Thursday, October 30

खाडीबाट लडाकु लोग्नेको चिठी

प्रिय प्राण प्यारी,
असिम माया अनि मिठो सम्झना ।
खलखली पसिना आउने यो आगोको डल्लो झै मरूभुमीको बिचमा एउटा सानो कोठाको भुईमा डस्ना बिछ्याएर तिमिलाई यो मायाले भरिएको तर वेदना सहितको चिठी कोर्दै छु। चिठीमा जे सुकै लेखे पनि तिमि आत्मबल र धैर्यताले यो पढ्ने छौ र रुने छैनौ भन्ने बिश्वासमा छु।

बिदेश जाने हतारोमा मैले सुहागरातमा तिमिलाई राम्ररी मुसार्न पनि पाईन त्यसको पश्चातापले मलाई भित्र भित्रै यहाँको गर्मी भन्दा बढी पोलिरहेको छ। हुन पनि बाहिर छालामा पोलेकोले त एक छिन मात्र पोल्छ पछि बानी पर्दो रहेछ तर मनभित्र पोल्ने कुराले त जति जति समय बित्छ त्यति त्यति चर्को पिडा हुदो रहेछ। के गर्नु नआई पनि त भएन, तिमिलाई बिहेगर्नु भन्दा अगाडीको मेरो वेदना त तिमिलाई थाहा नै छैन। तिम्रै अगाडी भन्न नपाएपनि आज म तिमिलाई यो चिठी मार्फत भन्दै छु।
म सानै देखी एक मेहेनती र लगनशिल बिद्यार्थी थिए। भर्खर भर्खर माओवादीहरू गाउतिर पसेका थिए। उनिहरू साँझ साँझ भेला गरेर हामीलाई प्रशिक्षण दिन्थे। देशमा गरिबहरूको सत्ता ल्याउन उनिहरू युद्ध गरिरहेका छौं भन्थे। भ्रष्ट, तस्कर तथा बिदेशी दलालहरूलाई सिध्याउनको लागि र नेपाललाई बिश्वकै नमुना देश बनाउनको लागि आफुहरू ज्यानको बाजि राखेर युद्धमा होमिएको भन्थे। हाम्रै गाउमा पनि पञ्चायत देखिनै सोझा र गरीब जनताको रगत चुस्न पल्केकाहरूको बिगबिगी मैले आफ्नै आँखाले देखेको थिए। हामीलाई दोस्रो दर्जाको नागरिक बनाएर शासन गरेकाहरू हाम्रै समाजमा थिए। माओवादीहरूले हामीलाई बिभिन्न कार्यक्रमहरू देखाउन लग्थे उनिहरूका भाषण र नाचगान हेर्दा म आफ्नो मुनिको घर्तिले जुरुक जुरुकउचालेको झै महसुस गर्थे, त्यसै पनि किशोरावस्थामा उम्लिने रगत झन उम्लेर पोखिएला झै हुन्थ्यो। त्यसै बिच कक्षा ११ मा अध्ययन गर्दै-गर्दा २०५८ सालमा मेरो पल्लो गाउको एक मिल्ने साथी र म एक दिन पढाई छोडेर भुमिगत हुने निर्णयमा पुग्यौ र २०५८ साल मंशिर महिनाको २ गते हामी भुमिगत भई टिका ग्रहण गर्यौ, टिका ग्रहण कार्यक्रममा पाएको न्यानो र भव्य स्वागतले मलाई लागेको थियो कि मैले बुद्दत्व पाए, मलाई जिवनको एक उदेश्य मिलेको थियो यो देशको मुहार फेर्ने। त्यसपछि हामी कस्सिएर युद्धको मोर्चामा लाग्यौ, मार्क्स, लेनिन, स्टालिन, माओका ठुला ठुला किताबहरू अध्ययन गर्दै गयौं। दिमाखमा पुरै राष्ट्रियता मात्रै थियो। समय बित्दै गयो हामीले धेरै ठाउमा सफलता हात पनि लगायौ केहि ठाउमा असफल पनि भयौ। सँगै हिड्ने कति साथिहरू सहिद भए कति घाईते भए तर भाग्यवश मलाई केहि भएन। मैले भुमिगत अवस्थामा धेरै कुरा सिके। हामी सामुहिकतामा बिश्वास गर्थ्यौ, दैनिकरूपमा आवश्यक पर्ने सामान्य खाने खर्च बाहेक हामीलाई कुनै सम्पत्ति वा पैसाको लोभ थिएन। भोली सबै सामुहिक नै हुने हो हामीलाई छुट्टै सम्पत्ति किन चाहियो भन्ने शिक्षा पाएका थियौ। हामिलाई सरकारी सेना जस्तो न त कुनै तलब थियो न त भविष्यको लागि कुनै पेन्सर। हामी जे गर्थ्यौ सबैको लागि गर्थ्यौं। अझै भन्नु पर्दा त्यो एक किसिमको नयाँ सिकाई र अनुभव थियो असाध्यै राम्रो। हामी सामुहिकरूपमा खेति गर्दथ्यौ र जनताहरूलाई पनि गर्न उक्साउथ्यौ, मलाई राम्ररी याद छ हामीले सामुहिक खेति गरेको एउटा बाझो जग्गामा अचम्मले धान फलेको थियो गाउलेहरूले यति सम्म भनेका थिएकी उनिहरूले कहिल्यै त्यस्तो अचम्मको धान फलेको देखेका थिएनन रे। अहिले सोच्छु साँच्चै त्यस्तो व्यवस्था देशमा हुने हो भने त कोहि किन दुखी हुन्थ्यो होला। उक्त सामुहिक व्यवस्थाबाट मैले एक पाठ जरूर सिकेको छु की त्यो व्यवस्था सम्भव छ जो सायद मार्क्सले लेखे मात्र अनुभव गर्न पाएनन तर मैले गरेको छु।
तमाम उचार उढाव र हण्डरका बिच २०६३ सालमा पार्टीले संबिधानसभाको बाटोबाट जाने भन्दै खुला राजनितिमा आयो हामी पनि खुशी भयौ। नचाहाँदा नचाहाँदै बाध्यताले गरेको हतियार सहितको भुमिगत आन्दोलनले जुन स्तर लिएको थियो त्यसमा हामी गर्ब गर्दथ्यौं, युद्दले दिएको यो सफलताको श्रेय हामी सहिदहरूलाई दिन्थ्यौ। मलाई याद छ पार्टीले २०६३ सालमा युद्द बिराम गरे पछि एक दिन हामी हाम्रो बटालिएनका सबै जनसेनाका साथिहरू जम्मा भएर रोएका थियौ, त्यो खुशी र दुख दुबैको आशु थियो दुखी यस अर्थमा कि आन्दोलनको दौरान हामीले कति आत्मिय मित्रहरू गुमायौ, कतिको लाश सम्म भेटेनौ त कति बेपत्ता थिए। आजको दिन उनिहरू पनि जिवित भएका भए सायद कति खुशी हुन्थे होलान भनेर हामी भावबिह्वल भयौ। हुन पनि जब हामी लडाईको मैदानमा हुन्थ्यौ, जब तोप, गोली र बमहरूको धुवाले पुरै ढाकेको हुन्थ्यो अनि आफ्नै अगाडिको साथिहरू ढलेको देखिन्थ्यो हामीलाई आफ्नो शरिर छ र गोली लाग्यो भने मरिन्छ भन्ने पत्तै हुदैनथ्यो मात्र दुश्मनलाई देख्थ्यौ र उसलाई निमिट्यान्न पार्ने एक मात्र आदेश दिन्थ्यो हाम्रो मस्तिष्कले। हामीलाई बन्दुक चलाईरहदा आफ्नो जित र ज्यान भन्दा पनि दुस्मनको हार र मृत्यु बढी महत्वपूर्ण लाग्थ्यो। जे होस हजारौं नेपाली आमाका सन्तानहरूको शाहदत पछि देशमा आमुल परिवर्तन हुन लागेको थियो सहिदको सपना पुरा हुने भयो भनेर हामी खुशी पनि थियौं। । जुन परिवर्तन र विकासहरू हामीले भुमिगत भई गरेका थियौ त्यो बैधानिक र सँस्थागत हुने भयो, साच्चै आफुले भूमिगत हुँदा देखेको सपना र बोकेको उदेश्य अब पुरा हुने भयो भनेर मेरो त खुशीको सिमा नै थिएन।
त्यसपछि म केहि समयको लागि घर फर्के, घर त थिएन पहिले नै तत्कालिन शाही सेनाले आगो लगाईसकेको थो। सानो छाप्रो बनाएर आमा बुवा र दुई भाई बहिनी गुजारा गरिरहेका थिए। आमा र बुवा बिरामी हुनुहन्थ्यो । मैले सबैलाई राजनितिक परिवर्तनको बारेमा राम्ररी सम्झाए, वहाहरूले मेरो काम प्रति सधै गर्ब गर्नुहुन्थ्यो। त्यसपछि हामीलाई शिबिरमा राखियो। केहि समयपछि सेना समायोजन गर्ने भनियो। हामीलाई समायोजनकोलागि पुरानै सेनाको मापदण्ड अनुसार भर्ति गर्ने कुरा आयो। त्यसरी समायोजनमा जाँदा कतिको पढाई नपुग्ने, कतिको तौल नपुग्ने कतिको उचाई नपुग्ने। मेरो पनि पढाई नपुग्ने र उचाई पनि नपुग्न