Wednesday, March 25
Monday, March 16
क्रान्ति गर्न तयार भए प्रचण्ड–वैद्यसँग एकता : विप्लव
गोरखा : नेकपा माओवादीका महासचिव नेत्र विप्लवले अग्रगामी क्रान्ति गर्न तयार भएमात्र एमाओावदी र वैद्य माओवादीसँग एकता हुने बताएका छन् ।
गोरखाको काफलडाँडामा आयोजित पार्टीकी पोलिटव्यूरो सदस्य उमा भुजेलकी आमा गर्भकुमारीको श्रद्धाञ्जली सभामा बोल्दै महाचिव विप्लवले प्रचण्ड र बाबुरामले जनतासँग गरेको बाचा पूरा गर्न अग्रगामी क्रान्तिका लागि तयार भएमात्रै उनीहरुसँग एकता सम्भव रहेको बताएका हुन् ।
Thursday, March 5
IAF sends C-130J aircraft to help clear Kathmandu runway after Turkish airliner crash-lands
PUBLISHED: 22:18 GMT, 5 March 2015 | UPDATED: 22:18 GMT, 5 March 2015
India responded swiftly to a request from Nepal to clear the blocked runway of the busy Kathmandu airport following the crash landing of a Turkish airliner.
An IAF special operations aircraft C-130J was dispatched with an accident recovery kit from New Delhi to Kathmandu on Thursday, after Nepal sought urgent assistance.
The officials said the assistance request was placed at around 7pm on March 7, and the message was immediately forwarded to Hindon-based C-130J unit.
Nepal sought India’s assistance after the crash-landed Turkish flight (above) blocked the Kathmandu airport runway
The crew waited for the accident recovery kit, arranged by the directorate general of civil aviation, to arrive from Mumbai. The kit was required to clear the runway blocked by a Turkish Airline Airbus after a landing accident.
Wednesday, March 4
माइक्रोसफ्टको यूनिभर्सल फोल्डेबल किबोर्ड अायो
माइक्रोसफ्टले सबैभन्दा पहिले आईओएस, एन्ड्रोइड र विन्डोजमा काम गर्ने पहिलो यूनिभर्सल कि-बोर्ड गत सेप्टेम्बर मा सार्वजनि गरेको थियो । अब कम्पनीले यस किबोर्डको नयाँ भर्शन लिएर आएको छ ।जसलाइ तपाइँले फोल्ड गरेर राख्न सक्नुहुन्छ ।माइक्रोसफ्टको ‘यूनिभर्सल फोल्डेबल किबोर्ड’ ओरिजनल कि-बोर्ड जस्तैनै रहेको छ र यसमा ब्लूटूथ कनेक्टिभिटी पनि छ, जसमा यसले कयौं अन्य डिभाइसेजका साथमा काम गर्न सक्दछ । तर यसमा विन्डोज बटन (की) भने छैन। यस किबोर्डको ओरिजनल भर्शन फोल्ड हुदैनथ्यो । तर यस भर्शनमा यसमा लगाइएको म्यागनेट्सको मद्दतले तपाइँले यसलाइ फोल्ड गरेर राख्न सक्नुहुन्छ र जहासुकै पनि लान सक्नुहुन्छ ।
यस किबोर्डमा माइक्रोसफ्टले आफ्नो फङ्क्शन किज राखेको छैन तर अडियो कन्ट्रोल्स, सर्च फङ्क्शनालिटी र अन्य प्रयोगका लागी एउटा फङ्क्शन कि भने राखेको छ । यो किबोर्ड दुइ डिभाइसेजसंग एक-साथ पेयर गर्न सकिन्छ र दुबैको बिचमा एक टचबाट यसलाइ स्विच गर्न सकिन्छ ।
यस किबोर्डका साथमा तपाइँको ट्याबलेट वा फोनका लागी कुनै स्ट्याण्ड भने आउँदैन तर यस लाइटवेट किबोर्ड र फोल्डेबल एबिलिटी का कारण यसलाइ तपाइँ जहाँ पनि सजिलै बोकेर लैजान भने सक्नुहुन्छ । ब्याटरी लाइफका बारेमा अहिले केही बताइएको छैन तर यसको एकातिर चार्ज गर्नका लागी माइक्रो यूएसबी कनेक्टर भने रहेको छ । यो निकै पातलो छ र लाग्दछ कि सफ्ट मेटेरियल डेस्कमा टाँसिन्छ तर खस्दैन ।कुनैपनि कफी शपमा बसेर तपाइँ आफ्नो ट्याबलेट वा फोनबाट केही ई-मेल्स लेख्नका लागी यो एक पर्फेक्ट एक्सेसरी हुन सक्दछ । माइक्रोसफ्टले विन्डोज डिभाइसेजका लागी निकै उत्कृष्ट किबोर्ड्स र माउस बनाएको छ । यदि कम्पनीले आईओएस र एन्ड्रोइडका लागी पनि राम्रो किबोर्ड्स बनाउँदथ्यो भने उसलाइ निकै फाइदा हुन सक्दथ्यो ।
माइक्रोसफ्टका अनुसार उसले यस किबोर्डको मूल्य ९९.९५ डलर लगभग ९ हजार ८ सय नेपाली रूपैयाँ हुने जनाएको छ । कम्पनीले यस डिभाइसलाइ आगामी जुलाई महिनामा रिलीजगर्ने जनाएको छ ।
Subscribe to:
Comments (Atom)