सुवास कँडेल |
फोटो :हेलिकोप्टरबाट ओर्लिँदै प्रधानमन्त्री सुशील कोइराला । फोटो : सुवास कँडेल
बागलुङमा एक सय ८ फिट अग्लो कलश र पाँच हजार ५५ किलोको महाघण्टी
बागलुङ : बागलुङ नगरपालिका ८ को पञ्चकोट धाममा शनिवार एक सय ८ फिट अग्लो तामाको कलश र पाँच हजार ५५ किलोको महाघण्टी निर्माण सुरु भएको छ ।
विश्वशान्ति धनधान्यान्चल धवलागिरि विराट महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको नवौँ दिन शनिबार प्रधानमन्त्री सुशिल कोइरालासहित सरकारका उच्च पदस्थ व्यक्तिले कलश तथा घन्टीको शिलन्यास गरेका हुन्। शिलन्यासका लागि प्रधानमन्त्रीसहित विभिन्न दलका नेता तथा मन्त्रीहरु सातवटा हेलिकोप्टर चार्टर गरी त्यहाँ पुगेका थिए।
विराट महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव फागुन १ गते देखि सुरु भएको हो। अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामि कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाईमा पञ्चकोट धामलाई केन्द्र बनाई धवलागिरि अञ्चललाईनै धार्मिक केन्द्रका रुपमा विकास गर्ने लक्ष सहित विभिन्न धार्मिक अभियान संचालन गरिएको छ ।
उक्त कलश तथा महाघण्टीको प्रधानमन्त्री सहित १० हजार पाँच सय ५५ जनाले सामुहिक संकल्प मार्फत शिलन्यास गरेका थिए।
नेता बोकेर बागलुङ पुगेका दुर्इ हेलिकोप्टर
कार्यक्रममा प्रधानन्त्री कोइरला, गृहमन्त्री बामदेव गौतम, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि, सिंचाई मन्त्री एन पि साउद, नेकपा एमाले अध्यक्ष केपि ओलि, काँग्रेस नेता प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, कृषि मन्त्री हरिप्रसाद पराजुली, भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय, एमाओवादी प्रवक्ता दिननाथ शर्मा, काँग्रेस नेतृ सुजाता कोइरला सात ओटा हेलिकोप्टर चार्टर गरी धाममा पुगेका थिए ।
यी सवैलाई आयोजकलेनै काठमाडौं देखि यहाँ सम्म हेलिकोप्टरको व्यवस्था गरेको थियो। कार्यक्रममा सरकारका विभिन्न मन्त्रालयमा रहेका सचिव तथा सहसचिवहरु पनि सहभागि थिए।कलश शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री शुशिल कोइरलाले नयाँ संविधानमा सबैको पहिचालाई सुरक्षित गर्ने बताए। उनले सबै धर्मको संविधानले संवोधन गर्ने बताए।
प्रधानमन्त्रीको स्वागत गर्दै मुक्तिनाथ बाबा
‘नेपाल धार्मिक विविधता भएको मुलुक हो’, उनले भने, ‘यहाँ हिन्दु धर्मालम्वी धेरै भएपनि सबैको सम्मा संविधानमा हुन्छ।’ उनले धार्मिक पर्यटन मार्फत देशमा आर्थिक प्रगति गर्नुपर्ने बताए।
कार्यक्रममा गृहमन्त्री वामदेव गौतमले आयोजकले सरकारलाई नै उपस्थित गराएर नमूना काम गरेको बताए। उनले सरकारले यो क्षेत्रका विकास लागि सहयोग गर्ने बताउँदै आफ्ना १५ दिनको तलब महायज्ञलाई सहयोग गरेका थिए।
यस्तै व्यवसायी अजयराज सुमार्गीले उक्त कार्यका लागि एक करोड ५५ लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेका थिए । एमाले अध्यक्ष ओलीले देशकै रमणिय ठाउँमा नमूना काम भएको बताउँदै २५ हजार रुपैया सहयोग गरेका थिए।

कार्यक्रममा सहभागी प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरु
देश तथा विदेशका विभिन्न स्थानमा धार्मिक विकासमा योगदान गरेका स्वामी आचार्यको जन्मस्थान भान्सामा एक दर्जन भन्दा बढि योजनाहरु संचालन गर्ने योजना बनाइएको छ। करिब दुई अर्ब रुपैया अनुमानित खर्चको योजना बनाएर भौतिक निर्माणका कामहरु सुरु गरिएको स्वामी आचार्यले बताए।
