Wednesday, August 27

बिमा भेटिइन्


भदौ ११, गोरखा
                     गोरखा ताकुकोटका सुरेश बराम भदौ १० गते मंगलवार काठमाण्डौं जाँदै हुनुहुन्थ्यो । आफूलाई एयरपोर्टमा लिन आउँछु भनेर घरबाट निस्केकी श्रीमति बिमा बेपत्ता भएपछि विक्षिप्त बन्नुभएका बराम उनको खोजीकै क्रममा हुनुहुन्थ्यो । श्रीमति हराएको सूचना टेलिभिजन मार्फत प्रसार गरे खोजीका लागि सजिलो हुने ठानेर उहाँ काठमाण्डौं हिँड्नुभएको थियो । धादिङको नौविसे पुग्नै लाग्दा उहाँलाई हराइरहेकी श्रीमतिको मोबाइल नम्वरबाट फोन आयो । मोबाइलमा श्रीमति बिमानै बोल्नुभयो र आफूलाई लिन भरतपुर बोलाउनुभयो ।
                     

Thursday, August 21

नयाँ अाईफाेनका नाम

एप्पलले आफ्नो परम्परा तोड्दै यो वर्ष दुर्इ फरक स्क्रिनका फरक-फरक फोन बजारमा ल्याउँदैछ । विभिन्न रिपोर्टहरुका अनुसार एप्पलले एउटा ४.७ इन्च र अर्को ५.५ इन्च मोडेलका गरि दुई थरि आइफोन बजारमा ल्याउने तयारी गरेको छ ।
दुई फरक फोन एकैपटक बजारमा ल्याउने भनेपछि एप्पललाई फोनको न्वारान गर्न हम्मे हम्मे पर्ने नै छ । यसको सुरुको नाम आइफोन हुने त पक्का नै छ तर पछाडिपट्टि झुण्डिने नाम भने के हुनेहोला ? धेरैको उत्सुकता छ ।

गुगलबारे राेचक जानकारिहरू


इन्टरनेट जायन्ट गुगल सूचना प्रविधि क्षेत्रको वादशाह नै हो । सर्च इन्जिन, अनलाइन विज्ञापन, इमेल मात्र नभै गुगल प्लस जस्तो सोसल मिडिया, स्मार्टफोनको चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड देखि लिएर स्मार्टफोन, स्मार्ट घडी तथा स्मार्ट चश्मा जस्ता हार्डवेयरको क्षेत्रमा समेत गुगलले आफ्नो प्रभुत्व स्थापित गरिरहेको छ ।

एउटा अाक्राे अात्मकथा


श्याम बस्नेत 
कपि :अनलाईन खबरबाट
प्रकाशित मिति २०७१-०५-०५
               बजारमा आजभोलि आत्मकथाहरू बग्रेल्ती निस्कन थालेका छन् । उहाँलाई पनि एउटा आत्मकथा लेख्ने रहर उहिले नै लागेको थियो रे तर कुन्नि किन हो संकोच लागेर आयो रे । आँटै आएन न्नुहुन्छ । तर, अब उहाँका सारा संकोचहरू दूर भए ।

Tuesday, August 19

पुरुषको दृष्टिमा मोबाईल र श्रीमतीमा यस्तो फरक छ रे


  •   महिलाको दृष्टिमा पनि श्रीमान र मोबाईलबीच भिन्नता पत्ता लगाऔ अब 

- मोबाइलमा ब्लुटुथ हुन्छ तर श्रीमतीको व्हाइट टुथ हुन्छ ।
- मोबाइललाई रिचार्ज मात्रै गरे पुग्छ, तर श्रीमतीलाई हरेक खालको रिचार्ज गर्नुपर्छ 
- मोबाइल बन्द गर्न मिल्छ, तर श्रीमतीको मुख बन्द गर्न सकिँदैन ।
- मोबाइल खल्तीमा राख्न मिल्छ, तर श्रीमतीलाई दिलमा राख्दा पनि रिसाउँछे ।
- मोबाइल एक्सचेन्ज गर्न मिल्छ, तर श्रीमतीलाइ उनीहरुले चाहे मात्रै छुट्टिन पाउछ।

Saturday, August 2

पति परदेशमा पसिना बगाउँदै, घरमा पत्‍नी मोजमस्तीमा

                     Copy/Past सुवास गोतामे/annapurnapost 
            काठमाडौं : स्वदेशमा केही सीप नलागेपछि अन्तत: वैदेशिक रोजगारमा जाने निर्णयमा पुगे, खोटाङका चन्द्र राई (नाम परिवर्तन)। दुई बच्चाका बाबु चन्द्र २०६६ मा साउदी अरबतर्फ हानिए। पत्‍नीलाई सबै जिम्मेवारी सुम्पँदै, जीवन सपार्ने सपना देखेर साउदी उडेका चन्द्रले लगातार पत्‍नी रूपा (नाम परिवर्तन) लाई पैसा पठाउन थाले। ललितपुरमा बस्दै आएकी रूपामा पैसाको बिटो देखेपछि उकुसमुकुस हुन थाल्यो। उनी मिठो खाने र राम्रो लगाउन होटेल तथा सुपरमार्केट धाउन थालिन्। यो क्रम चलिरह्‍‍यो।

प्रेम कथा

                         आजभोली उनि खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ। मानौ वर्षातको बादल गड्किदाँ एकझमकमा देखिने त्यो बिजुलीको चम्काई हो । लगभग ४,५ महिना हुन लाग्यो उनमा यस्तो परिवर्तन देखा परेको त्यस भन्दा अघि नि साह्रै निरश देखिन्थिन् । उनलाई म राम्ररी चिन्दछु । आफ्नो एउटी छोरीसहित उनि मेरो घर भन्दा पुर्व पट्टीको घरमा बस्दथिन् । उनको आफ्नै घर हो । तर एक्लै बस्थिन् । सासु ससुरा गाउँकै घरमा बस्थे ।उनको नाम संगीता हो । त्यो ठुलो घरमा उनि आफ्नो छोरी सहित एक्लै बस्दै आउनुको कारण चै उनको श्रीमानले अर्की संग विवाह गरेर बजारतिरै डेरा गरि बस्न थालेको थियो । उनको श्रीमानले बाबु आमाको करकापले मन नपरेकी संगीता संग बिबाह गर्नुपरेको भन्दै आफैलाई मनले खाएको केटी लिएर हिडेका थिए ।

पहिरो थुनिएको शुनकोसीको पानी वग्न थाल्यो, ८ को शव फेला (अपडेट) ४० घाइतेको उद्दार, ८० घर बगायो

Copy/past www.ekantipur.com

सिन्धुपाल्चोक , श्रावण १७ - पाँच बस्ती पहिरो मुनी, २० बेपत्ता

पहिरो गएको स्थान धारापानीमा रहेका दोलखा संवाददाता राजेन्द्र मानन्धरका अनुसार स्थानीयले रातको साँढे २ बजे पुरै जमिन हल्लिएको र भूइ चालो भएको जस्ता अनुभव भएको बताएका छन् ।