सामसुङले स्मार्टफोनको संसारमा नयाँ फोन सार्वजनिक गरेको छ। हालै नेपाली
बजारमा समेत सार्वजनिक भएको सामसुङको ग्यालेक्सी एस फाइभ स्मार्टफोन
प्रयोगकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय सेयर बजारमा सामसुङ इलेक्ट्रोनिक्सको घट्दो
मूल्यलाई यसको उत्पादन र वितरणले माथि उठाउने लगानीकर्ताहरूको अपेक्षा छ।
ग्यालेक्सी फोनको नयाँ संस्करणको पानी अवरोधक (वाटर रेसिस्टेन्ट) क्षमता,
सुधारिएको क्यामेरा, फिटनेस ट्र्याकिङजस्ता सुविधाले प्रयोगकर्तालाई
आकर्षित गर्नसक्छ। इन्टरनेसनल इलेक्ट्रो टेक्निकल कमिसनले यसलाई वाटरप्रुफ
फोनको सुविधा दिएको छ।
प्लास्टिक बढी भएको फोनको ब्याट्री परिवर्तन गर्न पनि सजिलो छ। सामुसङले
आफ्ना उत्पादनमा प्रयोग गरेमध्ये सबैभन्दा पछिल्ला प्रविधिलाई यसमा प्रयोग
गरेको छ। यसमा रहेको फिंगरप्रिन्ट स्क्यानर र मुटुको ढुकढुकी नाप्ने
(हार्टरेट मनिटर) सुविधा भने त्यति प्रभावकारी नहुने प्रविधि समीक्षकहरू
बताउँछन्। एप्पलले आइफोन फाइभ एसमा फिंगरप्रिन्ट स्क्यानर राखेपछि सामसुङले
पनि यस्तो सुविधा राखेको हो।
यसले फोन लक र अनलक गर्न सहयोग गर्छ। सामसुङ ग्यालेक्सीको अघिल्लो
संस्करणको तुलनामा फरक विषेशतामध्ये एक यही हो। यसको खस्रो किसिमको पछाडिको
कभर आकर्षक छ। तर, क्यामेरामा खासै विशेषता नभए पनि एचडीआर र सेन्सेटिभ
फोकस भने यसको आकर्षण हो।
ग्यालेक्सी एस फाइभमा करिब १३ सेन्टिमिटर लामो स्क्रिन छ भने १६ मेगा
पिक्सेलको पछाडि र दुई मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। फोटो ब्लर र
एनिमेसन सुविधा पनि यसमा उपलब्ध छ। २.५ गिगाहर्ज क्वाड कोर प्रोसेसर र
एन्ड्रोइड अपरेटिङ सिस्टमको सबैभन्दा नयाँ भर्सन ४.४.२ किटक्याट प्रयोग
गरिएको छ।
No comments:
Post a Comment