उक्त स्थानमा तीन सय ६५ तुलसीका मोठ निर्माण, तीन सय गाईपालन गर्ने गौशला, एक सय आठ वर पिपल रोपि चौतारी निर्माण, स्थानीय पौराणिक महत्व बोकेका मुर्तिहरुको संरक्षण, कालिगण्डकीको जलसेचन, एक हजार क्षमताको धार्मिक सत्संग सभास्थल लगायतको व्यवस्था मिलाइने उनले जानकारी दिए।
उनका अनुसार दिर्घकालिन महत्व बोक्ने उक्त संरचना आगामि सात वर्ष भित्रमा पूर्ण रुपमा सम्पन्न भइ सक्नेछन्। ती सबै काम सकिएपछि भान्सा धार्मिक पर्यटनका लागि देशकै नमुना क्षेत्र बन्ने विश्वास लिइएको छ।
उनका अनुसार दिर्घकालिन महत्व बोक्ने उक्त संरचना आगामि सात वर्ष भित्रमा पूर्ण रुपमा सम्पन्न भइ सक्नेछन्। ती सबै काम सकिएपछि भान्सा धार्मिक पर्यटनका लागि देशकै नमुना क्षेत्र बन्ने विश्वास लिइएको छ।
विश्वभर शान्तिको सन्देश दिर्दै पर्यटकलाई आकर्षण गर्नका लागि निर्माण विश्वशान्ती कलस र महाघण्टीको निर्माण योजना अघि सारेको उनले बताए। ‘पहिलो चरणमा विश्वशान्ति कलश निर्माण गर्ने योजना बनाएका छौँ’ पर्यटन महोत्सव मुल समितिका संयोजक नगेन्द्रराज आचार्यले भने, ‘अञ्चलको पर्यटन प्रवद्र्धनका लागि उक्त योजना कोशेढुंगा सावित हुनेछ ।’
कार्यक्रमस्थलमा जाँदै प्रम कोइराला
जन्मस्थानमा आएर बाबाले धार्मिक अभियान चलाएपछि सबैले चासो दिएर सहयोग गर्न थालेको उनले जानकारी दिए। ‘भान्साको भौतिक विकास र पर्यटन विकासका लागि स्थानीयको एकता छ’, उनले भने, ‘सामाजिक एकताका कारण भौतिक निर्माण देखि धार्मिक अभियान चलाउन सजिलो भएको छ।’
सदरमुकामदेखि नजिक भएकाले बजारमा आएका धार्मिक पर्यटकलाई उक्त स्थानमै बास बस्ने व्यवस्था मिलाउने योजना समितिको छ । भारतका विभिन्न स्थानमा पुग्ने धार्मिक पर्यटकलाई यहाँ ल्याउने सकिने अपेक्षा सहित बाबाले योजना बनाएपछि स्थानीय सबैले सहयोग गरेको आचार्यले बताए।
तामाको पाता मार्फत कालिगण्डकी नदिको जलशेचन गर्ने लक्ष समेत योजनामा सावेश गरिएको छ ।
तामाको पाता मार्फत कालिगण्डकी नदिको जलशेचन गर्ने लक्ष समेत योजनामा सावेश गरिएको छ ।
‘आञ्चलिक धार्मिक क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनको केन्द्र भान्सालाई मानेर योजना बनाइएको हो’ आचार्यले भने, ‘कलश निर्माण स्थलबाट पश्चिमाञ्चलका विभिन्न सहर तथा हिमालहरु हेर्न सकिने भएकाले पर्यटन व्यवसाय फस्टाउने छ ।
आचार्यका अनुसार मुस्ताङको मुक्तिनाथ पुगेका पर्यटकलाई बागलुङको भान्सा, बागलुङ कालिका, म्याग्दीको गलेश्वर, पर्वतको गुप्तेश्वर लगायतका धार्मिक स्थल भ्रमण गर्नका लागि यातायातको सहज व्यवस्था मिलाइनेछ । समितिको योजना अनुसार बागलुङ बजार देखि भान्सा सम्म केबुल कार निर्माण गरी थप पर्यटकलाई भित्राइने छ।
अहिले कच्ची सडक र पदमार्गको व्यवस्था रहे पनि योजना अनुसार उक्त स्थानमा पर्यटकलाई सजिलै पुर्याउन सडकको स्तरोन्नती गरिने । सदरमुकामदेखि दुई घण्टाको पैदलयात्रामा उक्त स्थानमा पुगिन्छ ।
श्रीमुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यले च्यारिटेवल ट्रष्ट मार्फत सहयोग गरेको ५० लाख रुपैयाँले अन्य भौतिक संरचनाहरु निर्माण भइरहेको छन् ।कमलनयनआचार्यले जिल्लामा धार्मिक अभियान चलाएपछि यहाँका उद्यमी तथा व्यवसायीले समेत सहयोग अभियान चलाएका छन् ।

No comments:
Post a Comment