Sunday, February 1

जनहितका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को अनुरोध :

विगत केही समयदेखि विभिन्न विदेशी नंवर (‌+92- पाकिस्तान, +61- अष्ट्रेलिया, +60- मलेसिया, +46- स्वीडेन लगायतका कोड नंवर भएका देश) बाट नेपाली मोबाइल तथा ल्याण्ड लाइन फोनमा विशेषगरी हिन्दी भाषामा कल गरी "तपाईंलाई ठूलो रकमको चिठ्ठा परेको छ" भनी प्रलोभनमा पारी उक्त रकम प्राप्त गर्ने प्रकृयाका लागि नेपालका विभिन्न बैंकको खाता नंवरहरु दिई उक्त खातामा केही रकम जम्मा गर्न लगाई सो खाताबाट रकम झिकी ठगी गर्ने गिरोह नेपालभर सकृय रहेको पाइएको छ । त्यस्ता गिरोहको प्रलोभनमा परी केही व्यक्तिहरुले भने बमोजिमको रकम जम्मा समेत गरिदिई ठगिएको भनी विभिन्न प्रहरी कार्यालयमा तथा केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत उजुरी पर्न आएको छ । यसरी विदेशी तथा नेपाली नंवरहरुबाट कोही कसैले उल्लेखित व्यहोरा सहित फोन गरेमा प्रलोभनमा नपर्नहुन तथा त्यस्तो फोन आएमा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न हुन समेत अनुरोध गरिन्छ ।

 केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)

No comments: