राजन पनेरु
स्कूल क्याम्पस जस्ता बिभिन्न शैक्षिक संघ संस्थाहरुमा बिद्या आर्जन गर्न जाने मानिसलाई बिद्यार्थी भनिन्छ । तिनै बिद्यार्थीहरुलाई पढाउने लेखाउने तथा बिभिन्न ज्ञान गुनका कुरा सिकाउने मानिसलाई शिक्षक भनिन्छ । शिक्षक र बिद्यार्थी एक अर्का प्रती परिेपुरक हुन्छन् । एक बिना अर्को अपुरो र अपुर्ण बन्न जान्छ । सामान्य रुपमा हेर्दा शिक्षकको काम ज्ञान दिने र बिद्यार्थीको काम ज्ञान लिने भनेर बुझिन्छ । तर ज्ञान दिएर लिएर मात्र शिक्षक बिद्यार्थीको कर्तब्य पुरा हुंदैन । शैक्षिक संस्थाको नियम र कानुन शिक्षक बिद्याथीले पालना गर्नु पर्दछ । हरेक स्थानमा रहेर शिक्षक बिद्यार्थीले आ–आफ्नो कर्तब्य र भुमिका निभाउनु पर्दछ ।
पहिले शिक्षकले जे भन्यो जे अर्यायो बिद्यार्थीहरुले त्यही मान्दथे । आफ्नो बाबु आमा सरह शिक्षक शिक्षिका लाई मान्दथे । आंखा तर्ने औंला ठड्याउने उल्टो जवाफ फर्काउने गर्न सक्दैनथ्ये । शिक्षकलाई कुट्ने पिट्ने कुरा त कल्पना सम्म पनि गदैनथे । शिक्षकले गरेका गल्ती प्रति शिद्यार्थीहरु मौन बसेर सहन्थे । शिक्षकहरुले पनि निश्वार्थ सेवा गर्दथ्ये । तर आजकाल समय फेरीएको छ । बदलिदो समय संगै शिक्षक र बिद्यार्थीको सम्बन्ध र ब्यवहारमा परिवर्तन आएको छ । शिक्षक र बिद्यार्थी आफ्नो अधिकारको ठुला कुरा गर्न सक्ने भएका छन तर बिस्तारै नैतिकता बाट पनि गिर्दी गएका छन । अन्य क्षेत्रमा जस्तै राजनितिको कु प्रभाब शिक्षा क्षेत्रमा पनि परेको छ । शिक्षक शिद्यार्थी हरु बिभिन्न संगठन र राजनैतिक दल संग आबद्ध भएका छन । आफ्नो माग पुरा गर्न शिक्षक हरुले शैक्षिक संस्था बन्द गराएर नैतिकता गिराएका छन त्यस्तै बिद्यार्थीहरुले पनि बिभिन्न आवश्यक तथा अनावश्यक मागहरु राखेर बिभिन्न दल तथा संगठन संग आबद्ध भएर शैक्षिक संस्था बन्द गराएका छन ।
पछील्लो समयमा शिक्षक र बिद्यार्थी बिचको दुरी टाढिदै गईरहेको छ । शैक्षिक संस्थामा लागु गरीएका नियमहरु बिद्यार्थी मैत्री नहुनु, जबरजस्ती लादिन खोज्नु । शिक्षकहरु बिभिन्न राजनैतिक दलसंग आबद्ध हुनु । प्रयोगात्मक शिक्षा नदिएर घोकन्ते शैलीमा नै पठ्न पाठन गर्नु । धेरै बिद्यार्थी फेल भए भने शिक्षकले नैतिक जिम्बेवारी लिन नसक्नु । बिभिन्न बहानामा शिक्षकले बिद्यार्थीलाई यातना दिनु । शैक्षिक शुल्कको बिषयमा बिद्यार्थीलाई अनावश्यक तनाब दिनु । शिक्षकले दिने प्रयोगात्मक परीक्ष्ााँको नम्बर बिद्यार्थीको क्षमता र अनुशासनको भन्दा निकटताको आधारमा नम्बर दिनु । शिक्षकहरु स्वयम् कुलतमा फस्नु । प्रबिधि अनुसार शिक्षकहरुले आफुलाई ढाल्न नसक्नु । शिक्षक र बिद्यार्थी अनावस्यक रुपमा नजिकदा बिद्यार्थीको नराम्रा गोप्य कुरा बिद्यार्थीलाई पाउनु । शिक्षक आफ्नो नैतिकतामा गिर्नु आदि बिबिध कारणले गर्दा शिक्षक बाट बिद्यार्थी टाडा हुंदै गएका छन ।