सक्ने थियो त्यसैले मैले समायोजनमा नजाने निर्णय गरे बरू बाहिर गएर खुला राजनिति गर्ने वा व्यवसाय गर्ने निधो गरे। म रू. ५ लाख बुझेर बाहिर निस्किए। घरमा जाँदा आमा र बुवा दुबै बिरामी हुनुहुन्थ्यो। घर पुग्ने बितिक्कै घरखर्चको लागि लागेको ऋण तिर्नु पर्ने भयो १ लाख जति ऋण तिरियो। आमालाई अलि बढी नै बिरामले च्यापेको थियो, गाउघरमा राम्रो अस्पताल नभएकोले मैले नेपालगंज अस्पताल लगें। १ महिना त्यहा राख्दा पनि ठिक भएन । त्यस पछि केही साथीभाईको पहलमा काठमाण्डौ लगें। टिचिङ्ग अस्पताल, बिर अस्पताल, नर्भिक आदि सबै तिर लगियो। कहिं डाक्टर नहुने कहि भेट्न समय नमिल्ने कहि पैसा धेरै लाग्ने यस्तै अनेक समस्याका बिच पनि मैले हिम्मत हारेन तर पनि अन्तिम चरणमा पुगेको आमाको दमको उपचार राम्ररी हुन सकेन। अन्ततः घर फर्किए। फर्केको २ महिनाम आमा बित्नु भयो। आमाको मृत्यु पछि बुवा थला पर्नु भयो। बुवालाई पनि काठमाण्डौ सम्म पुगाए तर केहि सिप लागेन आमाले छोडेको ६ महिनामा बुवाले पनि हामीलाई छोडेर जानु भयो। सिबिरबाट निस्कदा ल्याएको पैसा पनि सबै आमा बुवाको उपचारमै ठिक्क भयो। भाई बहिनिहरूको बिचल्ली हुने भयो भनेर म धेरै चिन्तित भए। मैले सोचे अब कस्सिएर खुला राजनिति गर्छु। जिल्लाका नेताहरूसँग भेटने धेरै प्रयास  अनि ठिटको सारी र मखमली चोली लगाएर गरे कोहीसँग हुन सकेन। कोही सभासद थिए कोही ठुला ब्यापारी भैसकेका थिए कोही काठमाण्डौ तिर लापत्ता थिए। अर्कै पार्टीबाट प्रवेश गरेका एक भ्रष्ट व्यक्ति जिल्लाका ईन्चार्ज थिए। शिबिरमा बस्दाका ३ बर्षमा मैले जिल्ला तिरको माहौल खास बुझ्न पाईन र सम्पर्कबाट पनि टाढा भईयो। त्यहि समयमा राष्ट्रिय राजनितिमा हाम्रा मुद्दाहरू ओझेलमा परिसकेका थिए। हामीले हिजो बलिदानीपूर्ण संघर्षबाट स्थापित गरेका कतिपय मुल्य, मान्यता र व्यवस्थाहरू बर्खास्त गरिएका थिए। राजनितिमा हाम्रै नेतृत्वबाट धोका भएको थियो। जुन देशी, बिदेशी शत्रुहरूको बिरोधमा हिजो हामी लडेका थियौ तिनै देशी, बिदेशी शत्रुहरूसँग लाजै नमानी निशर्तरूपमा हाम्रो नेतृत्व काँधमा काँध मिलाएर हिडिरेहेको थियो। यो देशका निमुखा, गरीब, शोषित जनताहरूको सपनाहरूमा आगो लगाउदै तिनै शोषक, सामन्त, दलालहरूको प्रोपोगाण्डा र योजनामा कमिशन खोजिरहेका थिए हाम्रा आदर्शका पात्रहरू हाम्रा नेताहरू। बेरोजगारहरूको जमात दिनमा २ गुणा रातमा चौगुना बढीरहेको थियो। देशमा रोजगारीको कुनै अबसर थिएन भएमा पनि नेताका आसेपासेहरूले मात्र जागिर पाउने चलन थियो। गाँउमा गरिबहरू झन गरिब हुदै थिए। पुरानै प्रबृत्ति दोहोरिएको थियो भ्रष्टचार र शोषण पहिला भन्दा ससक्त भएर देखा परेको थियो। म धेरै रात रोए एकान्तमा। शहिदको रगत सम्झेर रोए, घाईते र वेपत्ताको अवस्था सम्झेर रोए, आफ्नो जिवनको उदेश्य सम्झेर रोए अनि आफ्नो बिगत, बर्तमान र भविष्य सम्झेर रोए। मैले भबिष्य अन्धकारमय देखे मेरो अनि देशको। त्यसपछि मरो आँखाले एक मात्र बाटो देख्यो बिदेश जाने रोजगारीको लागि। तर त्यो भन्दा पहिले मलाई भाई बहिनिको लागि अभिभावक चाहिएको थियो जसको लागि मैले बिहे गर्नु पर्ने भयो र तिमि मेरो जिबनमा आयौं त्यसपछि के भयो त्यो तिमिलाई थाहा छदैछ।
