काठमाडौं । मुनामदनका माध्यमबाट तत्कालीन नेपाली समाजलाई प्रस्तुत गरिएको खण्डकाव्य मुनामदनलाई काठमाडौंमा गीति नाटकका रुपमा प्रस्तुत गरिएको छ ।
नाटकको माहोलले राजधानी तातिरहेका बेला सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले ४२ औं वाषिर्कोत्सवको अवसरमा बिहीबारबाट एक महिनासम्मका लागि मुनामदन गीति नाटकको मञ्चन सुरु गरेको हो ।
शारदा सिलवाल, विजय मानन्धर, अञ्जु रञ्जित, रमेश केसी, सीता कार्की, माया थापा, मनोज जोशी, मिसन थापा, कामना सिलवाल र गोरन चौधरीले नाटकमा अभिनय गरेका छन् । नाटकलाई कला भूषण चन्द्रराज शर्माको संगीत तथा नारायण गोपाल, माणिकरत्न, तारा देवी, कमला श्रेष्ठ, भुवन चन्द, इन्द्रनारायण मानन्धर, गणेश रसिक, नवीन राईजस्ता गायकगायिकाको स्वरले झनै सुनमा सुगन्ध थपेको छ ।
Copy:- See more at: http://www.nepalsandesh.com/2014/06/21/93629#sthash.fge7FUwR.dpuf
No comments:
Post a Comment