सुरज क्षेत्रि- बुटवलहाल- मलेसिया
काम गर्दा गर्दै हात काटेर रोऐ
फेरि अाज दुखि मन फाटेर रोऐ
सोधदै थियो घर बाट कस्तो छ
भनीसन्चै छु अामा ढाटेर रोऐ
कोही छैन अाफनो मर्म बुझी दिने
सपना संगै बेदनाहरु साटेर रोऐ
मनको पिडा भुल्न लाई मैले अाजपिए
अनि नशा लागि मातेर रोऐ
जस्को नि यहाँ उसतै छ बयथा
सोचे अनि जिउछु भनि अाटेर रोऐ

No comments:
Post a Comment