विश्वको सबैभन्दा ठूलो टेलिभिजन हालै सार्वजनिक गरिएको छ। गत चैत ७ गते
अमेरिकाको पोर्ट वर्थमा सार्वजनिक गरिएको 'बिग हस'ले गिनिज बुक अफ वर्ल्ड
रेकर्डस्मा अहिलेसम्मकै सबैभन्दा ठूलो टेलिभिजनका रूपमा नाम दर्ता गरेको
हो। यसअघि सामसुङले गत वर्ष एक सय १० इन्चको टेलिभिजन बनाएको थियो।
यसको स्क्रिन दुई सय १८ फिट लामो र ९४.६ फिट चौडाइको छ। अन्य वस्तुसँग यसको तुलना गर्दा यो साततले घरभन्दा अग्लो र बोइङ ७६७ भन्दा लामो हुन्छ। यो एच एलईडी टेलिभिजनमा ४८ लाख पिक्सेल रहेको छ। पानासोनिक कम्पनीले तयार गरेको यो टेलिभिजन एक सय ४० डिग्रीको कोणबाट राम्ररी देख्न सकिन्छ।
तीन क्यामेरा भएको फोन
मोबाइल फोन कम्पनी एचटीसीले तीनवटा क्यामेरा भएको फोन सार्वजनिक गरेको छ। यसको नयाँ उत्पादन एचटीसी वन एम ८ मा तीनवटा क्यामेरा छन्। यसको अल्ट्रा पिक्सेल डुअल क्यामेरामा दुईवटा लेन्स रहेको छ।
यसबाट खिचिएको तस्बिरमा पृष्ठभूमिलाई अलग्गै सम्पादन गरेर दुईवटा तस्बिर बनाउन सकिन्छ। पछिल्लो समय आफ्नो तस्बिर आफैं खिच्ने सेल्फी प्रवृत्तिलाई ध्यानमा राख्दै यसको अघिल्लो क्यामेरा पनि पाँच मेगापिक्सेलको रहेको छ। यसको फ्रन्ट क्यामेरामा पनि फ्ल्यासको व्यवस्था छ।
यसको मेमोरी क्षमतालाई एक सय २८ जीबीसम्म बढाउन सकिन्छ भने ६ वटा युजर इन्टरफेसको व्यवस्था छ।

No comments:
Post a Comment