बिद्यार्थीहरु पनि बिभिन्न राजनैतिक दल संग सम्बद्ध भई बन्द हड्ताल जस्ता कार्यमा संलग्न हुनु । आन्दोलनको नाममा शैक्षिक संस्थाका भौतिक सामग्रीहरु नस्ट पार्नु बिभिन्न ग्यांङ्ग तथा संगठनमा संलग्न हुनु लागुपदार्थ दुब्यर्सनमा लाग्नु । कलेजको नियम र कानुनको उलंगन गर्नु । कलेज हिडेका बिद्यार्थीहरु फ्लिम हेर्न डान्स गर्न गुम्न जानु । बिद्यार्थीहरुले अश्लिल कुरा बोल्नु शौचालयमा अश्लिल कु।राहरु लेख्नु । शिक्षकहरुलाई मान गर्न छोड्नु आफ्नो कर्तब्य बाट बिमुख हुनु । परिक्षको मर्यादा ख्याल नराखी चिट चोर्ने प्रबिधि बिकाश हुनु आदि कारणहरुले गर्दा शिक्षकहरुलाई बिद्यार्थी बाट टाढा बनाएको छ ।
ज्ञान दिने गुरु भगवान सरहका हुन्छन भन्ने धारणा पछील्लो समयमा धुजा धुजा भएको छ । खासगरी सरकारी शैक्षिक संस्थाहरु भन्दा निजि शैक्षिक संस्थाहरुको नियमहरु कडा भएको कारणले गर्दा शिक्षक र बिद्यार्थी बिचको सम्बन्ध खासै नराम्रो भईसकेको छैन तर सरकारी शैक्षिक संस्थाहरुमा भने निकै गिर्दो मात्रामा छ । सरकारी स्कूल पढाउने शिक्षकहरुले आफ्ना सन्तानलाई निजि स्कूलमा पढाएर आफ्नो नैतिकता गिराएका छन । कक्षामा शिक्षक पढाईरहेका हुन्छन बिद्यार्थीहरुको ध्यान अर्कै तिर हुन्छ कोही मोबाईल चलाईरहेका हुन्छन, कोही फोनमा त कोही गफमा मस्त हुन्छन । कक्षमा पढ्न पढाउन भन्दा अनावश्यक गफ गरेर बस्न पाउंदा शिक्षक बिद्यार्थी रमाउंछन । क्षमताको आधारमा भन्दा पनि नातावाद र राजनैतिक आडमा शिक्षकहरु नियुक्त भईरहेका छन । क्षेमताहिन शिक्षकहरु बढिरहेका छन जसले गर्दा शिक्षक र शिक्षर्थीको सम्बन्ध बिग्रदो छ भने शैक्षिक गुणस्तर खस्कंदो छ । बिद्यार्थी हरुले शिक्षकलाइृ कोठामा थुन्ने, अपहेलना तथा दुब्र्यवहार गर्ने कुट्ने यातना दिने गरेका छन । पहिले पहिले बिद्यार्थी शिक्षक देखी डराउंथे आजकाल बिद्यार्थी देखी शिक्षक पो डराउनु पर्ने अवस्था आएको छ ।
श्ौक्षिक संस्था एक पबित्र संस्था हो यहां पढ्ने बिद्यार्थी र पढाउने शिक्षक दुबैको सुमधुर सम्बन्ध हुनु पर्दछ । जुध्ने र जुधाउने थलो बन्न हुन्न । राजनैतिक दलबाट शिक्षण संस्था टाढा हुनु पर्दछ । शैक्षिक संस्थाको नियम तोड्दा गर्व हैन आत्म ग्लानी हुनु पर्दछ । अधिकारको कुरा गर्नेले कर्तब्य पनि बिर्सन हुन्न म किन यहां आएँ भनेर बिद्यार्थी शिक्षकले बुझ्नु पर्दछ । शैक्षिक संस्थाका नियमहरु सबै मैत्री हुनु पर्दछ र सबैको लगि बाध्यकारी हुन पर्दछ । बिद्यार्थीलाई घोकन्ते भन्दा ब्यवहारीक प्रयोगात्मक तरिकाले शिक्षण गर्नु पर्दछ । शिक्षकले जे सिकायो बिद्यार्थीले त्यही सिक्ने हो सिकाई बिद्यार्थी मैत्री हुनु पर्दछ । शिक्षकले सबै बिद्यार्थीलाई समान ब्यवहार गर्नुपर्दछ । शिद्यार्थी उत्रिण अनुत्रिणको जिम्मा बिषय शिक्षकले लिनु पर्दछ । परिक्षाहल चिट गाईडले भरिने संस्कारको अन्त्य हुनु पर्छ । शिक्षक बिद्यार्थीले एकले अर्कालाई चिन्ने हुनु पर्दछ एक अर्का बिच सम्बन्ध राम्रो भएमा मात्र दुरी घट्छ । नत्र जटिल र बिकराल अवस्था नआउला भन्न सकिन्न ।
No comments:
Post a Comment