म सायद बिरामी भएको थाहा पाएको यो देखि दोस्रो पल्ट भयो हाेलन । पोहाेर साल एक चोटि जन्डिस भएर खरिबोटमा (जो मेरो घर) मा गएपछि ठिक भएको थिए । तर यसपालि दरै भाईरशले नै आक्रमणा गरेको रहेछ की के हो। दिनमा १० चोटि भन्दा बढि चर्पि तिर बास पो हुन्न थाल्यो ।यसरि भएन भनेर आज गईयो बिर हस्पिटल । एकैछिन अगाडि सम्म साभारणा टिकटको लाईन थियो हामी पूगे पछि त स्पेशल टिकट काउन्टर पो खुल्छ । सायद हस्पिटले थाहा पायो होला यो मान्छे स्पेशल नै रहेछ भनेर । एके छिनको पखाई पछि भेट भयो एक जना कता तिरको भनै मलाई त नाम चाँहि याद भएन या गरिन त्यो मेरो गल्ति भयो माफ गर्नु होला । ए म कुरा कानीको अबसर मेरो परिचयबाट भयो ।
Tuesday, April 30
Wednesday, April 24
घरवेटीकी छोरी
घर कटा पर्यो बाबुहरुको ? घर नम्बर २४३ ‘मानन्धर निवास’ सानेपा हाईटमा भेटिएको एउटा घरमा बहालमा लगाउनका लागी कोठा भए पनि दिनुअघि सोधिहालीन् हुनेवाला घरबेटी आमैले । माेरग ? हत्तनपत्त मैले जवाफ दिए । मुखबाट झापा आईसकेको भएपनि थामेर बोले । झापा शब्दबाट आफैं त्रसित थिए म । सम्झे कोठा खोज्ने क्रममा २ दिन मात्र मैले भोग्नु परेको एउटा तितो यथार्थ । मनमा चिसो पस्यो । केही दिनदेखी कोठा खोज्ने क्रम जारी थियो । बानेश्वरको सेतोघर लाई देब्रै पार्दै छिरेका थियौं हामी झ्यालका पर्दा हेर्दै टोलका पसलेलाई सोध्दै । खरीबोट चोकबाट अगाडी बढेपछि संगम चौक आईपुग्यो । सुरेश र म ।गएका थियाै ।
महिलालाई खुसी राख्ने उपाय
भनिन्छ महिलालाई बुझ्न मुस्किल छ । उनीहरु कहिले खुसी हुन्छन् कहीले दुखी हुन्छन् त्यो थाहा पाउन कसैले सक्दैन । तर यदी केहि साना साना कुरालाई ध्यान दिने हो भने उनीहरुलाई खुसी राख्न सकिन्छ । महिलाको स्वभाव तथा उनीहरूलाई मन पर्ने चिजका बारेमा जानकारी राख्न सकेमात्र आफू ती महिलाको सबैभन्दा प्रिय प्रात्र बन्न सकिन्छ ।उनीहरूलाई यदी सही मौकामा न्यानो प्रेम गर्न सके उनीहरू निकै खुसी हुन्छन् । केही महिलाहरू आङ्खनो बारेमा राम्रो कुरा सुनेर पनि खुसि हुन्छन् । यस्तै यस्तै कुराहरू विचार गर्न सकेमा महिलालाई खुसी राख्न सकिन्छ । थाहा पाऔ केही यस्ता कुराहरु जसले महिलालाई खुसी राख्न तपाईलाई मद्त गर्छ
- सही समयमा महिलालाई न्यानो प्रेम गरे उनीहरू खुसी हुन सक्छन्
- कुनै महिलालाई तपाईको शरिरको तौल घट्दैछ र तपाई स्लिम हु“दै हुनुहुन्छ भनिदि“दा पनि खुसी हुन्छन् ।
- महिलालाई मन पर्ने आफन्तका लागी उपहार किनिदिने
- सहज र आरामदायक भित्री बस्त्र किनिदि“दा पनि उनीहरू खुसी हुन्छन् ।
- यदी कसैले राम्रो फूल उपहारमा दिए पनि उनीहरू खुसी हुन्छन्
- महिलाहरूस“ग गएर उनका लागी केही उपहार किनिदिने वा छानीदिने
- यदी महिलाले लिएको, लगाएको सामानलाई रामो भएको बताउ“दै त्यो सामान कहा“बाट लिएको भनी सोधे पनि उनीहरू खुसी हुन्छ ।
- यदी उनीहरू सपिङ गरेर फर्कने बेलामा खाना तयार भएको पाएमा पनि खुसी हुन्छन् ।
Thursday, April 18
कठैबरा ”म” भाग १
लीलाधर कोईराला
थाहा छैन कताबाट शुरु गरु यो लेख । बिषय गहन छ मेरो विचारमा । अधिकारबादीहरुको नजरमा वाइयात् लाग्न पनि सक्ला अहिले नै । तर लेख्नैपर्छ भन्ने कुरामा बल गर्ने सर्वोच्चको भर्खरै आएको एउटा फैसला “केटीले बलात्कार गर्नै सक्दैनन्” लाई साधुवाद ।
बिचरा कति मानसिक पीडा र दबाव झेल्दै हुर्कें म । तेतेताई ताई गर्दादेखि नै आमाले भन्नुहुन्थ्यो रे यो छोराको बिहे गरेर राम्री बुहारी ल्याईदिन्छु । यो भन्दा अर्को छोरा पाउँदिन घाम पनि एउटै जुन पनि एउटै मलाई नै मेरो यही एउटा छोरा भए काफी छ । अलिअलि हिँड्न र बोली फुट्न थालेदेखि नै बाले सिकाउनु हुन्थ्यो ”छोरा बहादुर बन्नुपर्छ कुटाई खाने हैन २–४ जनालाई कुटेर आउने हुन सक्नुपर्छ” मेरी आमा र मेरा बा को यही मार्ग दर्शनमा हुर्केको केटो म । उमेरले केटै भएपनि समस्या पीडा व्यवहारले कुनै पाको व्यक्ति भन्दा फरक छुईनँ म । प्रसंग मोडिएछ माफी चाहान्छु ।। सानैदेखि ”तिमी बोल्ड बन्नुपर्छ ।
Wednesday, April 17
तिमीले नसँम्झिदा माया, बेग्लै हुँदो रैछ
मोबाइलको सिङटोन बज्यो। मल्लिका कार्कीको स्वरको यो गीत पहिलो चोटि गोरखा बजार ति। सुनेको थिए। सुरुमै सुन्दा मन प¥यो। ल जा म पनि के कम, त्यहाँको म्युजिक पसर्ले साथीलाई पेनड्राइभमा कपी गर्न लागाए। एडब अडिसनमा अगाडिको म्युजिक काटिदिए अनि बनाइदिए सिङटोन। ब्लुटुथबाट मोबाइलमा सारी अनि सेट गरे सिङटोनको रूपमा। मोबाइल नर्मल प्रोफाइलमा भएको बेला जसको फोन वा मिस कल जे आए पनि यही बज्ने।यसो मोबाइलमै समय हेरे। रातको १ बजेको रहेछ। कलेज जान अलार्म बजेको हो कि भन्ने ठानेको, होइन रैछ। मिस्ड कल भनेर एउटा अज्ञात नम्बर देखे। ९८०६४..................... नम्बर थियो।
मेरो एनटिसीमा, पहिलेको मेरो मोबाइल अहिलेको एनसेलको अज्ञात नम्बर... कसको हो भन्ने याद भएन, निद्राले थिचेको थियो, पल्टिदिए। सिरानीमै रहेको मोबाइलमा एउटा म्यासेज आयाे। भन्ठाने, एनटिसीले मोबाइल वन वे भएको जानकारी दिन पठाएको म्यासेज होला। यो पोस्टपेड मोबाइल पनि झन्झटै हो, कतिबेला वन वे हुन्छ थाहा हुँदैन। यस्ता म्यासेज मलाई मोबाइलमै सेभ गरेर राख्न मन लाग्दैन। डिलिट गर्छु भनेर हेरेको त, त्यही मिस्ड कलवाला नम्बरबाट आएको म्यासेज रैछ ।आई एम वेटिङ यु इन फेसबुक।कहाँबाट कसले कुन नियतले पठाएको थियो, लेखिएको थिएन। मस्त निद्राले च्यापेका बेला अनलाइन? मैले नि रिप्लाई गरे ”आई एम स्लिपिङ हु आर यु आई कुडनट रिकग्नाइज यु। प्लिज गिभ मि टु स्लिप। गुड नाइट।”सेन्ड हुनुअघि नै डेलिभरी रिपोर्ट आयो, यो एनटिसी पनि गजबको छ। एक मिनेट पनि नहँुदै अर्को म्यासेज आयो, रोमन नेपालीमा, ”सुतेको मान्छेले कसरी रिप्लाई गर्छ म तिमीलाई फेसबुकमा वेट गरिरहेको छु। कम फास्ट न प्लिज” ममाथि ठूलै चुनौती थियो। फेरि उठे, पानी पिए, अलि अलि भोक लाग्न थालेको रैछ। साथीहरूले पेट लाग्यो भन्या भएर साँझमा भात खान छोडेको त बिहान उठ्दा पेटभर मुसा दौडिने। सुत्त्ने खाटको साइडको सानो टेबलमा रारा चाउचाउ रैछ, खोले अनि खान थाल । म्यासेज रिप्लाई गरिन। एनसेलमा रिप्लाई गर्दा झन्डै ३ रुपैया काट्छ। बडो पैसा बचाउनेजस्तो गर।

यतिन्जेल निद्रा भागिसकेको थियो। ल्यापटप ताने अनि खोले। मेरो एक्लो जीवनमा साथी भनेकै यही ल्यापटप त हो। धेरै समयको सपना साँचेर किनेको ल्यापटप। अहिलेसम्म जीवनमा आङ्खनै कमाइबाट किनेको सबैभन्दा महँगो बस्तु। निकै माया लाग्छ अनि कहिलेकाही ”ल्यापी” भन्छु। अफिसमा साथीहरूले जिस्काउँछन्, ”के हो मुकु, ब्यागभित्र गर्लङ्खरेन्ड हो” गर्लङ्खरेन्डले यति साथ दिन्थिन् या दिन्नथिनन्, थाहा भएन तर यसले हरपल हरक्षण केही गुनासो नगरी साथ दिइरहेको छ। अँ साँच्ची, ल्यापटप खुल्यो, इन्टरनेटको तार जोडे। एकछिनमा याहु, जिटक, स्काइप सबैमा साइन इन भयो । सर्सर्ती हेर, विदेशी साथीहरू मात्र अनलाइन रैछन्। अनि साइन आउट गर। गुगल क्रोरोममा फेसबुक टाइप गरे अनि कन्ट्रोल इन्टर हाने। डब्लुडब्लुडब्लु र डटकम टाइप गर्न छाडेको निकै भयो। साइटको नाम टाइप ग¥यो अनि कन्ट्रोल इन्टर। एकछिनमै फेसबुक खुल्यो। अनलाइनमा केही फेसबुक फ्रेरेन्ड थिए, तर कोही पनि निकै परिचित लागेन। साथीहरूको स्टाटसमा जेपिटी कमेन्ट लेख्दै थिए। च्याट बक्समा रोमनमा ”मलाई थाहा थियो, तिमी अनलाइन आउँछौ भनेर” भन्ने म्यासेज आयो। स्टाइलिस फन्टमा प्रतिक्षा लेखिएको मान्छेले मलाई म्यासेज पठाएको रहेछ। खासै चिनेजस्तो लागेन। मैले रिप्लाई गरिन अझ भनौं यति छिटो रिप्लाई गर्न चाहिन। फेरि अर्को म्यासेज आयो, ”स्विट ब्वाय, विद होम आर यु बिजी स्विट ब्वाय, यो शब्दले कता कता तरंग ल्यायो। फेरि अर्को वाक्य थपियो च्याट बक्समा, ”सो सरी फर डिस्टबिर्ङ यु एट मिडनाइट। आई कुडनट स्लिप विदाउट टकिङ विद यु... हिहि।” मलाई पारो छुट्यो। कुनचैं केटाले मलाई मुर्गा बनाउन नक्कली आइडीबाट यस्तो गरायो भन्ने सोचे। तैपनि टाइप गरे, ”म्याडम, हु आर यु, आई डन्ट गेट यु। एन्ड हाउ डिड यु गेट माई नम्बर?” एकैपटकमा यी सबै टाइप गरी इन्टर थिचे। मलाई सबैभन्दा ठूलो जिज्ञासा मैले नचिनेको व्यक्तिले मेरो मोबाइल नम्बर कसरी पायो भन्ने थियो। अफिसको भिजिटिङ कार्डमा पनि मोबाइल नम्बर छैन। मैले सार्वजनिक स्थानमा पनि मोबाइल नम्बर लेख्ने गरेको छैन। बरु इमेल एड्रेस छयापछयाप्ती लेख्छु। सजिलो छ, रिस उठ्यो वा चित्त बुझेन भने स्पाममा लगेर ठेल्दियो। अनि टन्टा साफ।
