आज सम्झनाले तड्पिरहदा छेवैमा रहेको कलम घिसारें। खाली कापिका पाना पल्टाएं । एकाबिहानै के भयो के ? मनमा अनेक तर्कनाहरु सलबलाए ।
शायद,
सपनिमा देखिएको तिम्रो झझल्कोले होला ।
ती पुराना यादहरुले होला | अनी शुरुवात गरें, लेख्न :: सात समुन्द्रपारिको यो परदेशबाट धेरै धेरैसम्झना तिमीलाई| आरामै त होला भनी आशा मात्र गरेको छु । भरोशा र विश्वाशका खातिर तिमीले अरुकसैको काखी च्यापेपछी मलाई सम्झना भन्दा फगत केही नमिल्नेरहेछ | म यो चिट्ठी किन लेखिरहेछु ? कसलाई लेखिरहेको छु भन्नेसम्म त यादछ । तर निर्जिब कलमको घांटी थिचि-थिची अर्थ लाग्ने 'अर्थहिन' वाक्यहरु किन ओकाल्न बिबश बनाउदैछु भन्ने बिषय कि त तिमीले भाकेको भगवानलाई थाहा होला, कि तिमीलाई | तिमीले भाकेका भगवान त साह्रै पापी रहेछन । तिनले फोकटमा तिम्रो भेटी खाए ।

उनको नाममा मलाई पुकार्दै कुनैदिन तिमीले
खुल्ला आकाशमा उडाएका परेवाका बचेँरा ती युगल जोडी, हुर्केर, प्रेममा मस्तले जिएका छन रे
भन्ने खबर सुनें, मैले तर जुन बस्तु प्राप्तिको लागि तिमीले धूप सल्कायौ, नैबेद्ध चढायौ ।
सल्केको त्यही धुपौरोमा तेलको सट्टा पानी हालेर निभायौ । अनी त तिम्रो पुकाराको के अर्थ लाग्यो ? जे कुरो संसारमा असम्भब छ भन्छन,
त्यो प्रेममा सम्भब हुन्छ रे, भन्थ्यौ । रे आखिर रे मै रह्यो | कलममा मसी सकिएला र लेखिएका हरफहरु धर्-यात धुरुत बनाइ टुक्रा टुक्रा पारी कापिका पानाहरु फ्याक्छु भन्छु, बेदनामा मेरो सट्टा कलम रुदो रहेछ । मधुर आँखाबाट बलिन्द्राधारा आंशु चुहाए जसरी मरे नसिद्दिने
रहेछ, कलमको मसिरुपी आंशु । म सम्झाउछु, कलमलाई । "तं जे मन लाग्यो तेही नलेख्, त्यो खाली कापीमाथि ।' ऊ त उल्टै मपट्टी निपरुपी मुन्टो बटार्दै मसीरुपी आशु चुहाउदो रहेछ र भन्छ, 'मलाई पनि तपाईंसँग रुन मन लाग्यो | तिम्रा नाममा लेखिएका मेरा हरेक चिट्ठीहरु सदैब अपुरा हुने गर्दछन । खै कुन्नी किन हो ? तिनले बिषय पाएनन भनुम् भने, संसारमा अरुले जस्तै बिषय(प्रेम) गरेको हुँ मैले । रोमियो र जुलियट हुननसके पनि मुनामदनको पाठकजस्तै बनुम् भन्ने अभिलाषाले पनि मेरा प्रयासहरु सधैं अपुरा रहे । म मात्रै पछी लागेको थिएं भने मेरो कलमले एउटा वाक्य राख्न अनुमती माग्यो ;अर्धलिखित यो गन्तब्यहिन चिट्ठी म फेरी तिमीलाई पठाउं कि नपठाउं ? दोधारमा थिएं । सडकमा बसेर चिच्याइ सुनाइदिउंकी झैं पनि नलागेको होइन । यही भित्तामा टांसिदिएको छु । मन लागे पढ । नलागे थुक, आफ्नो बाटो लाग । तिमी बाटो लागे पनि यो मनबाट सम्झना कहिल्यै बाटो लाग्दोरहेनछ । ठिकै छ । तिमीलाई यो हरफ उपहारस्वरुप, कलम बन्द गर्छु ||| मै मरे भने फेरी मेरो, त्यो प्याला कसले भर्छ नि, नसक्ने रैछु केही गर्न आँफै, जे लेख्छ भावी उहि गर्छ नि,... ।। ।
उहि तिमिलाई माया गर्ने
प्ररदेसि ।
No comments:
Post a Comment