मैले तिमिलाई यो बृतान्त सुनाउनुको एकमात्र कारण छ प्रिय त्यो के भन्दा जसरी हाम्रो पवित्र आन्दोलनको घाटी थिचेर हाम्रा सपना, नेपाल आमा र शहिदहरूको रगतलाई कुल्चिएको छ त्यसै गरि मेरो जिवनमा बचेखुचेको आशाको त्यान्द्रो चुडाएर तिमिले धोका नदिनु भन्ने बिन्ति बिसाउनको लागि यो चिठी तिमिलाई लेख्दै छु। आजकाल समाचारमा हेर्न पाईन्छ कि म जस्ता लाखौ युवाहरू खाडिको गर्मीमा पोलिएर झरेको पसिनाबाट उब्जाएर घर खर्च र बच्चाबच्चीको पढाईको लागि पठाएको रेमिटान्सलाई देखाएर सरकारले र तिनका अर्थमन्त्रिले आफ्नो सरकारले आर्थिक बृद्धिदर बढाएको भनेर सफलताको सुचाङ्क प्रस्तुत गर्दछन र त्यहि पैसा घरमा पुगेपछि श्रीमतीहरूले काठमाण्डौका ठुला ठुला मलहरूमा छिरेर ताईवानको पाईन्ट, जापानको टिसर्ट, पेरिसको ब्रा र कोरियान हिल जुत्ता र अमेरिकि पर्फ्युम किन्छिन र सेक्सी देखिन्छन अनि बेरोजगार भई अर्कार्की श्रीमतीमाथी र बिदेशमा उसको लोग्नेले कमाएको सम्पत्तिमाथी आँखा गाडेर बस्ने नालायक केटाहरूबाट यौनको प्यास मेटाउन थाल्छन। यौनको भोकले तिनिहरूलाई यतिसम्म उक्साउछ की बिदेश गएको श्रिमान त के आफ्नै काखको बच्चा समेत छोडेर तिनिहरू तिनै नामर्दहरूसँग पोईल समेत जान्छन भन्ने सुनेको छु। मलाई थाहा छ प्रिय सुहागरात पनि राम्री नमनाएर म तिमिलाई चटक्क छोडी सात समुन्द्र पार आएको छु। मलाई छातिमा कसेर बैशको रस चुसाउने तिम्रो ब्यग्र ईच्छा थियो जुन मैले पुरा गर्न सकेको छुईन। तिमि भित्रको जवानीको आगो निभाउन तिमिलाई पक्कै त्यति सजिलो छैन होला भन्ने म राम्ररी बुझ्छु तर जिन्दगी लामो छ प्रिय, हाम्रा थुप्रै सुखका क्षणहरू बाँकी छन। हामी एक-अर्काको अंगालोमा बाधिएर धित मरुन्जेल एक अर्कालाई मुसार्ने दिन पक्कै आउनेछन। मलाई थाहा छैन यो देशमा मैले भूमिगत कालमा देखेको सपनाको व्यवस्था आउछ वा आउदैन तर हाम्रो जिवनमा म त्यो व्यवस्था पक्कै स्थापित गर्ने छु किनकी त्यो युद्धमा म एक कार्यकर्ता मात्र थिए तर यो युद्धमा तिमि र म नेता हौ हामीले चाहेको शासन हामी स्थापित गर्न सक्छौं। हामी हाम्रो जिवनमा समाजबाद मात्र हैन साम्यवाद स्थापित गर्ने छौं। तर त्यसका लागि मलाई तिम्रो साथ अपरिहार्य छ। आशा छ नेताहरूले हामी बिद्रोहमा होमिएकाहरूलाई बनाए जस्तो घरको न घाटको बनाउने छैनौ तिमिले। तिमि माथि भनिजस्तो अमेरिकाको पर्फ्युम किन्ने छैनौ न त जापानको टिसर्ट नै तिमि हाम्रो गाउको ढुङ्गेधारामा आफ्नो जिउको फोहोर मैला राम्ररी पखाल्ने छौ रंगिन पलहरूको काउकुती अनुमान गर्दै मेरो प्रतिक्षामा रहने छौं।
उहि तिम्रो जिबनसाथी

तपेन्द्र उर्फ कमरेड ‘तुफान’
याे स्टाेरि कथा मैले साभार गरेकाे हुँ थाहा छैन यस स्टाेरिका लेखक काे हुन यदि कसैलाई यि लेखकका नाम थाहा भए मलाई भन्नुहाेला म पस्टसँग वहाँकाे बाईलाईन राख्ने छु ।
।iladharkoirala18@gmail.com

No comments: