Saturday, May 4

ऊनि


कहिले काँही एकान्तमा
आइदिए नि हुन्थियो उनि
लुकी चोरी चोखो माया
लाई दिएनि हुन्थ्यो उनि
मेरै मुटु कि धड्कन तिमि
सुटुक्क धाएनि हुन्थ्यो उनि
हर रात तड्पाई मा बिताउदा
अंगालोमा बाँधेनि हुन्थ्यो उनि
तिम्रै याद ले आँशु झार्दा
कोमल हातले पुछेनि हुन्थ्यो उनि
बिपनामा त यस्तै भयो जिबन
सपना मै जवानी सुम्पे हुन्थ्यो उनि
छी! तपाई त कस्तो मान्छे भन्दै
सांचेको त्यो लुटाई दिए हुन्थ्यो उनि
सम्झना मा सिरानी च्यापी रुंदा
मनको भाका बुझाई दिए हुन्थ्यो उनि

No comments: