Sunday, February 22

ज्ञानेन्द्र र मबीच नारायणहिटीमा यस्तो सहमति भएको हो

krishna sitaulaज्ञानेन्द्रले जनतासँग आतमसमर्पण गरेका हुन्प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गर्ने नाममा उल्लेख गरेका केही द्विअर्थी वाक्यांशहरुप्रति मेरो ध्यानाकर्षण भएको छ ।
जनआन्दोलन उत्कर्षमा पुगेका बेला राजा र दलहरुबीच एक सूत्रीय समझदारी भएको थियो । त्यो हो विघटित प्रतिनिधिसभाको पुनस्र्थापना । त्यही समझदारी अनुरुप ज्ञानेन्द्रबाट २०६३ साल वैशाख ११ गते संसद् पुनस्र्थापनाको घोषणा भएको हो । जनआन्दोलनको म्याण्डेट सिरोधार्य गरेर ज्ञानेन्द्रले त्यो घोषणा गरेका थिए । त्यसअघि निरंकुश रातजन्त्रको आयु लम्ब्याउन ज्ञानेन्द्रको सरकारले जनतामाथि विभिन्न प्रकारका ज्यादति र बलप्रयोग गरेको थियो । ठूलो संख्यामा सडकमा उत्रिएर जनताले देशव्यापी शान्तिपूर्ण रुपमा निरंकुशताविरुद्ध विचार व्यक्त गरे । जनताको विचार र चाहनाका अगाडि ज्ञानेन्द्रले आत्मसमर्पण गरेका हुन् ।

पहिलो बैठकबाटै गणतन्त्र कार्यान्यवनहामीले पुनस्र्थापित संसदको पहिलो बैठकबाटै गणतन्त्रको विधिवत आरम्भ गरेका थियौं । संसद बैठकमा राजाको कुर्सी रहने व्यवस्था थियो । पहिलो बैठकले त्यो कुर्सी हटायो । राजासहितको संसदीय परम्परा हटराए राजारहित संसदीय प्रक्रियाको थालनी त्यही दिनबाट भएको हो । सामान्य विवेक भएका जो कोहीले सोच्न सक्छन् कि त्यसलेबा राजासँग कुनै समझदारी भएको भए राजतन्त्र जाने नै थिएन ।
ज्ञानेन्द्रसँग सहमति भएको थियो भने…तत्कालिन राजा ज्ञानेन्द्र र राजपरिवारका सदस्यका नाममा रहेका सबै दरबार र ऐतिहासिक महत्वका बस्तुहरु राष्ट्रिय करण गर्ने भन्ने राजनीतिक समझदारी भयो । सोही समझदारीका आधारमा जिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालिन मन्त्रिरिषद्ले राजा र राजपरिवारका नाममा रहेका सम्पूर्ण चलअचल सम्पत्ति राष्ट्रियकरण गर्ने जिम्मेवारीसहित गृहमन्त्रीका हैसियतमा मेरै नाममा समिति गठन गरेको थियो । समितिले तत्कालिन ‘महाराजधिराज’ का नाममा दर्ता भएका सबै सम्पत्ति नेपाल सकारका ल्याउने महत्वपूर्ण निर्णय गरेको हो ।
। यदि राजा रहने कुनै भित्री समझदारी भएको भए दरबारसहित राजाहरुको नियन्त्रणमा रहेका सबै एतिहासिक बस्तुहरु नेपाल सरकारको नियन्त्रणमा आउने थिएन । अर्को कुरा राजा वीरेन्द्र ंर उनको नाममा रहेको सबै चलअचल सम्पत्ति वीरेन्द्रको वंशनाशपछि तत्कालिन राजा ज्ञानेन्द्रको नाममा नामसारी गरिएको रहेछ ।
हामीले नेपाल ट्रष्ट बनाएर ती सबै सम्पत्ति ट्रष्टमा रहने व्यवस्था मिलायौं । तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा युवराज दीपेन्द्र र निराजनको नाममा भएका चलअचल सबै सम्पत्ति जो सुकैको नाममा नामसारी भएको भए पनि नेपाल ट्रष्टमा ल्याइनेछ र त्यो राष्ट्रको हितमा प्रयोग हुनेट भनियो । त्यसमा अरबौंको सम्पत्ति छ । गृहमन्त्रीको हैसियतमा मैले नै संसदमा ट्रष्ट स्थापना गर्ने प्रस्ताव लगेको हुँ ।
बनाएको हो । राजा रहने सहमति थियो भने यी सबै कुरा हुँदा ज्ञानेन्द्र किन चुप लागेर बसेका थिए ?
अन्तरिम संविधानमै व्यवस्था गरियो कि संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्यवन गर्नेछ । राजतन्त्र रहने र गणतन्त्रमा नजाने सहमति भएको भए संविधानमै किन गणतन्त्र कार्यान्वयनको कुरा कसरी उल्लेख हुन सक्थ्यो ? यति त्यसो भएको भए ज्ञानेन्द्रले सार्वजनिक रुपमा उतिबेला प्रतिवाद गर्ने थिए ।
नारायणहिटीमा ज्ञानेन्द्र भेट्दासंविधानसभाको पहिलो बैठकमा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद् बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव राख्यो । सर्वसम्मत रुपमा प्रस्ताव पारित भएको हो । राप्रपा नेपालका चार सभासदले मात्र फरक मत राखेका थिए । संविधानसभाबाट गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीको प्रतिनिधिका त्यसबारे ज्ञानेन्द्रलाई जानकारी गराउन म आफैं नारायणहिटी दरबार गएको हुँ । ज्ञानेन्द्रसँग मैले भेट्दा तत्कालिन मुख्यसचिव, गृहसचिव, केही सचिवहरु र ज्ञानेन्द्रका कर्मचारी पनि थिए । सुरुमा पाँच मिनेटजति परिचयात्मक कार्यक्रम भयो । त्यसपछि ज्ञानेन्द्रसँग उनकै इच्छाबमोजिम हामीबीच ‘वन टु वन’ कुराकानी भयो । ४५ मिनेटजति कुरा भयो । त्यतिबेलै मैले ज्ञानेन्द्रलाई पूर्वराष्ट्राध्यक्ष र उनले मलाई गृहमन्त्रीका रुपमा सम्बोधन गरेको हो ।
उनले त्यसबेला राजतन्त्र राख्नुपर्ने कुरा गरेनन् । जननिर्वाचित प्रतिनिधिको संस्थाले गरेको निर्णय स्वीकार्य छ भने । बरु उनका केही समस्या थिए । त्यसबारे मलाई गम्भीर रुपमा गुनासो राखे । अत्यन्त सहज र सरल भाषामा उनले केही समस्या राखे । जस्तो आफ्नी आमा मुमाबडामहारानी रत्न र उनको बासस्थान ‘महेन्द्र मञ्जिल’ बीच भावनात्मक सम्बन्ध रहेको र रत्नले बाँचुञ्जेल महेन्द्र मञ्जिल छाड्न नपाए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरेको बताए । सरला रानीको पनि छुट्टै भवन छ । त्यसलाई पनि कायमै राखिदिनुस् भने । आफू नारायणहिटी बाहिर गएपछि सुरक्षाको कस्तो प्रबन्ध हुन्छ भन्ने जिज्ञाशा थियो । मैले उनलाई त्यसको व्यवस्था सरकारले मिलाउने भएकाले चिन्ता नगर्न आग्रह गरें । तपाईंको
चासो र समस्या प्रधानमन्त्रीसँग राखेर सम्बोधन गर्छु भन्ने बचन दिएँ । त्यहीअनुसार अहिले सबै व्यवस्था भएको छ ।
ज्ञानेन्द्रलाई धन्यवादमैले त्यसदिन ज्ञानेन्द्र परिवर्तनप्रति सकारात्मक भएको अनुभव गरें । जनआन्दोलनको म्याण्डेट र जननिर्वाचित संविधानसभाको निर्णय शिरोधार्य र आत्मसात गरे । उनले गणतन्त्र कार्यान्वयनमा सकारात्मक रुपले सहयोगी भूमिका निर्वाह गरेका हुन् । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जननिर्वाचत संस्थाको विधिसम्मत निर्णय र जनताको म्णडेटअनुसारै भएको हो । त्यसमा कुनै छलछाम र षड्यन्त्र लुकेको छैन ।
नेपालको राजतन्त्रको अन्त्य संसारकै इतिहासमा सहज र सुखद रुपमा भएको हो । संसारमा राजजन्त्र वा निरंकुश बादशाहहरुको अन्त्य रक्तपातपूर्ण तवरले भएका घटना इतिहासमा छन् । कतिपय देशमा राजतन्त्रको अन्त्य भएपछि राजाहरुले मुलुक नै छाडेर भाग्नुपरेको दुःखद् घटना हामीले देखेका र सुनेका छौं । तर खुसीको कुरा नेपालमा त्यसो भएन । बिनारक्तपात अढाई सय वर्ष पुुरानो राजतन्त्रको विधिवत अन्त्य भएको हो । मैले ज्ञानेन्द्रलाई अन्तिम भेटमा भनेको थिएँ कि यो सबै नियतिको खेल हो । फेरि म त्यो कुरा स्मरण गराउन चाहन्छु । मैले ज्ञानेन्द्रकै अगाडि र बाहिर आएपछि पत्रकारहरुसँग कुरा गर्दा गणतन्त्र स्वीकार गरेकामा ज्ञानेन्द्रलाई विशेष धन्यवाद दिएको थिएँ । ज्ञानेन्द्रले संविधानसभाको
निर्णय सहर्ष स्वीकार गरेका छन् मैले भनेको थिएँ । नारायणहिटीबाट सिधै बालुवाटार पुगेर मैले प्रधानमन्त्रीलाई ज्ञानेन्द्रले गणतन्त्र स्वीकार गरेर रारायणहिटी दरबार खाली गराउने प्रतिबद्धता जनाएको जानकारी गराएँ । सहमतिअनुसारै ज्ञानेन्द्र अहिले पनि नागार्जुनमा र रानी रत्न महेन्द्र मञ्जिलमा बसिरहेको अवस्था छ ।
यसरी राजाको झण्डा हटाएर नेपालको झण्डा गाडियोसरकारले दरबारलाई राष्ट्रियकरण गरिसकेको छ । दरबारमा राजाहरुले नेपालको झण्डा नभई आफ्नै झण्डा राख्ने गरेका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजाको झण्डा हटाएर नारायणहिटीमा नेपालको झण्डा झण्डा पहराउनुभएको हो । गिरिजाप्रसादले ‘गणतन्त्र नेपालको राष्ट्रिय संग्रहालय’ लेखिएको साइनबोर्ट टाँस्नुभयो ।
त्यसयता नेपालको राजनीति सहज ढंगले अघि बढेको छ । गण्तन्त्रप्रति जनतामा अविश्वास र अनास्थाको भावना छैन । बरु त्यसप्रति सम्मान र स्वीकर्यता छ । जनताको म्याण्डेटअनुसार संविधानसभाको पहिलो बैठकबाट विधिवत निर्णय भएर गणतन्त्र कार्यान्वयनमा आएको हो । अहिले हामी गणतन्त्र संस्थागत गर्ने चरणमा छौैं । त्यसबारे कुनै तर्क वितर्क गर्न आवश्यक छैन ।
ज्ञानेन्द्रले आफैंलाई होच्याउने काम नगरुन्
आजको दिनमा म प्रष्टताका साथ भन्न चाहन्छु कि पूर्वराजा ज्ञानेन्द्र नेपालको सम्मानित नागरिकका रुपमा छन् । उनको हामी सबैले सम्मान पनि गर्नुपर्छ । किन भने उनले जनआन्दोलनको म्याण्डेट र संविाधानसभाको निर्णय आत्मसात गरेर गणतन्त्र कार्र्यान्वयनमा सहयोग गरेका छन् ।
जनताको निर्णयमाने बापतमा उनले जुन सम्मान प्राप्त भएको छ, त्यसलाई ज्ञानेन्द्रले होच्याउने काम गर्नु हुँदैन ।
कमल थापा नहौसिए हुन्छकमल थापाहरु आज राजतन्त्र चाहिन्छ भन्दै छन् । मेरो विश्वास छ कि विस्तारै उनीहरुले पनि यो कुरा छाड्ने छन् । ज्ञानेन्द्रलाई अनावश्यक रुपमा उक्साउने काम नगर्न मेरो उनीहरुलाई आग्रह छ । इतिहासको पानामा थिग्रिइसकेको राजतन्त्र अब कुनै पनि हालमा ब्युँतिन सम्भव छैन । राजतन्त्रका अन्तिम राजा ज्ञानेन्द्रले दिएको वक्तव्यबाट अनेक तर्क वितर्क ननिकालौं । कमल थापा निरंकुश राजा ज्ञानेन्द्रको अन्तिम कार्यालमा गृहमन्त्री थिए । त्यतिबेलाको सामिप्यता र भावनात्मक सम्बन्धका कारणले राजतन्त्र गएकामा उनलाई दुःख लागेको होला । उनको भावनामा परेको चोटबारे कसैले नकारात्मक रुपमा लिनु पनि हुँदैन । तर उनले के प्रष्ट बुझुन् भने इतिहासको रथ अब पछाडि फर्कन सम्भव छैन ।
ज्ञानेन्द्रको तत्कालिन सरकार वा दल कसैसँग अपारदर्शी समझदारी भएको छैन । प्रधानमन्त्रीको प्रतिनिधि र तत्कालिन गृहमन्त्रीका हैसियतमा मैले ज्ञानेन्द्रसँग गरेको समझदारी नै अन्तिम समझदारी हो । त्यो भनेको गणतन्त्र कार्यान्यवनमा सहयोग गर्दै नारायणहिटी खाली गर्ने ।
ज्ञानेन्द्रले देशको चिन्ता लिन पाउँछन्ज्ञानेन्द्र पूर्वराष्ट्राध्यक्ष र मुलुकको सम्मानित नागरिक हुन् । एउटा नागरिकले मुलुकका बारेमा चिन्ता गर्नु, देशको विकास, प्रगति र लोकतन्त्र मजबुत होस् भन्ने कामना गर्नु असल कुरा हो । यसको सबैले स्वागतै गर्नुपर्छ । पूर्वराजा र नेपाली नागरिकका हैसियतमा नेपालको समृद्धि, प्रगिति र विकास होस् भन्ने कामना गर्ने अधिकार उनलाई छ । तर कुनै पनि दृष्टिकोणबाट नेपालमा फेरि राजतन्त्र फर्काउँछु र शक्ति हत्याउँछु भन्ने सपना उनले नदेखे हुन्छ । सम्भव नभएको कुरा गरेर समय बर्बाद गर्ने काममा कोही नलाग्दा हुन्छ । संविधानसभाको निर्णय स्वीकार गरेर बढेको उचाई घटाउने काममा नलाग्न मेरो ज्ञानेन्द्रलाई विनम्र आग्रह छ । उनले राजतन्त्र गएकामा तत्कालिन समयमा कुनै दुखेसो गरेका थिएनन् । बरु खुसीका साथ पत्रकार सम्मेलन गरेर बिदा लिएका हुन् । पत्रकार सम्मेलनमा उनले आफूलाई जनताको निर्णय स्वीकार्य छ भन्ने घोषणा गरेकै हुन् । अरु कुनै समझदारी भएको छैन । जनतामा भ्रम फैलाउने काम कसैले गर्नु हुँदैन र कोही भ्रममा पर्नेवाला पनि छैन ।
Source- kathmandutoday

No comments: