![]() |
| तस्बिर गुगल |
केहि हफ्ता अगाडी संगै कामगर्न यौटी केटी आएकि थिई । केटी भनुँ या आईमाई उमेरमा भर्खर २६/२७ कि होली तर बिवाहित । उसको सुन्दरताको त बर्णनै नगरुं , बिछट्टै सुन्दरी छे । संगै काम गरेको ५/६ दिन सम्म पनि हाई हेल्लो भन्दा ज्यादा बोलेको थिईनं म । उसलाई अति नै ज्यादा बोल्नुपर्ने । मुखै नबिसाई एकोहोरो बोलिरहनु पर्थ्यो उसलाई । म उmसंग नबोलेको बारेमा उसले अरुसंग गुनासो गरेको पनि थाहा पाईसकेको थिएं मैले । मलाई आपत्ती थिएन । उ जति नै ज्यादै बोलोस , म सुन्न तयार थिएं तर मेरो बारेमा अनावश्यक नकारात्मक धारणा बनाउंदा भने मलाई त्यो अपच नै हुन्छ । मेरो बारेमा उसले नकारात्मक धारणा राखेको मैले थाहा पाई सकेर पनि प्रतिकारमा उसलाई केहि भन्ने मौका नै परेको थिएन । काम गरिरहेको एकदिन उसले मलाई भनी , हिजो राती अलि धेरै पिए जस्तो छ नि ।
तिम्रो गिदीमा किरा परेको छ । मैले उल्टो प्रश्न गरें । उसलाई रिस उठ्नु स्वभाविक थियो । रिसाएर मलाई ठाडै खाउंला झैं गर्दै बोली उ , के भनेको तिमीले? के म पागल जस्तो लाग्यो तिमीलाई? जंड्याहा , काम गर्दा पनि मातेर आउंछ अनि अरुलाई जे पायो तेहि बोल्छ । उसको बाझ्ने कला तारिफ लायक थियो ।‘ मैले हिजो राती धेरै पिएको तिमीले कसरी थाहा पायौ ? प्रश्न गरें मैले ।तिमी बोल्दैनौ नि त । अरु सबै बोल्छन , तिमी बोल्दैनौ त्यसैले मलाई त्यस्तो लाग्यो । ओठे जवाफ फर्काई उसले ।नबोल्नुलाई पिएको छ भन्ने अर्थ लगाउनु पनि मलाई गिदीमा किरा परेको जस्तो लाग्छ । मैले भनें । केहिबेर उ चुप भई । फन्केर यता र उता गरी र मेरो छेउमा आएर खाजा सामल कसेर बाझ्न थाली उ ।‘ तिम्रो गिदीमा परेको होला स्याउंस्याउंती किरा । त्यसैले तिमी मलाई त्यसो भन्दैछौ । मलाई त नबोल्ने मान्छेहरु घुसघुसे हुन्छन जस्तो लाग्छ ।मलाई पनि धेरै बोल्ने आईमाईहरु बाईफाले हुन्छन जस्तो लाग्छ ।
मलाई ठिक्कै जवाफ आयो ।बाईफाले भनेको के हो ? बुझेर हो या नबुझेर उसले बाईफालेको अर्थ खोजी । घुसघुसे भनेको के नि ? मैले बुझिबुझि घुसघुसेको अर्थ सोधें ।घुसघुसे भनेको बाहिर नबोलेर सोझो जस्तो देखिने तर भित्रभित्रै अर्काको नराम्रो गर्ने मान्छे हो । उसले अर्थ लगाई । बाईफाले भनेको चाहिं अनावश्यक पतरपतर बोल्ने अनि खुल्लमखुल्ला चरित्रले तल गिर्ने आईमाईहरु हुन । मलाई पनि अर्थ लगाउन कर लाग्यो । हामी दुईको झगडाले उग्ररुप लियो । संगै कामगर्ने साथीहरु हामीलाई सम्झाउन आउंथे । सानो कुरामै हामीबिच झगडा परेपनि यौटा कुरामा भने हामी समान रहेछौं । मलाई जस्तै उसलाई पनि अरुले सम्झाउन आएको मन नपर्ने रहेछ ।
बाकि आर्को पल्ट.............................................................?
बाकि आर्को पल्ट.............................................................?

No comments:
Post a Comment