Thursday, October 30

खाडीबाट लडाकु लोग्नेको चिठी

प्रिय प्राण प्यारी,
असिम माया अनि मिठो सम्झना ।
खलखली पसिना आउने यो आगोको डल्लो झै मरूभुमीको बिचमा एउटा सानो कोठाको भुईमा डस्ना बिछ्याएर तिमिलाई यो मायाले भरिएको तर वेदना सहितको चिठी कोर्दै छु। चिठीमा जे सुकै लेखे पनि तिमि आत्मबल र धैर्यताले यो पढ्ने छौ र रुने छैनौ भन्ने बिश्वासमा छु।

Sunday, October 26

प्रत्यारोपणमा पहिलो सफलता

नेपाली चिकित्सक कुमुद धितालले विश्वमै पहिलो पटक 'मृत मुटु'लाई पुनः चलायमान बनाई अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरेपछि विश्व चर्चित भएका छन् ।
हिमालखबर
अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालका कार्डियोथोरासिक सर्जन कुमुद धितालले मुटु प्रत्यारोपणमा गरेको यो ‘चमत्कार’ ले उनलाई विश्व चिकित्सा क्षेत्रमै ‘हिरो’ बनाएको छ भने मुटुका गम्भीर विरामीहरुका लागि उनी आशाको केन्द्र बनेका छन् ।
सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत एशोसियट प्रोफेसर धितालले मृत्यु भइसेको व्यक्तिको मुटु अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्ने काम तेस्रो पटक सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । पछिल्लो प्रत्यारोपण गत बुधबार मात्रै भएको थियो भने पहिलो प्रत्यारोपण दुई महिना अघि । पहिलो प्रत्यारोपण गरिएका व्यक्ति स्वस्थ्य भैसकेपछि मात्रै अस्प्तालले यो कुरा सार्वजनिक गरेको हो ।

Monday, October 20

माेबाईलले नयाँ जिबन दिदाकाे क्षणा

      आजभोली उनि खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ। मानौ वर्षातको बादल गड्किदाँ एकझमकमा देखिने त्यो बिजुलीको चम्काई हो ।

Sunday, October 19

मायाकाे परिभाषा

लिलाधर काेईराला
सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे । छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाई भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु । किन मलाई यस्तो गर्यौ म त तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, म प्रेममा जिवनको पहिलो पटक परेको छु ,

माया के हाे

लिलाधर काेईराला
          यो माया भन्ने शब्द कस्तो होला है यो माया ले नै मान्छेलाई जिउन पनि सफल पारिदिन्छ अनि येही माया ले नै मान्छे को जिन्दगि पनि बर्बाद बनाई दिन्छ ! खै मलाई पनि यो माया शब्द सुन्दा अनौठो नै लाग्छ ! अनि थाहा छ ? केटिहरु एकार्कालाई मन पराएपछि भन्छन ! म तिमीलाई माया गर्छु भनेर अनि उनीहरु को माया बस्न र माया का कुराहरु गरेर समय काट्न थाल्छन ! तर मलाई यो माया शब्द देखि अनि यो शब्द सुन्दानै बकवास लाग्छ ! मैले त् साएद यो माया भित्र नदुबेर र कसै सग माया न साटेर पनि होला ! साएद मलाई माया प्रेम भन्ने शब्द देखि एलर्जी भएको !

मायाकाे अर्काे रूप

लिलाधर काेईराला
           मुटु भरिको माया तिमीलाई जन्म जन्म भरिलाई मात तिमिलाई । आज म आस्था को कमजोर बैशाकी टेकी जिन्दगीको अस्पस्ट गोरेटोमा अज्ञात सम्भावना को खोजी गर्दै घिस्री रहेको छु ,त्यहा जहाँ म जस्ता हजारौ अभागि आत्मा हरु धेरै बर्षा देखी अथाक अथाक घिस्री रहेका छन । म चाँही घिस्री रहे को छु मात्र तिमीलाई पाउने आशा मा अनी तिमि सगै जीवन बाच्ने अटल विश्वाशमा ! सबै कुरा मिलेर अनी बाडेर सापटी र पैचो लियर पनि चलाऊन सकिन्छ तर एउटा कुरा कसै सग पनि बाड्न सकिदैन र मिल्दैन पनि त्यो के हो थाहा छ ? म कुरा गर्दै छु जीवन साथीको बारेमा ।

नयाँ तलबमान नदिने कम्पनीहरूलार्इ कार्बाही गरिने I


साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेयले नेपाली कामदारहरूका लागि हालै निर्धारित नयां तलबमान नदिने, नदिलाउने नेपाली म्यानपावर कम्पनी र साउदी रोजगारदाता कम्पनी दुबैलाई कार्बाही गरिने बताउनुभएको छ । यसका लागि कामदार तथा नेपाली समुदायले आवश्यक कागजात सहित नेपाली दूतावासलाई जानकारी दिन अनुरोध गर्नुभएको छ ।

Friday, October 17

हिडाईबाट पत्ता लाग्छ महिलाकाे याैन सन्तुस्टि

       महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । 

Thursday, October 9

के याे माया हाे

               जिन्दगीमा पिडाहरूले   पनि असहिय पाइदो रहेछ | आफ्नै मन, मस्तिष्क अनि आफ्नो शरिरले थाम्न नसक्ने गरि पनि | कहिले आफ्नो रगतको नाताले पनि घात गर्छन त कहिले रगतको नाताभन्दा बाहिरको मानिसले नै | झन् जोडेका नाता तोड्नेहरुले त मुटुमा बज्रपातनै खसाउछन् | लाग्छ घरि-घरि संसारको कुनै मानिस भन्ने प्राणीसंगको नाता सधै सधैको लागि त्यगी दिऊ तर फेरी सोच्छु, अह हुदैन मैले छोटो बुद्धि गर्नु हुदैन |