Tuesday, June 17

गजल

  •  लीलाधर कोईराला
    मिति २०६८-०५-०६
बिच बाटो मा छोड्नु थियो मिठो मायाँ लायौ किन
मिठो मिठो सपना देखाइ मुटु मेरो लियौ किन

एक्लै हुँदा खुशी थियँ तिम्रो साथ न भए नि
दुई दिन को माया देखाई अहिले आँसु दियौ किन

नत अब भुल्न सक्छु नत सक्छु एक्लै बाँच्न
तिम्रो हुन्छु भनी मलाई झुटो मायाँ दियौ किन

केही छैन तिम्रै याद मा सधैं सधैं रोई दिउँला
त्यो मुटु मा अरु थियो त मलाई आशा दियौ किन

तिमी लाई मायाँ गर्दा आफु लाई नै बिर्सिदिय
जिबन भर दुखी रहने मुटु मा चोट दियौ किन

No comments: