लिलाधर कोईराला
चैत्र–२८,खरिवोट , गोरखागोरखाको खरिवोट गाविस जिल्लाको ३४ औँ गाविसको रुपमा खुल्ला दिसामुक्त घोषणा भएको छ । गाविसमा भएको कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायण प्रसाद आचार्यले गाविसलाई खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभएको हो । गाविसमा रहेका पाँच सय ३१ घर धुरिमा शौचालय निर्माण भएपछि खुल्ला दिसामुक्त घोषणा गरिएको स्थानीय खरिबोट सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष चुडामणि ढकालले जानकारी दिनुभयो ।
२०६६ साल देखि सक्रियता देखाएका थियौ हरेक कार्यक्रममा ओडिएफको कुरा पहिला नम्बरमा आउँथो स्थानिय नेपालि काँग्रेशका गा..िब.स प्रतिनिधि कालिका धितालले भन, अब बल्ल ढुक्क हुने भयो । पञ्चे बाजा सहितको ¥यालि, लोकप्रिय भजन सहितको टोलि अनि स्थानिय बासिन्दाहरुले ठुलो मात्रामा उपस्थित रहेको खरिबोटलाई खुल्ला दिसामुक्त क्षेत्र गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ४०० थान शौचालय निर्माण गर्न पेन दिएपछि स्थानिय आफै जागरुक भएका हुन् स्थानिय बुद्धिजिबि बोदप्रसाद धितालले भने । स्थानियकाको सहयोगले सबै काम पुरा हुन्छ भन्न्ो मान्यता गोरखाको खरिबोट बासिन्दाहरुले देखाईदिएका छन् । बि.स २०६६ साल देखि गा.बि.सलाई खुल्ला दिसामक्त क्षेत्र घोषण गर्ने कार्य तर्फ अगि बढिरहेता पनि डिस एगिभाज्टेट ग्रुपमा परेको थियो तर त्यसलाई हामीले करिब ३ महिनामा नै पुरा गरिदियौ प्रभा मा.बिका प्रधानाध्यपक दिपक दवाडिले भने ।
गाविस सचिव मित्रलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कृष्ण वहादुर कार्की, खानेपानी कार्यलयका इन्द्र प्रताप वोहोरा, जिविसका लेखा अधिकृत भिमार्जुन ज्ञवाली, नेपाली कांग्रेसका मान पंसाद धिताल, नेकपा एमालेका गिरिधरी सापकोटा, एकीकृत माओवादीका इलाका सदस्य भरत धिताल, नेकपा माओवादीका डिलवहादुर भुजेल , भिम वहादुर तामाङ, सुजता धिताल, दिल वहादुर सुनार, खुजिराम तामाङ्ग, दिपक दवाडी, शुरेश दवाडी ,नमराम तामाङ, लगायतले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment