जिन्दगीमा पिडाहरूले पनि असहिय पाइदो रहेछ | आफ्नै मन, मस्तिष्क अनि आफ्नो शरिरले थाम्न नसक्ने गरि पनि | कहिले आफ्नो रगतको नाताले पनि घात गर्छन त कहिले रगतको नाताभन्दा बाहिरको मानिसले नै | झन् जोडेका नाता तोड्नेहरुले त मुटुमा बज्रपातनै खसाउछन् | लाग्छ घरि-घरि संसारको कुनै मानिस भन्ने प्राणीसंगको नाता सधै सधैको लागि त्यगी दिऊ तर फेरी सोच्छु, अह हुदैन मैले छोटो बुद्धि गर्नु हुदैन |
जिन्दगीमा यति घात, पीडा अनि आशु नपाए के जिन्दगी र ? सधै सधै खुशी हाँसो र मोजमस्तीमा रमाउने मानिसलाई के थाहा दुख, पीडा अनि धोकाको अनुभूति | जब तिनीहरुलाई दुख पर्छ, त्यतिखेर उनीहरु बाच्न सक्दैनन् र आत्महत्या गर्न पनि पछी पर्दैनन् | दुख पाई राख्नेहरुलाई मर्न भन्दा बाच्न ग्राहो हुन्छ | यो कुरा सत्य नै हो मानब जीवनको मरण एक दिन निश्चित छ तर मानिसहरु किन स्वार्थी बन्दै गइरहेका छन् | जाबो एक गास मिठो खान र एक सरो राम्रो लाउनलाई किन यत्रो इनाम चुकाइ रहेका छन् | धन, रुप, मोज, मस्ती, यी सब के हो ? यति हो जिन्दगी ? अहिलेको समयमा मानिसहरुलाई किन साचो मायाको खाचो छैन | किन पबित्र मायालाई माटो मुनि लत्याएर हिड्छन् | हुनत अचानोको पीडा खुकुरीलाई कहाँ थाहा हुन्छ र | यो युग नै स्वार्थी युग भएपछी यहाँ पाप, धर्म, माया, घ्रीणा, जन्म, मृत्यु त सामान्य नै भइसक्यो | आफ्नो मानो भर्न पाए पछी कसलाई कस्को वास्ता छ र ? …………………ती गहिरा चोटहरुले पोल्ने मुटु पनि दबाएर हिड्नुपर्छ जिन्दगीको गोरेटोमा अनि मात्र जिउन सकिन्छ | नभए खाली पिडा, घात अनि छलकपट मात्रै पाइन्छ | माया भन्ने चिज पनि कस्तो कसैलाई मिलन रे कसैलाई बिछोड | मिलन हुन्छ आजकलको मायामा, कसैलाई धन, सम्पति अनि रुपको कारणले अनि बिछोड हुन्छ यसकारण मायामा….. धन नभएर, रुप नभएर अनि मायाको मुल्य नबुझेर | मार्छ मायाले मान्छेलाई मार्छ, खरानी पार्छ | नझरेको पात पनि रुखबाट झर्दिन्छ अनि उडाएर लान्छ खोजेर पनि भेट्न गाह्रो छ, यो माया भन्ने शब्द | माया पीडा हो ? माया मानिसलाई पशु बनाउने तरिका हो ? कि माया त्याग हो ? जे भएपनि अरुको मनलाई टुक्रा-टुक्रा पारेर बाच्ने मानिस सयौ सयौ वर्ष बाच्छन् भन्ने छैन |
No comments:
Post a Comment