Saturday, February 21

भ्यालेन्टाइनको भूईंचालो

सुमित्रा भट्टराई


प्रेम दिवस । १४ फेब्रुअरी । जसको स्वागतमा शहर केही दिनदेखि राताम्य भइरेकाे छ । दुलही झैँ सिँगारिएका छन् प्रत्येक गिफ्ट पसलहरू । बजारमा जे हे¥यो त्यही प्रेमिल लाग्ने । प्रत्येक पत्रपत्रिकामा, फेसबुकका भित्ताहरूमा, मोबाइलका इनबक्समा, प्रत्येक समुह–झुण्डहरूमा । के–के मा मात्र होइन । चारैतिर चर्चा छ ‘भ्यालेन्टाइन डे’ कै । लाग्छ यो वातावरण नै प्रेमिल बनेको छ । 

आखिर त्यस्तो किन नहोस् युवा बिशेष पर्व जो नजिकिइरहेछ । मनमा ठुलो ब्यग्रता राखेर पर्खिरहेका हुन्छाै प्रेम दिवस । हामी यति आसक्त भैसकेका छौँ कि बरू केहि दिनपछि तुरुन्तै आउने प्रजातन्त्र दिवस भुल्छौ तर प्रेम दिवस भुलिएला भन्ने पिरले दुइ महिना अघिदेखि क्यालेण्डर रंगाउँछौँ । सके नयाँ क्यालेण्डर किन्ने बित्तिकै ‘भ्यालेन्टाइन डे’ को तिथि खोज्छौँ । ज्यान जाला भुल्दैनौँ प्रेम दिवस ।
यसैबेला गुमनाम राेमियो र जुलिएटको प्रेम सम्झिन्छ विश्वले । उघारिन्छन् हिर र राँझका कथा, खोतलिन्छन् लैला र मजनुका कहानी । अनि तीनैपात्र माझ आफु र आफ्ना/आफ्नी राखेर तुलना गर्छन् । कसैले रोमियो र जुलिएटको भन्दा गहिरो प्रेममा परेको महसुस गर्छन् । प्रत्येकका आफ्ना आफ्नै योजना छन् प्रेम दिवसमा । प्रेममा नपरेकाहरुले कसैलाई प्रेम प्रस्ताव राख्ने योजना त प्रेममा परेकाहरूले के उपहार दिने भन्ने योजना । थुप्रै उत्सुकता र कौतुहलता बोकेर आउने प्रेम दिवस फर्केर जाँदा कसैलाई खुसी छोडेर जान्छ त कसैलाई आँसु । 
प्रेम प्रस्ताव स्वीकारिए, भनेजस्तो उपहार भेटे प्रेम दिवस फलादायि हुने । यदि त्यसो नभए प्रेम दिवस नै फिक्का पर्ने अड्कल गर्छन् प्रायः । प्रेम दिवसको शुभ साइत पारेर मनले खाएकासँग मनको पोको फुकाउने अर्थात् प्रेम प्रस्ताव राख्ने भेटिन्छन् धेरैजसो । त्यही भएर त केही कमजोर मुटु भएकाहरुले प्रेम प्रस्ताव स्वीकारिएन भने हातै काट्ने, आत्महत्याको बाटो रोज्ने गर्दछन् । हो, संसार प्रेममै अडिएको छ । 
प्रेम त्यस्तो दह्रो चिज हो जसले दुई दुस्मनलाई समेत असल मित्र बनाउन सक्छ । कसरी भयो त भ्यालेन्टाइन डेको सुरुवात ?  कौतुहलता राख्नेलाई सुरुवाती प्रशंग यस्तो रहेछ । सन् २७९ तिर रोमका सेन्ट भ्यालेन्टाईनले तत्कालिन समयमा त्यहाँका सैनिकमाथि लगाइएको विवाह गर्न नपाउने भन्ने प्रतिबन्ध फुकुवा गरे । त्यहि प्रतिबन्ध फुकुवा गरेको कारणले नै उनलाई फेब्रुअरी १४ का दिनमा मृत्युदण्ड दिइयो ।
त्यसपछिका पछिल्ला समयमा उनलाई मृत्युदण्ड दिएको दिन, त्यही फेब्रुअरी १४ लाई प्रेम गर्नेहरूको दिवस अर्थात भ्यालेन्टाइन डे को रूपमा मनाउने प्रचलन बस्यो । 
पश्चिमा मुलुकहरूमा मनाउने गरिएको प्रेम दिवस हाल नेपालमा पनि मनाउने क्रम ह्वात्तै बढेको छ । सँचार बिभिन्न माध्यमको विकास भएसँगै आगन्तुक चाडहरूको वर्चश्व बढेको छ हामीकहाँ । आफ्नो स्वार्थको लागि हिँसात्मक प्रतिस्पर्धा गर्न समेत पछि नपर्ने बर्तमान बिश्वमा प्रेम दिवसले एक आपसमा सुमधुर सम्बन्ध स्थापना गर्दछ भने सह्रानिय कुरो हो । तर के एक अर्कालाई प्रेम गर्न कुनै आइतबारै चाहिन्छ ? 
प्रेम एक युवा र युवतिबीच मात्रै नभइ सबैको सबैसँग हुन्छ । आमाबाबु र सन्तानबीच, दाजुभाइ र दिदी बहिनीबीच, गुरु र शिष्यबीच आदी । त्यही प्रेमकै कारणले एक अर्काबीच बिश्वासको वातावरण बन्छ । अनि दरिला बन्दछन् ति साइनाहरू । १४ फेब्रुअरी, युवायुवति बिशेष पर्वका रूपमा मात्र कायम नभई समाजमा सकारात्मक सन्देश दिने पर्वका रूपमा रहोस भन्ने उद्धेश्यले भारतको छत्तिसगढ राज्य स्थीत भा.ज.पा.(भारतिय जनता पार्टी) सरकारले यसैबर्षदेखि राज्यभित्रका विद्यालयहरूमा भ्यालेन्टाइन डे लाई ‘मातृ–पितृ’ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । 
यसैसाता गरिएको सो निर्णयलाई सकारात्मक निर्णयका रूपमा लिन सकिन्छ । चाडको बास्तविकता ओझेल पार्दै गोजी नछामी तडक् भडक् शैलीमा चाड मनाउन तम्सनेहरूलाई गतिलो झापड हो यो । दिल्लीमा अरविन्द केजरीबाल नेतृत्वको आम आदमी पार्टी (आप)ले अत्याधिक बहुमतका साथ विधानसभाको चुनाव जित्ने बित्तिकै गरिएको भा.ज.पा.को यो निर्णय राजनितीक लोकप्रियता बचाइ राख्नका लागि भएझैँ देखिएपनि निर्णयले दिएको सन्देश अर्थपुर्ण र सम्मानजनक छ । 
आशा गरौँ यस्ता निर्णयले फेब्रुअरी १४ आउनु सात दिन अघिदेखि नै प्रपोज डे, रोज डे, चकलेट डे, प्रमिस डे आदि यावत् नाममा ‘भ्यालेन्टाइन विक’ मनाउनेहरूलाई सोच्न बाध्य तुल्याउँछ । प्रेम दिवस मनाउनु राम्रो हो तर सेन्ट भ्यालेन्टाइनले बसालेको पवित्र प्रथालाई रूपान्तरण र परिमार्जन गर्दै वास्तविकता ओझेलमा पार्नु कदापि राम्रो हुन सक्दैन । 
सेन्ट भ्यालेन्टाइनले शरिर त्यागेर बसालेको प्रचलनलाई सुखद रूपमा किन नमनाउने ? फेरि किन कसैले प्रेम प्रस्ताव गरेन वा स्वीकार नगरेको निहुँमा आत्महत्याकै बाटो रोजेर आफुलाई दोस्रो भ्यालेन्टाइन बनाउन किन तम्सिने ? मैले प्रेम दिवसको विरोध नगरी सुखद रूपमा मनाउनु पर्ने प्रेम दिवसले छोड्ने दुखःद परिणमको बिरोध गर्दैछु । 
प्रेम दिवसमा कोही नभएका कारण बिरत्तिनेले यो कुरा सोचे हुन्छ की यहाँ कुनै कुरा पनि दिगो छैनन् । जब हामी आँफै मृत्यू नामको सत्य बोकेर जन्मिएका छौ। हाम्रै जीवन ओइलिएर झर्छ एकदिन भने हामीले बनाएका साइनो र सम्बन्धहरू पनि त्यस्तै त हुन् । जसको भर हुन पनि सक्छ र नहुन पनि । अनि एकजनाले प्रेम अस्वीकार गरेकै कारण बहुमुल्य जीवन तिलाञ्जली दिनु भनेको मुर्खता शिवाय केहि होइन् ।
आशा राखाै, प्रण गरौँ, प्रेम दिवस राम्रो रहोस भनेर नकि कसैका लागि बलिदान दिने भनि । भागदौडपूर्ण जीन्दगीमा प्रेम दिवसले एकअर्काबीचको साइनोमा नयाँ आयाम थपोस् । एकअर्काप्रतिको रिसराग र जलन हटेर जाओस् । जुनसुकै सम्बन्ध किन नहुन ति अझै प्रेमिल बनुन् । अझ सके त हरेक क्षण, हरेक दिन प्रेमिल बनुन्, बर्षै प्रेमिल बनोस् अनी जिवन नै प्रेममय होस् । 
आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे मा आउने भ्यालेन्टाइनको भुर्इंचालोले खुसी छोडेर जाओस् हामीमा । सबैलाई प्रेम दिवसको लाखौँलाख शुभकामना ।
सार्वजनिक बसमा कतै जानेक्रममा थिएँ म । म भन्दा अघिल्लो सिटमा बसेका युगल जोडीमध्ये युवतिले यसो भनिन् । उसले उसको प्रेमीलाई कसैले केही किनिदिन लागेको खबर मात्र सुनाएकी थिइनन् । आफुलाई पनि त्यसैगरि उपहार चाहिएको लालसा प्रकट गरेकी थिईन् । यो संवादले भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस नजिकिएको भान गराइरहेकाे थियाे । “तिमले थाहा पायाै, प्राश्नाको ब्वाइफ्रेण्डले त भ्यालेन्टाइन गिफ्टमा गोल्डेन चेन दिने भएछ नि !” 

No comments: