फेसबुक सामाजिक सञ्जाल मात्र नभएर हाम्रो जिवनको
दैनिकी नै बनिसकेको छ। सामाजिक सञ्जालका रुपमा नेपालमा सबैभन्दा लोकप्रिय
मात्र होइन धेरै इन्टरनेट र मोबाइल चलाउनेका लागि इन्टरनेट भनेको नै फेसबुक
हो। यो एउटा वेबसाइट मात्र सामाजिक मञ्च बनिसकेको छ। जसमा राजनीति र
समाजका विभिन्न पक्षमा वादविवाद भइरहेको छ। यहाँ व्यक्त भएका आवाजहरु चर्का
सुनिन थालेका छन्। आमसञ्चारका माध्यमहरुमा समाचार बन्ने भइसकेको नेपालमा पनि
फेसबुक गतिविधि। प्रधानमन्त्रीले समेत फेसबुक चलाउनेलाई आफ्नो सम्बोधनमा
नछुटाउने अवस्था बनेको छ। नेपाली जनजिवनमा घुलमिल भइसकेको यो सामाजिक
सञ्जालमा अनेकन पेजहरु बनाइएका छन्। कुनै चुटकीलाका लागि त कुनै अश्लिल
हर्कतका लागि पनि। व्यवसाय गर्नेहरुले आफ्नो प्रतिस्ठान वा वेबसाइटको पेज
लाइक गर्नेको संख्या देखाएर आफ्नो ब्राण्ड स्थापित गराउन खोजिरहेका छन्।
No comments:
Post a Comment