नारायण खड्का। दाङ। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले कार्यगत एकता भएपनि तत्काल माओ निकट पाँच माओवादीको एकीकरण संभव नभएको बताउनुभएको छ।
रिपोटर्स क्लब नेपाल दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले हाल कार्यगत एकता गरेर साझा मञ्च बनाउन खोजिएको बताउनुभयो। असार ७ गते नै ५ माओ निकटका पार्टी बिच एकीकरण संभव नरहेको बरु हाल कार्यगत एकता गरेर संघर्षका कार्यक्रम अघि बढाईने छ। उहाँले भन्नुभयो ‘त्यसका लागि साझा प्रयत्न भैरहेको हो।’ एमाओवादीले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा २६ सभासदको मनोनयन र संबिधान निर्माण प्रकृया कछुवा गतिमा भैरहेको आरोप छ नि भन्ने पत्रकारको जिज्ञासामा उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ सरकार निकम्मा भएकोले यस्तो भैरहेको छ।’
यसैबिच एमाओवादीका उपाध्यक्ष श्रेष्ठ सोमबार नै तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले समग्र दाङ जिल्लाको विकासको लागि आफु र आफ्नो पार्टीले कुनै कसुर बाँकी नराख्ने आस्वासन दिनुभएको थियो। नेपालकै ठूलो उपत्यका दाङलाई सम्बृद्ध बनाउन जिल्लामा सिंचाईको विकास, राप्ती अंचलकै ट्राञ्जिट प्वाईन्ट निर्माण र टुरीजमको राम्रो संभावना रहेको औंल्याउनुभएको थियो। जिल्लाको एक मात्रै टरीगाँउ एरपोर्ट कालोपत्रे गर्ने कार्य पुरा भैसकेको भएपनि उडान उडान हुन नसकेको प्रसंगमा नेता श्रेष्ठले नियमित उडानकालागि छिटो भन्दा छिटो पहल गरिने आस्वासन दिनुभएको थियो।
No comments:
Post a Comment