”म्याडम? आई एम नट म्याडम, एम मिस, सर। अन्डरस्टुड? लोल.... बाई द वे, यु विल नो मी सुन, बट आई नो यु भेरी वेल।” सायद मैले सँगै स्कुल पढेको कोही हुनुपर्छ भन्ने सोच किनभने उनीहरूको नियमित सम्पर्कमा नआएको धेरै भएको थियो। सम्भवतः मेरोबारे धेरै थाहा तिनै साथीहरूलाई हुन सक्छ। अनि अलिक सङ्खट भएर कुरा गरे। कुरा गर्दै गए, उसले मेरो तीनपुस्ते विवरण लेखी। मेरो घर, क्याम्पस, अफिस, इन्ट्रेस्ट, आदि। म छक्क परे। उसको प्रोफाइल पिक्चरहेरू भनेको पनि एउटा गुलाबको फूलको तस्बिर मात्र छ। अरू तस्बिर थिएनन्। एक मनले यो पात्रलाई फेसबुकको ङ्खरेन्ड्स लिस्टबाट हटाउन भन्यो तर अर्को मनले मेरो बारे सबै थाहा भएकालाई किन हटाउनु भन्यो।
च्याट गर्दागर्दै ४ बजेछ। यो पहिलो च्याटमा उसले नै धेरै लेखी, मैले निकै कम लेखे। बीचबीचमा निद्रा लागेन भनेर सोध्याे ता कि ऊ सुतोस् अनि म पनि सुत्न पाउँ । बिहान ६ बजे क्लास जानुपर्ने सम्झे।करिब सवा १ देखि ४ बजेसम्म झन्डै ३ घन्टाबीच मैले प्रतिक्षाका धेरै कुरा सुन। मैले उनलाई मेरो मोबाइल नम्बर कहाँबाट थाहा पाएको भनेर सोध तर उनले ”चाह्यो भने जे पनि पत्ता लगाउन सकिन्छ, मोबाइल नम्बर त के हो र” भनिन् अनि कुरा मोडिन्। उनका उट्पट्याङ गफ मलाई रमाइलो त लागिरहेको थियो। तैपनि दिक्क मानेको बहाना गर्दै मैले टाइप गरे, ”नाव आई वान्ट टु स्लिप, गुड नाइट, बाई” अनि उनको रिप्लाई नकुरी फेसबुक च्याटबाट अफलाइन भए। निद्रा लाग्यो भनेर अफलाइन भए पनि मलाई खासै निद्रा लागेको थिएन। हाइहाइ गरिरहेकै थिए। मेरो मनमा यो प्रतिक्षा भन्ने केटी को होली भन्ने लागिरह्यो। फ्रेरेन्ड्स लिस्टमा प्रतिक्षालाई खोजे अनि प्रोफाइलमा गए । अचम्म, उनको फ्रेरेन्ड्स लिस्टमा म मात्र रहेछु अर्थात उनको फेसबुक फ्रेरेन्ड्स म मात्र रहेछु। फेसबुक वालमा मात्र एउटा स्टाटस थियो, ”वेटिङ फर यु।” अरू केही थिएन। झनै अचम्म परे । फेसबुक इनबक्समा एउटा म्यासेज आयो। म्यासेज उनकै थियो, ”मध्यरातमा अनलाइन आएकोमा कृतज्ञता र डिस्टर्ब गरेकोमा सरी। आउँदो बेलुकी ९ बजेतिर अनलाइन आउन अनुरोध। रिप्लाई गर्न जाँगर चलेन। कसले मलाई यसरी चाटिरहेको छ, मेरो शंका झन् बढ्यो। बेलुकी ८ बजे नै इन्टरनेटमा जोडिए। स्काइप, जिटक, याहु, एमएसएन, फेसबुक सबैमा एकैपटक लगइन गरे। गत महिना पोखरा जाँदा खिचेको कलर पिक्चरलाई फोटोसपमा ब्ल्याक एन्ड ह्वाइट गराए अनि फेसबुकमा नयाँ प्रोफाइल पिक्चरको रूपमा अपलोड गरे। क्याप्सन लेखे ( ब्ल्याक एन्ड ह्वाइट लाइफको ब्ल्याक एन्ड ह्वाइट पिक्चर। तुरुन्त इनबक्समा उही पात्रको म्यासेज आयो, ”कसरी बिडब्लु लाइफ” मैले स्पटीकरण दिनु जरुरी ठानिन, त्यसैले रिप्लाई पनि गरिन। यतिन्जेल म फेसबुक च्याटमा अफलाइन थिए, अनलाइन भइदिए। अनलाइन हुनासाथ उही पात्रको म्यासेज। यो फेसबुकमा इन्टििभिटजिबल अप्सन पनि हुनु नि कम्तिमा आफूलाई च्याट गर्न मन नलागेकासँग त लुक्न सकिन्छ।
केही शंका, धेरै खुल्दुली, त्यो साँझ पनि निकैबेर अनलाइनमा गफिएछु। भोक लाग्न थालेपछि पो थाहा भयो। अफिसबाट फर्केपछि मेरा परममित्रहरू वनकाइलो र नारायणसँग भृकुटीमण्डपमा खाएको एक गिलास चिया र एउटा स्लाइस केकले यतिन्जेल थेगिरहेको थियो। भात के पकाउन थाल्नु, रोटी पकाउनु त झन् अल्छी लाग्ने। फेरि उही रारा चाउचाउ। ल्यापटपमा समय हेरे, ११ बजिसकेछ। ”म सुत्छु। मलाई निद्रा लाग्यो। तपाईंले मलाई हिजो पनि सुत्न दिनुभएन। गुड नाइट। बाई” यति लेखेर म्यासेज गरे अनि प्रत्युत्तर नकुरी अफलाइन भए। अब त साँझ परेपछि अनलाइनमा प्रतिक्षाकै प्रतिक्षामा। एउटा अनलाइन नसा। यस्तै क्रम केही दिन चलिरह्यो। च्याटका टपिक लाइफ, स्टडी, लभ, अनलाइन, प्रोफाइल पिक्चर अनि कहिलेकाही पोल्टिक्स र ट्राभल। बिस्तारै बिस्तारै थाहै नपाई धेरै कुरा सेयर भएछन् र उनीसँग निकै खुल्न थालेछु। तर यतिन्जेल पनि मैले उनलाई चिन्न भने सकेको थिइन। उनका बारे जति सोधे पनि उनले ”म तिमीलाई छिटो भेट्न चाहन्छु, त्यो बेला तिमीले मलाई देख्नासाथ चिन्नेछौ” भन्थिन्। अब म उनलाई भेट्न व्यग्य्र थिए। उनले नै भेटको प्रस्ताव राखुन् भन्ने चाहन्थ । केही दिन कुरे । एक दिन आफैं सोधे । तिमी भन्न अप्ठेरो लाग्यो। ”ह्वेन विल यु मिट मी” तिमी या तपाईं, के भनेर सम्बोधन गरू । भन्ने लागिरहेका बेला अंग्रेजीमा लेखिदिए। उताबाट रिप्लाई आयो ”एज यु विस, स्विट ब्वाय। मैले आउँदो शनिबारका लागि प्रस्ताव गरे भने स्थान र समय छान्ने जिम्मा उनलाई दिए। तुरुन्त उनले टाइप गरिन्, ”बानेश्वर बेकरी क्याफे एट फाइभ। आई विल वि इन ग्रिन टिसर्ट एन्ड ब्ल्याक जिन्स।”
आज मंगलबार, शनिबार आउन अरू ४ रात छ। एक मनले त ढिलो लाग्यो, अर्को मनले शनिबारको दिन नुवाइधुवाइ सकाएर एकछिन साथीहरूसँग गफ लडाएर जान पाइन्छ भन्ने सोच । अनि मैले ”डन” लेखे र उताबाट पनि उही प्रतिउत्तर आयो। गफ गर्दागर्दै ११ बजिसकेको थियो। प्रतिक्षासँग अनलाइन गफ गर्न लागेपछि मेरो साँझको खाने बानीमा परिवर्तन आएको थियो। खानाभन्दा महत्वपूण हुनथाल्याे । उनीसगँको गफ लाग्न थालेको थियो। भोकलाई जिते पनि निद्रालाई जित्न सकेको थिइन । ”म सुतु ” मैले अनायास कुनै भूमिकाबिना सुत्ने अनुमति माग । पहिले पहिले त गफ गर्दागर्दै सिधै अफलाइन भइदिन्थे “तर अचेल चाहेर पनि त्यति निस्ठुरी हुन सक्दिन। ”निदा्र लाग्यो” उताबाट रिप्लाई आयो। मैले नि लेखे, ”अहँ लागेन, हजुरसँग च्याट गर्दा त निद्रा नि भाग्दो रैछ,” मैले नि सटायर हाने। ”मी टु,” उनले कुरा सिधै बुझे जसरी भनिन्। अनि मैले लेखे, ”आई एम फिलिङ भेरी स्लिपी। भोलि ६ बजे कलेज जानु छ। सो, म सुते है गुड नाइट।” म उसको गुड नाइटको अक्षर सन्देशको प प्रतिक्षामा थिए , उसले प्रसंग एक्कासि मोडी र सोधी, ”कलेजमा कत्तिको लाइन मारिन्छ?” मैले नि सहज उत्तर दिए, ”साउनको महिना हरियाली छ। लाइन त मादिनँ भन्दा नि मारिहालिन्छ।” उनले हरियालीको अर्थ बुझिनछन् क्यारे, प्रस्ट पार्न भनिन्। ”साउनको महिनामा हातभरि हरियो चुरा देखिन्छ जहीँतहीँ, त्यसैले हरियाली,” रिप्लाई गरेँ अनि ”आई वान्ट टु स्लिप, बाई” लेखे । उनको रिप्लाई नकुरी अफलाइन भए र ल्यापटप बन्द गरे।
शनिबारको प्रतिक्षा थियो। बीचका बाँकी दिनमा खासै लामा अनलाइन वार्तालाप भएनन्। म धेरै रातिसम्म अनलाइन बस्न छाडे किनभने मलाई अलिअलि ज्वरो आउन थालेको थियो। भोलिपल्ट अर्थात बुधबार, अगस्ट ११ को साँझ फेसबुकमा स्टाटस अपडेट गरे, ”फाइनली, ज्वरो आएछ।” उनले तुरुन्त इनबक्समा म्यासेज पठाइन्, ”के भयो, स्विट ब्वाय? किन ज्वरो? कि मसँग गफ गर्दागर्दा हो? मलाई त डर पो लाग्न थाल्यो, मसँग कुरा मात्र गर्दा त ज्वरो आयो, भेटेपछि त झन्...” डटडटमै कुरा टुंग्याइन्। टेक केयर या यस्तैको आशा थियो तर उनले त्यसो लेखिनन्। रिप्लाई गर्नु पनि जरुरी ठानिनँ । त्यसपछि म अनलाइन बसिन किनभने मैले रेस्ट गर्नु थियो। त्यसैले, बेलुकी ९ बजे नै सुतिसक्थेँ। बुधबारबाट आउन थालेको ज्वरो वर्षायामको पानीजस्तै कहिले कम, कहिले बढी गर्दै गयो ज्वरो । शनिबारसम्म म ज्वरोले निकै गलिसकेको थियो । ब्लड, युरिन टेस्ट गराउँदा केही देखिएको थिएन। डाक्टरले प्यारासिटामोल मात्र प्रेस्क्राइब गरेको थियो। यसले ज्वरो निकै बिस्तारै घट्दै थियो, २ दिनमा १ डिग््ररी मात्र। त्यसैले आइतबार प्रतिक्षासँग भेट्न जान सक्ने शारीरिक हैसियत मसँग थिएन। शनिबार बेलुकी एकैछिन फेसबुक खोल्न ल्यापटप अन गरे। प्रतिक्षाको म्यासेज व्यग्रतासाथ प्रतिक्षा गरिरहेको थिए। अचम्म, मेरो इनबक्समा उनको एउटा पनि म्यासेज देखिन। त्यसपछि, म आफैं नेपाली अग्रेजीमा उनलाई म्यासेज टाइप गर्न लागे प्रतिक्षा, आज मैले बडो प्रतिक्षाका साथ फेसबुक खोलेको थिए, तर म्यासेज देखिन। अचम्म लाग्यो। हाउ आर यु? इज एभ्रिथिङ ओके? ह्वेन यु गेट दिस म्यासेज, प्लिज राइट ब्याक टु मी। अनि म भोलि बानेश्वर आउन सक्दिन कज माई फिवर इज स्टिल हन्ड्रेड सरी। टेक केयर।” त्यो साँझ मैले कम्प्युटरमा फेसबुक खोलिन। मोबाइलमा भने बेलाबेलामा चेक गरिरहन्थे, कतै उनको म्यासेज आउँछ कि भनेर। आइतबार दिउँसोसम्म म्यासेज कुर्दाकुर्दा मेरो धैर्यको बाँध टुट्यो र मोबाइलको म्यासेज इनबक्समा गएर उनले पठाएको म्यासेज खोज अनि पहिले म्यासेज लेखे, ”हेल्लो, हाउ आर यु? इज एभ्रिथिङ ओके? टुडे आई वन्ट कम बानेश्वर कज माई फिवर इज स्टिल हन्ड्रेड सरी। सरी। टेक केयर। बाई” म्यासेज सेन्ड गर, डेलिभरी रिपोर्ट आएन। एकछिन कुरे, अब अति भएपछि त्यो नम्बरमा फोन डायल गरे। ”सरी, द इनकमिङ कल्स आर ब्लक्ड फर दिस नम्बर।”
न फेसबुक म्यासेजको रिप्लाइ, न एसएमएसको, न फोनकल। मलाई झन् बिरामी महसुस भयो। राति सुत्ने बेला सिरानीनेरको थर्मोमिटर तानेर ज्वरो नापे, पुगेछ( १०४। १०४ को ज्वरो घटेर ९८.६ मा झरिसक्यो तर मैले पठाएको एसएमएसको डेलिभरी रिपोर्ट अझै आएन, न त मैले फेसबुकमा पठाएको त्यो अन्तिम म्यासेजको रिप्लाई आयो। अझै फेसबुकमा अनलाइन भएको बेला हेरिरहन्छु कतै ती पात्र अनलाइन देखिन्छिन् कि ।
Monday, April 15
बसभित्र चेलिवेटी बेचविखनका कुरा ....
लीलाधर कोईराला
२
डिसेम्बर २०१२, अर्थात गएको मंसिर १७ गते आईतबार । दिनको करिब २ बजे ।
कैलालीको चिसापानीमा रोकिएको ना ४ ख ६४९ नम्बरको महेन्द्रनगरबाट नेपालगंज
हिँडेको बागेश्वरी यातायातको बसमा २ ब्यक्ति चढे । बसमा सुदुरपश्चिमेली
लोकगित घन्कीरहेको थियो । त्यो बन्द भयो । सबै यात्रुहरुलाई एउटा सुचना
भन्नुछ भनेर ध्यान केन्द्रित गरे । बसभित्रका करिब ३० यात्रु अलमल र
आश्चर्यमा परे, बसभित्र चढेर यिनीहरुले के
सूचना भन्न लागे भनेर । एकछिन् गाईंगुईं चल्यो, कतै अगाडी बाटो बन्द त
छैन् ? कि चन्दा माग्ने हुन कि ? सवैजना आ- आफ्नै अडकल काटन थाले ।
त्यत्तिकैमा ती २ जना मध्ये एकजनाबाट सूचना आयो, ‘हामी नेपालगंजसम्मको
यात्रामा अबको केही क्षणमा एउटा आधाघंटाको रेडियो कार्यक्रम सुनाउँछौं,
सुन्नुहोला र त्यसपछि तपाईंलाई कस्तो लाग्छ, के बुझ्नभयो ? तपाईंहरुको
प्रतिक्रिया लिनेछौं ।’ यत्ति सूचना पाएपछि बसका यात्रु ढुक्क र उत्साहित
भए । अनि सधैं गित सुनेर हिंडिरहेको बसमा रेडियो कार्यक्रम सुनाएर छलफल
गर्ने भनेको सुन्दा केही चाहीँ आश्चर्यचकित पनि भैरहेका थिए ।
एकैछिनमा
शुरुभयो रेडियो कार्यक्रम ‘सहमति’ । कार्यक्रमको छैठौं अंक थियो यो । त्यो
अंकमा मानव वेचविखन अन्र्तगत चेलिवेटी वेचविखनको बारेमा बिभिन्न
सामग्रीहरु सुनाईएको थियो । आधाघंटाको सो कार्यक्रममा वेचविखनमा परेर
फर्किएकी एक महिलालाई समाजमा पुर्नस्थापना हुन् परेको समस्या, मानव
वेचविखनका कारण र रोकथामका उपाय लगायतका बिषयमा सुनाईएको थियो ।
कार्यक्रम बसभित्रै बजिसकेपछि बसका यात्रुसंग छलफल शुरु भयो । सुर्खेत घर
भै हाल उपचारको लागी धनगढीबाट नेपालगंज गैरहनुभएका हर्कवहादुर बडुवालले
आफ्नो जिवनमा पहिलोपटक यसरी बसभित्र रेडियो कार्यक्रम सुनाएर छलफल गर्ने
समुह भेट भएकोमा खुशी ब्यक्त गर्नुभयो ।
चुहा ६ गुलरा कैलालीकि
मात्रिका उपाध्याय कैलाली बाट कोहलपुरसम्मको यात्रामा हुनुहन्थ्यो ।
कार्यक्रम सुनिसकेपछि वहाँलाई लाग्यो, ‘यात्राको क्रममा थरीथरीका मान्छेहरु
हुन्छन् । कतिपय दलालहरुले यसैगरी बसमा चढाएरपनि चेलिवेटी ओसारपसार तथा
बेचविखन गरिरहेका हुन्छन् । यस्ता खालका कार्यक्रम यात्राको दौरानमा
गर्नाले तिनिहरु झस्कीन्छन् र चेलिवेटी वेचविखन बिरुद्ध सचेतना फैलाउन
मद्धत मिल्छ ।’
नेपालगंज धनगढीबाट नेपालगंज घर फिर्दै गर्नुभएकी गृहणी
भावरा शाह एकटकले कार्यक्रम सुनिरहनुभयो र सकिईसकेपछि वहाँ
भन्दैहुनुहुन्थ्यो ‘रेडियोको पहुँच धेरैमा भएकाले यस्तो कार्यक्रमले
अत्यन्त राम्रो प्रभाब पर्छ र त्यो संगसंगै यो खालको बस क्याम्पियनले हरेक
बर्गका यात्रु श्रोतालाई समेटने भएकाले झनै प्रभावकारी हुन्छ ।’
यात्राकै क्रममा बसभित्र लम्की बाट कोहलपुर सम्म हिँडनुभएका मिना खत्रीपनि
हुनुहुन्थ्यो । बसमा रेडियो कार्यक्रम सुनिसकेपछि वहाँको प्रतिक्रिया थियो,
‘अशिक्षा, गरिवी र चेतनाको अभावको कारण चेलिवेटीहरु बेचबिखनमा
परिरहेकाछन्, सचेतनाका यस्ता कार्यक्रमले ती तिनैकुरा चिर्नका लागी
सहयोगीको भुमिका खेल्छ यस्तो खालको अभियान ब्यापक बनाउनुपर्छ ।’
नेपालगंजमा बसेर अध्ययन गरिरहनुभएका दिनेश रोकाया समेत यात्रामा भेटिनुभयो ।
यात्राकै क्रममा कार्यक्रम सहमति सुनिसकेपछि वहाँ भन्दैहुनुहुन्थ्यो,
‘पहिलोपटक गाडीमा कार्यक्रम सुनेर छलफल गर्न पाएँ । एकदमै राम्रो प्रभाब
पर्छ । हामीले सुन्यौं अब हामीले सुनेको कुरा अरुलाई सुनाउँछौं बुझाउँछौं ।
अनि उनीहरुले पनि अरुलाई सम्झाउन सक्छन् ।’
यात्राको दौरान चेलिवेटी वेचविखन बिरुद्धको कार्यक्रम सुन्नुभएका धनगढीका टिकाराम उपाध्याय लाई यो हिंसा हो भन्ने थाहा थियो । तर यसलाई दासता
भित्र राखेर परिभाषित गर्न सक्ने बनायो यात्रा–सुनाईले । वहाँ
भन्दैहुनुहुन्थ्यो, ‘यसले जनचेतना फैलाउँछ, प्रभाब पार्छ । एकदमै राम्रो
लाग्यो । यस्ता हिंसाको बिरुद्धमा बोल्नका लागी ब्यक्तिबाटै शुरु गर्नुपर्छ
।’
आधाघंटाको रेडियो कार्यक्रम सुनिसकेपछि बसभित्रका ३० भन्दा बढी
यात्रुले यसलाई सकरात्मक पहलको शुरुवातको संज्ञादिँदै यस्ता खालका सचेतनाका
अभियानहरु ब्यापक रुपमा संचालन गर्नको लागी आयोजकलाई सुझाब दिए ।
इक्वल एक्सेस नेपालको संयोजन तथा शुक्लाफाँटा एफ एम कंचनपुरको उत्पादनमा
पश्चिमान्चल, मध्यपश्चिमान्चल तथा सुदुरपश्चिमका ६ वटा स्थानिय रेडियो
शुक्लाफाँटा एफ एम कंचनपुर, रेडियो कृष्णसार बाँके, रेडियो भेरी आवाज
बाँके, रेडियो हाईवे दाङ र रेडियो कपिलवस्तु कपिलबस्तुले प्रशारण गरिरहेको
रेडियो कार्यक्रम ‘सहमति’ को एउटा अंकलाई बस क्याम्पियन अन्र्तगत यात्राका
यात्रीहरुलाई सुनाएर छलफल गरिएको थियो । रेडियो कार्यक्रम सहमति
कमलरी,कमैया,महिलाहिंसा,बेचविखन लगायतका दासता एवं दासत्वका सवाल बिरुद्ध जनचेतना फैलाउने उदेश्यले संचालन गरिएको आयोजक ले वताएका छन् ।
यौन संग सम्बन्धित किताबहरू पढ्नमा महिलाहरू धेरै मन पराउँदछन्
यौन संग सम्बन्धित किताबहरू पढ्नमा
महिलाहरू धेरै मन पराउँदछन् । यसमा पनि बिशेषगरि प्रौढ उमेरका महिलाहरू
बिशेष रूची राख्ने देखिएको छ ।मोस्चराइजर ब्रेन्ड अस्टल द्वारा ब्रिटेनमा
गराइएको एक सर्भेका अनुसार ४० देखि ५० बर्षका ३५ प्रतिशत महिलाहरू यौन जन्य
सामाग्रीहरू पढन मन पराउने देखिएको छ । यसैगरि ३५ प्रतिशतनै महिलाहरू
रोमाञ्चक कथाहरू पढन मन पराउँदछन् ।त्यसैगरि, दुइ तिहाई महिलाहरू मात्र
केही रोमाञ्चक दृश्य हेर्नका लागी किताब
लिने गर्दछन् । अर्थात जनसंख्याको आधा प्रतिशत महिलाहरू मात्र यौनजन्य
सामाग्रीहरूका किताब पढ्ने गर्दछन् ।१० प्रतिशत महिलाहरू मात्र किताबमा
यौनको चित्र हेर्दछन् । ३३ प्रतिशत महिलाहरू अपराध तथा रहस्यमय किताबहरू
पढ्ने गर्दछन् । केही महिलाहरू मात्र खानपनिका किताबहरू अध्ययन गर्ने
गर्दछन् ।
प्रेम
भूकने कुकुर भुकी रहन्छ!!
टोक्ने कुकुर सुती रहन्छ!
जहाँ केरा तेहा मदीसे को डेरा!!
कलीउडको जात्रा तिग्रा को बयापार!!
तरुनी हुदा सय वोटा पोइ!
मर्ने बेलामा कोहीन कोइ!!
जेठी बुढी को राम्रो कुरा तीतो!
कान्छी को झाटारो नै मीठो!!
दारी हेरी सेव गर्नु!
आनुहार हेरी प्रेम गर्नु!
टोक्ने कुकुर सुती रहन्छ!
जहाँ केरा तेहा मदीसे को डेरा!!
कलीउडको जात्रा तिग्रा को बयापार!!
तरुनी हुदा सय वोटा पोइ!
मर्ने बेलामा कोहीन कोइ!!
जेठी बुढी को राम्रो कुरा तीतो!
कान्छी को झाटारो नै मीठो!!
दारी हेरी सेव गर्नु!
आनुहार हेरी प्रेम गर्नु!
पुरुषहरु सम्बन्धमा हुँदा कस्तो व्यवहार गर्छन्
पुरुषहरु सम्बन्धमा निकै सिरियस हुन्छन् त्यसकारण धेरै पोजेसिभ हुने गर्दछन् ।तीन वर्षभन्दा बढि सम्बन्धमा परिसकेको पुरुषका लागि आफ्नी प्रेमीकासँग ब्रेकअप पछि पनि टाढा बस्न निकै गाह्रो हुन्छ ।
प्रेममा धोका, मनपराएको व्यक्तिबाट नकारात्मक व्यवहारजस्ता कुराहरु सहन नगरि पुरुषहरु परिपक्क हुँदैनन् ।केहि नराम्रो घटना भएमा पुरुषहरु त्यसको दोषी आफैंलाई नै मान्ने गर्दछन् ।पुरुषहरुमा परिवर्तनको लागि तिब्र चाहना हुछ ।साथीहरुको समूहमा पुरुषहरु बाघ हुन्छन् भने आफ्नी प्रमिकाको साथमा घरमा पालिएको बिरालो ।यदि पुरुषहरु ठिक भएजस्तो देखाइरहेका छन् भने कतै उनी पसिनाले भिजेको छन् कि छैनन् हेर्नुहोस् । उनी नर्भस भएको तपाईंले देख्नुहुनेछ ।यदि तपाईंले पुरुषले तपाईंलाई एक्लै छोडिदेऊ भन्नुहुन्छ भने उनले भित्रदेखि भनिरहेका हुन्छन्, ‘प्लिज आऊ र मेरो कुरा सुन ।’
यदि कसैले माया गरेमा भने उनमा भएको राम्रो पक्ष बाहिर निकाल्नुहोस् ।
यदि पुरुषले सिरियस भएर कुरा गरेमा ध्यान दिएर सुन्नुहोस् ।
यदि पुरुष चुप लागेर बसेमा केहि बोल्नुहोस् ।पुरुषलाई महिलाले मन पराउने कुरा चाँडै नै थाहा होला तर महिलाले नभनेसम्म पक्का हुँदैनन् त्यसैले महिलाहरुले नै पहिलो पाइला चाल्दा राम्रो होला ।महिलाहरुले रोमान्टिक नोभल र मेकअपमा समय बर्बाद गरेजस्तै पुरुषहरुले पनि भिडियो गेम र बास्केटबलमा समय बर्बाद गर्छन् ।पुरुषलाई खाना बनाउन आउने महिला मनपर्छ ।आफ्नो आमाजस्तै आफ्नी श्रीमती होस् भन्ने चाहना धेरै पुरुष
मान्छेको रुची
मान्छेको रुची पनि अचम्म अचम्मका हुन्छन् ।
कसैलाई के मन पर्ने, कसैले कस्तो चाहाने । यसै बिषयमा एउटा अनौठो र नयाँ
सर्वेक्षण भएको छ । बेलायतका मानिसहरूको यौन चाहाना बारेमा समय समयमा
बिभिन्न सर्वेक्षणहरू भइरहन्छन । अहिले भर्खरै भएको एक सर्वेक्षणमा
बेलायतका ५५ प्रतिशत भन्दा बढी महिलाहरू यौनका समय पुरा नग्न हुन चाहाँदैनन
। यस सर्वेक्षणमाबाट ५५ प्रतिशत भन्दा बढी महिलाहरूलाई यौनका समय कुनै न
कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला परेको छ ।
अझ ४४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ । महिलाहरूका अनुसार उनीहरूले यौनका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौन गर्ने गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौन गर्न मनपराउने तथा ३७ प्रतिशत उज्यालोमा यौन गर्न मन पराउने तथ्य फेला परेको छ ।

फेसबुक
फेसबुक सामाजिक सञ्जाल मात्र नभएर हाम्रो जिवनको
दैनिकी नै बनिसकेको छ। सामाजिक सञ्जालका रुपमा नेपालमा सबैभन्दा लोकप्रिय
मात्र होइन धेरै इन्टरनेट र मोबाइल चलाउनेका लागि इन्टरनेट भनेको नै फेसबुक
हो। यो एउटा वेबसाइट मात्र सामाजिक मञ्च बनिसकेको छ। जसमा राजनीति र
समाजका विभिन्न पक्षमा वादविवाद भइरहेको छ। यहाँ व्यक्त भएका आवाजहरु चर्का
सुनिन थालेका छन्। आमसञ्चारका माध्यमहरुमा समाचार बन्ने भइसकेको नेपालमा पनि
फेसबुक गतिविधि। प्रधानमन्त्रीले समेत फेसबुक चलाउनेलाई आफ्नो सम्बोधनमा
नछुटाउने अवस्था बनेको छ। नेपाली जनजिवनमा घुलमिल भइसकेको यो सामाजिक
सञ्जालमा अनेकन पेजहरु बनाइएका छन्। कुनै चुटकीलाका लागि त कुनै अश्लिल
हर्कतका लागि पनि। व्यवसाय गर्नेहरुले आफ्नो प्रतिस्ठान वा वेबसाइटको पेज
लाइक गर्नेको संख्या देखाएर आफ्नो ब्राण्ड स्थापित गराउन खोजिरहेका छन्।
त्यसैले मायाँ नगर मायाँमा विछोड हुनु पर्छ
प्रेम पत्र
मनव जिवन अत्यन्तै छोटो छ । यो सबैलाई थाहा भएकै कुरा हो । यति छोटो
जिवनमा विछोडिएर बस्नुको पिडा विछोडमा जीन्दगी विताउनेहरुलाई मात्रा थाहा
हुन्छ । यसै छोटो जीन्दगीको भविश्य काहनिलाई म एउटा सेतो कागजमा उतार्न
बाध्य छु । र मेरो भरोसामा बस्नेहरुलाई तलका शब्दहरुबाट अपिल गर्न चाहन्छु !
म मरिहाँले भने बार्दलिको झ्याल खुल्लै राख्नु झ्याल ढोका बन्द पारि भित्र पिर गरेर नबस्नु बाहिरको रमाइलो ससांर कुर्नु । सम्झनात केबल एक थोप अाँसु भई बिलाउछ । यो जीवन त आगो र धुवाँ भै उड्दछ । त्यसैले भोक भोकै नबस्नु कसैले खाएको देखी हाल्यौ भने खानु पर्छ भनेर सम्झनु । काम छाडे माम पाईदेैन कसैले काम गरिरहेको देख्यौ भने उसले तिमिलाई पनि काम गर्नु पर्छ भन्ने थाहा गराउल !!
म मरेँ भने बार्दलिको झ्याल खुल्लै राख्दा जसरी एक ठाँउबाट अर्को ठाँउमा जाँदा आफ्ना प्रिय जनहरुबाट बिदा मागिन्छ । हिड्नु भन्दा पहिले चिन्ता नगर्नु जीवन भनेको एक यात्रा हो । कहि कतै ठोकिएर कारउन पनि सकिन्छ । आनि बिलाउन पनि हाड र मासुको संगम हो तिम्रो जीवन , तिमी खेलौना हौ, यसैले अरु कसैले तिमीलाई खेलाउने प्रयास गर्ला !!!
अाँखाको कोष भरि गाजलका लप्का पोती अनि ति सुन्दर कोमल आनि निस्वार्थि ओठमा हल्का लिविस्टीकको घेरा लगाई मन्द मुस्कन छोड्ढा तिम्रो त्यो पुष्ट शरिरको बासनाले तिम्रो हातको त्यो रातो फुल मैले भुइमा खस्न दिइन् । शयाद मेरो त्यो भुल थियो ,गुलाफकको फुललाई प्रेम सम्झनु , मुर्खर्ता थियो तर तिम्रो अहमता र घमण्डलाई म तिरस्कार गर्दिन त्यो तिम्रो बाध्यता थियो । तर अवचेतन मन र नासिएको शरिर लिएर यो सारा ब्रामाहण्डमा म अफ्नो हात किसाँइ तिमिलाई प्रेम गर्छु । तर क्षितिजले तिमिलाई ब्यथै लुकाउछ । म केटी सुन्यतामा हराउछु उजाड मरुभुमीमा छटपटाउछु तर मेरो बेदना असार साउनको भेल बाढी झै अनायासै सुकिदिन्छ । म रुन्छु कराउछु आनि फेरी त्यो ठुलो आकाशलाई नियाल्छु त्यहाँका ताराले मलाई हेर्दाै तिम्रा आँखाले हेरे जस्तो लाग्छ । अनि त्यो डाँडा पारिको चौतारीमा बसेर तिमीलाई संम्झन सल्लाका ताराहरु जस्तो पात बाट हावा चल्दा तिम्रो नाम लिएर सुसाउदै गित गाउँन मन लाग्छा तर के गर्ने दैबले मेरो श्वास नै चुडी लग्यो । मन त थियो तर गाँउन सकिनँ त्यसैले म मरेँ भने आँखा चिम्लेर नबस्नु त्यस भित्र अध्यारो हुन्छ । आँखा खोलेर बस्नु कतै ति पाखा पखेरा र दोबाटोमा तिम्रो यमदमा केहि पर्खेर बसको छ कि । याताउत आँखा नचाएरै बस्नु !!
म मरे भने सेतो कपडा लगाई ती काला कपाल फिजाँउ पूर्णिममा आफ्नो रुप नदेखाउनु किन कि तिमी रातो गुन्यू चोलीमा राम्री देखिन्छौं , तिम्रो ति नबोल्ने ओठहरु र नउड्ने रंगहरुलाई म कति सोधँु । म कति कोरुँ तिम्रा निस्वार्थि तस्विरहरुलाई , सायद मैले एउटा भुल यस धार्तिमा जन्मेर गरेँ । अर्को भुल नमरी हुकेँर गरे र अर्को भुल तिमीलाई पाएर गरे अनि अन्तिमा भुल तिम्रो अस्तृत्व भेटिएको गरे जे होस धार्तिमा मैले भुल गरेँ । म उसलाई स्विकार गर्छु । जित तिमीलाई कोसेलि न हार्नु न भास्नु !!
म मरिहाले भने चुरापोते पनि नफुटाउनु तिमिले त्यो सम्बन्ध नै जोडिनौ ,मालई आशा पनि छैन र भरोसापनि फुटेको शिसाा कहिल्यै जोडिदैन र बगेको खोला पनि फर्केर आउदैन । तर तिमि घाम भयौँ मलाई आफ्नो नजिक बोलाएर डढाइ दियो ,आशाका मुनाहरु त पलाउछन् । बसन्त ऋतुले हिजो मात्र पाइल टेक्यो तै पनि मेरो मनमा लहार अएन, सायद मेरो मन पत्थरसरी जमेर बेहोसीको ताल भित्र पौडिखेल्दै अनगिन्ती प्रेमको सागरमा चुरलुम्मा डुब्दै निरुकहाँ नाकीएको मरुभुमीको बालुवामा छटपाटउदै थियो होला या त तिम्रो ति हरेक दुःख कष्टालाई पार गदै तिम्रो मायाँ पाउने शुबौलो दिन गन्दै थियो होला !!
अाँखाको कोष बाट बलिन्धारा आँशु झर्दा तिम्रो त्यो ओठबाट छुटेको हाँसोले सारा संसारलाई हांसाई दियो तर मेरोमन मरुभुमिको बाफ सरि तिम्रो मायाँमा अल्झीरहयो । हरपल तिम्रो मायाले मन उडाई दियो सर्डादियो अनि चैतमासको खडेरीमा यो दिलको भारि मलाई त्यो डाँडा पारिको चौतारिमा बिसाई यो संसार बाट तिम्रो नसाबाट तिम्रो बाटो बाट नाँउ बाट अनि तिम्रो ठाँउबाट म तिमी बाटै सदा सदाका लागि बिदा भए......
अनुरोधको भाषा बुझ्नु मायाँ गर्ने मायालु हो । यो स्वार्थि दुनियाँको मिठो खेल र रमाइलो इच्छाले तिम्रो अस्तित्वको रंगहरु खुइलिदै जानेछन् । मायाँ गर खुलेर सबैलाई तर मायाँमा विछोड हुनु । जन्म पछि मृत्यु हुनु प्रकृतिको नियमा रहेछ । पल भएको जीन्दगी आँसु र तडपाइको संघारमा जिउनु पर्छ । काटमार र अष्तृत्वको युद्वमा भिड्नु पर्छ । कसैको प्रेममा फसेँर मर्नु पर्छ । त्यसैले त माया नगर मायामा विछोड हुनु पर्छ !!!
भरत ढकाल
केराबारी ३, गोरख

ट्रक डा«ईभर
आज
नचाहादै नचाहादै पनि एउटा ट्रक डा«ईभर सँग भेट हुन पुग्यो तिनलाई खुस रिस
उठेको रहेछ । पूर्ब प्रधानमन्त्री बाबुराम भट्टाई सँग किनकी तिनको बेलुका
खाना खाने स्थान बाबुराम भत्काऊमा परेको रहेछ । अझ भन्दा राजमार्गको झुपो
नै उठेको रहेछ । पछि सम्म पनि मलाई घुरेर हेरिरहेका थिए मैले अली फरक पारामा कुरा गरेको गिए त्यही भएर पो हो की ।।
पछि भन्दै थिए तिनले कस्तो प्रत्रकारसँग पो भेट भएछ नी भन्दै पनि थिए बिचरा ति ट्रक डा«ईभर सँगको छोटो गफ २०६९ को एउटा गफको बिषय बन्न पुगेछ ।
ट्रकको फोटो चाँही मिल्न गएछ ।
पछि भन्दै थिए तिनले कस्तो प्रत्रकारसँग पो भेट भएछ नी भन्दै पनि थिए बिचरा ति ट्रक डा«ईभर सँगको छोटो गफ २०६९ को एउटा गफको बिषय बन्न पुगेछ ।
ट्रकको फोटो चाँही मिल्न गएछ ।
२०६९
सायद २०६९ ले मेरा लागी धेरै नै नयाँ काम गरायो
तर पनि सोचेको जति र आपmले गरेको परिश्रम गरेको जति या आटेका जतmी सफलता
हात त परेन तर पनि केहि नयाँ काम चाँही ल्यायो आशा छ २०७० ले ति अपूरा
कामहरुलाई पूरा गरर्ने छ ।सायद २०६९ ले मेरा लागी धेरै नै नयाँ काम गरायो
तर पनि सोचेको जति र आपmले गरेको परिश्रम गरेको जति या आटेका जतmी सफलता
हात त परेन तर पनि केहि नयाँ काम चाँही ल्यायो आशा छ २०७० ले ति अपूरा
कामहरुलाई पूरा गरर्ने छ ।
पचासलाखे
लीलाधर कोईराला
ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ ।
Subscribe to:
Comments (Atom)

.jpg)