Saturday, June 21

नेपाली चेली तेरियाले डीआईडीको उपाधि चुमिन् | ५० लाख सहित कार पाइन् (भिडियो र फोटो फिचर) -

काठमाडौं, २०७१, असार ८ आइतबार ।teriya magar dance india dance winner (2) बुटवल नेपालकी बालिका तेरिया मगरले चर्चित भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको चर्चित रियालीटी सो डीआईडी लिटिल मास्टर्स–३ को उपाधि चुमेकी छिन् । हिजो शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि चुमिके हुन् । प्रतियोगिताको उपाधिसहित तेरियाले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छिन् ।
अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन् । मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी उनले उपाधि हात पारेकी हुन् । डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन् ।
भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन् ।
प्रतियोगीतामा भारत कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, दोस्रो भइन्, भने भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टे तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेललाई पछि पारेकी हुन् । सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङपनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए ।
- See more at: http://www.bisalchautari.com/teriya-magar-dance-india-dance-winner/#sthash.Cf0KuPgC.dpuf

No comments: