मुटु भरिको माया तिमीलाई जन्म जन्म भरिलाई मात तिमिलाई । आज म आस्था को कमजोर बैशाकी टेकी जिन्दगीको अस्पस्ट गोरेटोमा अज्ञात सम्भावना को खोजी गर्दै घिस्री रहेको छु ,त्यहा जहाँ म जस्ता हजारौ अभागि आत्मा हरु धेरै बर्षा देखी अथाक अथाक घिस्री रहेका छन । म चाँही घिस्री रहे को छु मात्र तिमीलाई पाउने आशा मा अनी तिमि सगै जीवन बाच्ने अटल विश्वाशमा ! सबै कुरा मिलेर अनी बाडेर सापटी र पैचो लियर पनि चलाऊन सकिन्छ तर एउटा कुरा कसै सग पनि बाड्न सकिदैन र मिल्दैन पनि त्यो के हो थाहा छ ? म कुरा गर्दै छु जीवन साथीको बारेमा ।
हाे– आफ्नो जीवन साथी एक पलको लागि मात्र पनि अरु कसै पराईको लागि सोच्न मात्र पनि सकिदैन । त्यो नितान्त निजी हुन्छ कसै सग बाड्न मिल्दैन पनि । अनी त तिम्रो आत्मा मा कहिले कही मेरो बारेमा प्रश्न पनि उठ्दो हो । म यसलाई कहिले पनि नराम्रो सोच्दिन किन कि साच्चो माया ले खोज्ने विश्वाश नै यही हो । अनी मलाई नै पनि यस्तै लाग्छ आफ्नो मान्छे पराइ नबनोस । आज म जे जती लख्दै छु त्यो पनि तिम्रै विश्वाश जित्नलाई नै हो म कहिले ईमेल आइडि दिनु तयार हुन्छु कहिले फेसबुक अाईडि अनि पासवड पनि किनभने अाखिर मेराे सर्बथाेक श्रिसम्पति नै त तिमि हाेउ नि । अनि तिमिलाई बिश्वास नगरि कसलाई बिश्वास गरूत मेलै ………. ।
यसको एउटा मात्र मग्सद हो तिम्रो माया निरन्तर निरन्तर पाइ रहु अनी अर्को कुरा साच्ची नै तिमी भन्दा मेरो लागि कुनै अरु ठुलो कुरा छैन । यस्को लागि म जुन सुकै अग्निपरिक्षा दिन पनि तयार छु । यो हिजो पनि थियो र बाचुन्जेल रही रहने छ मात्र तिम्रो लागि मात्र । अतित को पाना हरुमा तिमी सगको स्वर्णिम पलहरु सुनै सुनले लेखियको छन । हामी भोली पर्सी भेट भएर कुरा गर्दा पनि त्यतिनै रमाइलो लाग्नेछ जती रमाइलो आज लागि रहेको छ । तिमी सग मेरो गहिरो माया मात्र होइन अती गहिरो माया बस्यो । यो माया को लागि मैले दिएको बचनहरु त्यतिन्जेल बाचि रहने छ जतिन्जेल म आफु बाच्ने छु । यो कुरा त सच्चाइको कसिमा रघेटिदा मात्र थाहा हुने छ । त्यती बेला सबै पर्द खुल्ने छ । हामी पल पल हाम्रो सपना को मन्जिल तिरै लम्की रहेक छौ । सेकेण्ड सेकेण्ड गर्दै बित्दै छ समयहरु । जुन समयले हामीलाई हिजो छुट्टायको थियो त्यो समयले नै भोली भेट्टाइ दिने छ । जुन दोबाटोले हामीलाई अलग गरेको थियो त्यही बाटो ले हामीलाई मिलाउने छ । यही हो साच्चो कुरा यसलाई नै हामीले पनि कुर्नु पर्छ है । मेरो जीवन त तिमीलाई नै समर्पन गरी रहेको छु तर आज को रात चाँही बिशेष समर्पन गरे तिम्रो नाम मा । आज निद्रा देबी को काख मा मेरो आँखाले बास लिन सकेन । गुर्लुम्मा सिरक ओढेर जती नै निदाउन खोजे पनि पटक्कै निद्रा लागेन । अनी म आँफै आफ्नो कल्पना मा म रमाउन थाले । सुनेको थिय – ”कल्पना यथार्थ भन्दा जहिले पनि अघाडी हिन्छ रे ” हुन पनि हो नै रहेछ जस्तो पनि लाग्यो । हामी पुग्नु भन्दा धेरै पहिले चाहना र कल्पना नै त पुगेको हुन्छ होईन त ? यस्तै यस्तै सोच्दै कोल्टे फेर्छु । तिमिलाई कस्ले पो छेक्न सक्छ र ? म कल्पना मा नै रमाउन लाग्छु । चिसो रातहरुमा म मात्र हुन्छु । यो चिसो को समय मा म तिम्रो न्यानो काख लाई सिरानी बनाउन पाए कती आनन्द आउने थियो होला । मेरो अगालो भरी तिमीलाई कस्न पाए कती मज्जा हुने थियो होला ? अनी मन मा बेग्लाई किसिम को मिठो अनुभुती भयो । मैले तिमीलाई भेटे जस्तो पनि लाग्यो । तिमीले पनि कती रातहरु यसरी नै कल्पना गरेर बिताएकी छौ त्यो पनि मलाई थाहा छ । सबै भन्दा ठुलो कुरा त तिमिलाइ मेरो मायाले मेरो सामुमा नै धेरै पल्ट रुवायको छ। यो मैले कहिले पनि भुल्ने छुइन नि । मायाले एकले अर्काको साथ खोज्दो रहेछ एकान्तमा समिप्यता खोज्दो रहेछ । मेरो हिजोको सारा रातको लागि समिप्य भयर मिठो साथ दियौ अनी त मैले भने – आज को रात तिम्रो लागी बिशेष बिशेष समर्पन अनी धेरै धेरै धन्यवाद पनि छ तिमीलाई ।

No comments:
Post a Comment