खा चिम्म गरेर ऊसलाई सम्झिएं । उ गएको पनि ३ बर्ष भैसकेको थियो । मैले लक्ष्मीको ठाउ“मा आफूलाई राखेर हेरें अनि उको ठाउर्मा  । कल्पना गरें। कतै ऊसंग मेरो पनि त्यस्तै बिछोड भएको भए। म त ज्युंदै मर्थे होला। कल्पना गर्न पनि डर लाग्यो ।,ऊसको अनुपस्थिति बिनाको जीवन कहाली लाग्यो। रङगहिन जीवनको सतहमा म एकछिन पनि उभिन नसक्ने थिएं। हम्रो पनि त डेढ वर्È लामो लभ अफेयर पनि यहि अनलाईन प्रेमबाट नै शुरु भएको थियो ।हाम्रो दिनहु“को च्याटले नै हामीलाई यति नजिक ल्याको थियो कि हामी एक अर्का बिना एकपल पनि बा“च्न नसक्ने भएका थियौं। सायद उसको बेईमानी उलाई उछिन्ने अस्त्र बनेको भए म आज यतिखेर ऊलाई यसरी सम्झिराखेकी हुन्न थिएं होला। अहो †
                  मुटु कसरी का“प्दै थियो परिकल्पनाले मात्रै पनि। उसको अनलाईन बिबाह गर्ने प्रस्ताब अनि मेरो सहमतिले गरेको कोर्टम्यारिज यी सब कुराको अहिले कुनै अहिमियत रहन्न थियो होला यदि उकै बाटो उसले अपनाएको भए। यस मानेमा म भाग्यमानी रहेछु । अझ भन्नु पर्दा मैले रोजेको व्यक्ति गलत परेनछ। जति म इमान्दार थिएं उतिनै ऊपनि। प्रेममा विश्वासको डोरी बलियो हुनु जरुरी हुन्छ । अझ गा“ठो बलियो भयो भने कहिले चुडिदैंन। यस्तै मायाको बलियो डोरीमा हामी बा“धिका थियौ। अब मलाई ऊप्रति असिम माया ,स्नेह पलाएर आयो। किन किन मलाई ऊसको उपस्थितिको मीठो सपना देख्ने अनौठो रहर जागेर आएको थियो त्यसैले म छिट्टो भन्दा छिट्टो निन्द्रादेविको काखमा लुट्पुटिन हतारिएं । ऊसलाई सम्झदै न्यानो सिरकभित्रबाट सपनी देख्न पो थालें।
बिना तामाङ 

No comments: