घर कटा पर्यो बाबुहरुको ? घर नम्बर २४३ ‘मानन्धर निवास’ सानेपा हाईटमा भेटिएको एउटा घरमा बहालमा लगाउनका लागी कोठा भए पनि दिनुअघि सोधिहालीन् हुनेवाला घरबेटी आमैले । माेरग ? हत्तनपत्त मैले जवाफ दिए । मुखबाट झापा आईसकेको भएपनि थामेर बोले । झापा शब्दबाट आफैं त्रसित थिए म । सम्झे कोठा खोज्ने क्रममा २ दिन मात्र मैले भोग्नु परेको एउटा तितो यथार्थ । मनमा चिसो पस्यो । केही दिनदेखी कोठा खोज्ने क्रम जारी थियो । बानेश्वरको सेतोघर लाई देब्रै पार्दै छिरेका थियौं हामी झ्यालका पर्दा हेर्दै टोलका पसलेलाई सोध्दै । खरीबोट चोकबाट अगाडी बढेपछि संगम चौक आईपुग्यो । सुरेश र म ।गएका थियाै ।
एउटा घरमा कोठा छ भन्ने कुरो चाल पाएर कुरा गर्न जाँदा कोठा दिने पक्का पक्की भैसकेपछि घरबेटी बाले सोधीहाले । अनि बाबुहरुको घर चाहीँ कता नी ? झापा । मैले प्वाक्क बोलेको मात्र के थिएँ । बुढाले त साइको परिहाल्यो । ए भैहाल्यो, छोराको बिहे २ महिनापछि छ, बिहेबटुलोमा कोठा चाहिन्छ,यसो गर न बरु बाबुहरु छोरोका बिहे सकिएपछि आयो न एकपटक । अनी त्यसबेला दिउ“ला नी बहालमा ।बोली फेरे बुढाले । परेन फसाद । एकैछिन्अघि सबैकुरा मिलेर १८०० तिर्नेगरी फिक्स हुनैलागेको कोठा एक्कासी नपाईने भईयो । लौ त जय नेपाल भन्दै त्यहा“बाट बिदा भईयो । सुरेशले मलाई घुर्दै हेर्दैथियाे ।मैले नै पो केही गल्ती गरेँ कि भन्ने पनि लागीरहेको थियो । तर मैले ठम्याउन सकिरहेको थिईन मैले झापा घर भन्नुअघि सम्म त सबैकुरा ठिकै त थियो । त्यही झापा भनेर त गल्ती गरिस् तैंले? घरबेटी आमैसंग कुरो नमिलेर उनको घरको गेटबाट निस्कने बित्तिकै सुरेश झम्टिहाल्मयाे मतिर । किन र ? झापा घर भन्न हुन्थेन र ? मैले अन्जान भावमा प्रश्न सोधे“ । म भन्दा ६/७ बर्ष अघि नै काठमाण्डौं खाल्डो छिरेका आङ्खनो अनुभव बोल्नथाले ? झापाली भन्यो भने यहा भएको कोठापनि बहालमा लाऊ दैनन् रे ? त्यहीँ माथी बिद्यायार्थी? यो परिचयमा त खोज्दै नखोजेहुन्छ कोठा । उहिलेखुईले खै कैले हो कुनचाही“ झापालीले त्यस्तै डेरामा बस्दा बस्दै घरबेटीकी छोरी उडाईदिएछ, त्यहाँ देखी झापालीलाई बहालमा दियो भने छोरी उडाउँ छन् भन्ने मानसिकताबाट त्रसित छन् यहाँका घरमुलीहरु, कुरो बुझीस् ? दाईले रिस मिश्रीत भावमा सम्झाएँ । त्यही भएर हो अघि पाईसकेको कोठोपनि उम्केको ? मैले गल्ती महशुश गरी मुन्टो हल्लाएँ । यही सिकाईबाट यो पटक आङ्खनो ठेगानालाई करिब ८० किलोमिटर वर ल्याउनपर्यो, झापा बाट मोरग । झापा घर भएपनि कोठै पाउनका लागी मोरग भनेर कोठा लिएर बसेको पनि ठ्याक्कै साढे चार बषर भएछ ।
१५०० मा बसेको कोठा अहिले ३००० पुगेको छ, त्यहीपनि यो घर छाडिएको छैन् । यही घरमा बस्न कति आए कति गए तर आफुभने अहिलेसम्म यही“को यही“ । कोठा खोज्दा बखत संगै बसेका महेश दाई अट्रेलिया पुगेको पनि साढे तिन बष बितिसकेछ । बेलाबेलामा फोन गर्दा सोध्छन् ? घरबेटीलाई झापा घर त भन्या छैनस् नी कान्छा ? छैन दाई ढुक्क हुनुस् । जवाफ फर्काउ“छु । अनि कादम्बीनी को के छ ? ? एकबषे बसाईमा छनक पाईसकेका थिए दाईले । त्यही भएर सोधिहाले । मान्छे डेमोक्रेटिक नै थिए दाई नै भएपनि ,त्यही भएर सजिलो भएको थियो । गज्जब छ दाई । फुतिर्लो गरी जवाफ दिन्छु । कादम्बीनीको त नामै सम्झ“दापनि भित्रैबाट फुर्ती उर्लेर आउ“छ । जिल्ला ढा“टेर बस्या यो सानेपा हाईटको कोठा फेरिएन तर यो साढे ४ बषमा धेरै काँचुलीहरु फेरिएका छन्, अगाडीबाट बग्ने बाग्मतीमा धेरै ढल बगेका छन्, मेरो जिवनमा पनि धेरै उतारचढावहरु संगै परिवर्तनहरु पनि आएको छ । भर्खर भर्खर खाल्डोमा छिरेको यो केटो अहिले यहाँको दैनिकीसंग अभ्यस्त भैसकेको छ । धेरै खालका हण्डरठक्कर हरु खा“दै अहिले तिनै हण्डरठक्कर संग रमाउन सक्ने भैसकेको छ । वास्तवमा यो काठमान्डौं खाल्डोको लागी उपयुक्त मान्छे बनाएको छ यो केटोलाई यहा“को वातावरण्ँले । एउटा सम्पुण वातावरण्ँनुकुल मानब । काठमान्डौं खाल्डोको वातावरण्ँनुकुल मानब ।
पुष्टभुमी थियो त्यो, साढे ४ बर्ष अघिको । नाम के हो तिम्रो ? बाहिर बाहिर घर मोरग भनेपनि खुन त झापाली नै थियो । आफैंले अग्रशरता लिएर सोधिहालेँ बहालमा बसेको दोस्रो दिन नै आँगनको गमलामा पानी हाल्न उनी आएको मौका पारेर । कादम्बीनी । उनले मधुरो बोलीमा जवाफ फर्काईन् । अनि हजुरको ? जवाफ दिएँ। मेरो नाम समिर कहाँ पढ्छौ तिमी ? उनलाई सोधेँ । एभरेस्ट कलेज मा कक्षा एघार म्यानेजमेन्ट । उनले थपिन यसैपालि एस एल सी पास गरेर ज्वाईन गरेको । ए ल म्यानेजमेन्ट पढ्दै रहीछौ राम्रो । म पनि शंकरदेब क्याम्पसमा बिबिएस पढदैछु । पढने क्रममा केही हेल्प चाहीयो भने भन न, म गरुँला नी । सम्बन्ध बिस्तारको पहिलो खुडकिलो चढे म । भैहाल्छ नी, एउटै घरमा बसेपछि त्यत्ति त गर्नैपर्यो नी । पहिलो बोलचालमै यत्ति खुलेकी कादम्बीनीसंग पक्कै केही जम्छ भन्ने संकेत मैले पाईसकेको थिएँ ।
हामी बस्ने घरबेटीकै छोरी थिईन कादम्बीनी । एक्ली छोरी । घरबेटीबा कैलालीतिर सिडीयोको जागिर खाईबस्या छन् क्यार । आमा र छोरी घरमा । माथिल्लो तल्लामा उनीहरु भुईंतलामा एउटा कोठामा म र बाँकी २ कोठामा जनकपुरतिरका ब्यापारीको एक परिवार । कादम्बीनी, साँच्ची नै राम्री थिई । उमेर भर्खरै १६/१७ टेकेकी । बाटुलो आँखा, गोरो अनुहार, कालो लामो कपाल, हलक्क बढेको जिऊ अनि त्यो भन्दापनि बढी खुलेर बोल्ने उनको बानी । पहिलो भेटमा उनीसंग भएको सम्वादले नै म उप्रति आकििसत भैसकेको थिएँ । तर यो बेलासम्म आकसर्ण्ँ मात्र थियो । यहि आकसर्णले उनीसंग अझ नजिक हुने इच्छा जगायो । फुलबारीमा पानी हाल्दा भेट भएको करिब साता दिन पछि एका बिहानै कसैले ढोका ढकढक्यायो । महेशदाई काममा गैसकेका थिए । म भने शैिक्षक हडतालका कारण कलेज नगई भर्खरै उठेर चिया पकाउदैथिएँ । ढोका खोलेँ । ए,कादम्बीनी । आऊ बस न । ढोकामा उभिएकी उनलाई मैले भित्र बोलाएँ । हेर्नोस् न समिर दाई, आज शैिक्षक हडतालले कलेज जान पाईएन अनी यो एकाउन्टको फाईनल एकाउन्ट गर्न खोजेको मिल्दै मिल्दैन । त्यहीभएर तपाईंले सिकाईदिनुहुन्थ्यो कि ? ? उनले भनिन् । तँ चिता म पुर्याउछु भन्छन् रे देउताले भन्या सुन्या हो । त्यस्तै भयो मलाई । फाईनल एकाउन्ट, ए भैहाल्छ नी । बरु चिया खाऊ है यत्ति भनेर एककप चिया उनको हातमा थमाएँ र एककप चिया आफुले लिएँ । चियाको कप दुवैको हातमा परिसकेपछि एकै छिनको लागी सन्नाटा छायो.....केवल सुरुप सुरुप चियाको चुस्की लिएका दुई आवाजहरु मात्र सुनिरहीएका थिएँ । मौनतालाई भंग गर्दै मैले सोधेँ ‘तिमीलाई सबैभन्दा गारो लाग्ने सब्जेक्ट कुन हो ? ‘मलाई, त्यस्तो गारो नै त लाग्दैन, तैपनी एकाउन्ट चैं अलि ....’ यत्तिमै अडकियो उनको बोली । चियाको चुस्कीलाई निरन्तरता दिँदै फेरि मैले थपेँ ‘एकाउन्ट त मलाई पानी छ पानी, जुनसुकै बेला जे सोधे पनि खरर......’ मैले यत्ति भनिसक्यामात्र के थिए“, कादम्बीनी उन्मुक्त भएर हाँसीन् र भनिन ‘एकाउन्ट पनि खरर...रटेरै बस्नुभएको हो कि क्या होऊ ? हिसाब खरर पारेको कुराले ल्याएको उनको हाँसोसंगै हाँसो मिलाएँ मैलेपनि । वास्तवमै आकक्षक एवं निस्च्छल हाँसो थियो उनको । यो स्वार्थी खाल्डोमा यति निस्कपट हाँसो हाँस्ने मान्छे पनि कमै भेटिन्छन् । सबै आ आङ्खनै तालमा ब्यस्त छन् । अनी आ आङ्खनै स्वार्थमा । हाँसीहालेपनि स्वार्थपुण हाँसो हाँस्छन् रोएपनि आङ्खनै स्वार्थभित्रै रहेर रुन्छन् । त्यही भएर होला शायद मलाई कादम्बीनीको त्यो हाँसो साँच्चीकै गज्जब लागेको थियो । एकैछिनको लागी भएपनि उनको हाँसोभित्रै हराएको थिएँ म । बिस्तारै बिस्तारै अनेक संजोग एवं घटनाक्रमले कादम्बीनी र मलाई नजिक बनाउँदै लग्यो । कहिले पाठ सिक्ने सिकाउने, कहिले कलेजबाट फकर्र्दा बाटामा भेट भएर उनैको स्कुटीमा संगै फर्कने, अनी कहिल्यै धरहरा क्याफेमा गएर मम खाने, कहिले संगै सिनेमा हेर्न जाने सम्म वातावरण्ँ बनिसकेको थियो चिनजान गरेको २ बष र्भित्रमा ।
बैसाखको अन्तिम अन्तिम समय । बसन्तका पालुवाले काठमान्डौंको मौषमलाई हरियालीपुण बनाएको थियो । त्यहीँ माथी बैजनी रंगमा फुलेका शिरिषका फुलहरुको ताँतीले सडकको माहोललाई रंगिन बनाईरहेको थियो । मौषम पनि अलि चिसो नै बनाएको थियो दिउँसोभरी परेको झरीले । रिंगरोड छेऊमै रहेको मेरो डेरा यानेकी कादम्बीनीको घरबाट सडकका ती बैजनी शिरिषका फुलका बोटका लस्करहरु राम्रैसंग देखिन्थे । केहीदिन यता कादम्बीनी भने देखिएकी थिईनन् । एकसाँझ तरकारी किन्न भनेर बाहिर निस्कन लागेको मात्र के थिँए, बार्दलीबाट उनले बोलाईन, ‘समिर, ए समिर....यहाँ सुनन’ मलाई नौलो लागेन र ठम्याउन पनी गाहाे भएन् कि मलाई कादम्बीनीले नै बोलाएकी हो भनेर । किनभने बितेको २ बषमा म उनको समिर दाई बाट समिर र तपाईंबाट तिमी भैसकेको थिएँ । ‘ए कादम्बीनी, भनन के भयो ? ’ आँगनबाटै उनको बार्दलीतिर फर्केर सोधेँ । ‘सुनन, मेरो १२ को बोर्ड इक्जाम चलिरहेको छ । भोली मेरो एकाउन्टको परिक्षा छ ,भोली अन्तिम हो । १/२ वटा च्याप्टरमा कन्फुयुज छ प्लीज साँझ माथी आएर सिकाईदिन्छयौं । मम्मीले पनि समिरसंग सिक्नु भन्नुभा छ ।’ सिफारिशयुक्त आग्रह आयो उनीबाट । ‘हुन्छ नी, ७ बजेतिर आउँदा हुन्छ ?’ मैले प्रतिप्रश्न गरे“ ।उनले मुन्टो हल्लाएर सहमति दिईन् । भित्तामा टाँसीएको घडीले सात बजायो । कादम्बीनीलाई दिएको समय आएकाले माथी उक्लेँ । बेल बजाएँ। ढोका खुल्यो । मुस्कानका साथ स्वागतमा कादम्बीनी ।‘मम्मी खोई त ?’ सोधेँ । ‘ए....मम्मी,मम्मी त मामाघर । पर्सी मामाको बिहे छ, त्यसैको कामका लागी मामाघर जानुभएको छ । अब बिहे सकिएपछि मात्र आउनुहुन्छ । भोली इक्जाम सकिएपछि म पनि उतै जाने । ’ ‘ए...’ मुन्टो हल्लाएर जानकारी भएको जनाऊ दिएर सोधेँ ‘तिम्रो मामाघर चैं कता ?‘बुढानिलकण्ठ हो मेरो मामाघर’ ‘साढेसात बज्न लागेछ...मैले खाना पकाईसकेकी छु...पहिला खाना खाम अनी पढन बसुँला है मास्टर साब ’ ठट्यौलोपारामा उनले भनिन् । ‘अलै नै खाना । फेरि मैले त तल चामल भिजाईवरी तरकारी समेत काटीसकेको छु । ‘किन र ? मैले पकाएको खान हुन्न ? भोली पर्सीपनि नखाने हो मैले पकाको ? कि ससुरालीमा भनेर लजाएको ? तिम्रोमा त जिन्दगीभर पकाएर खानै छ नी’ प्रश्न र जवाफ एकैपटक आयो कादम्बीनीबाट । ‘हैन । मजाक नगर न । पहिले पढम न त अनि खाउँला नी । ’ यत्ति भनेपनि उनले कुरा गरिरहीन् र हाथ समातेर डाईनिंग तिर लगिन् र दुईवटा प्लेटमा खाना बाँडीन् । खाना लिनमात्र आँटेको थिएँ। ‘एकैछिन पख है’ उनको आँग्रहपछि उठाउन लागेको गाँस पनि रोके । त्यसपछि उनी मेरो नजिक आईन् र मेरो ओठमा कसेर चुम्बन गरिन् र भनिन् ‘समिर आई लब यु । प्लीज मलाई छिट्टो बिहे गरन् । अब म तिम्रो साथबिना एकपलपनि बस्न नसक्ने भैसकेकी छु । आई लब यु समिर....
2070-01-15
2070-01-15

No comments:
Post a Comment