Sunday, July 27

खांचो ब्यवहारीक शिक्षाको

राजन पनेरु

          शिक्षा मानव जीवनको उज्यालो घाम हो । शिक्षले नै मानिसलाई सबल र सक्षम बनाउँछ । तर त्यही शिक्षा मानब जीवन उपयोगी भएन भने भबिष्य अन्धकार र अन्योलपूर्ण बनाउँछ । नेपालको सन्दर्भमा हेर्ने हो भने शिक्षा प्रणाली आधुनिक बन्न सकीरहेको छैन, परम्परागत शैलीमा नै घोकन्ते शिक्षा संञ्चालन भइरहेको छ । खासगरी शिक्षा ब्यवहारीक र सैद्धान्तीक दुई प्रणलीका हुन्छन् । ब्यवहारीक शिक्षाले सिप र क्षमताको बिकास गराई आत्मनिर्भर र स्वाभलम्बी बनाउँछ भने सैद्धान्तिक शिक्षाले सिद्धान्त मात्र घोकाई कागजी प्रमाणपत्र मात्र दिन्छ ।

शिक्षक बिद्यार्थी बिचको टाढिंदो दुरी

राजन पनेरु स्कूल क्याम्पस जस्ता बिभिन्न शैक्षिक संघ संस्थाहरुमा बिद्या आर्जन गर्न जाने मानिसलाई बिद्यार्थी भनिन्छ । तिनै बिद्यार्थीहरुलाई पढाउने लेखाउने तथा बिभिन्न ज्ञान गुनका कुरा सिकाउने मानिसलाई शिक्षक भनिन्छ । शिक्षक र बिद्यार्थी एक अर्का प्रती परिेपुरक हुन्छन् । एक बिना अर्को अपुरो र अपुर्ण बन्न जान्छ । सामान्य रुपमा हेर्दा शिक्षकको काम ज्ञान दिने र बिद्यार्थीको काम ज्ञान लिने भनेर बुझिन्छ । तर ज्ञान दिएर लिएर मात्र शिक्षक बिद्यार्थीको कर्तब्य पुरा हुंदैन । शैक्षिक संस्थाको नियम र कानुन शिक्षक बिद्याथीले पालना गर्नु पर्दछ । हरेक स्थानमा रहेर शिक्षक बिद्यार्थीले आ–आफ्नो कर्तब्य र भुमिका निभाउनु पर्दछ ।

Saturday, July 26

किन हुन्छ प्रेम असफल ?

                   करिब दुई वर्षअघि कीर्तिपुरको चोभारमा एक युवकले प्रेमिकाले अर्कैसँग विवाह गरेको निहुँमा प्रेमिकालाई गोली हानेर आफ्नै पनि कञ्चटमा गोली हानेर आत्महत्या गरे । मकवानपुरका सिपाही राजकुमार न्यौपानेले प्रेम अस्विकार गरेको निहुँमा एक युवतीको छुरा प्रहार गरी हत्या गरे र तिनै युवतीको कोठामा  आत्महत्या गरे । गुल्मीमा एक युवकले आफ्नी प्रेमिकालाई गोली हानेपछि आफूलाई पनि गोली हाने तर संयोगले कुनै अप्रिय दुर्घटना भएन ।
                      यी त प्रतिनिधि घटना मात्र हुन् जसले प्रेममा पागल भएको मान्छे प्रेम असफल भएपछि कस्तो बाटोमा लाग्छ भन्ने देखाउँछ। एकतर्फी प्रेममा फसेकाहरू आफूले मनपराएको मानिसलाई आफ्नो कुरा भन्नै नपाइ उसले अर्कै बाटो लाग्दा वा अस्वीकार गर्दा अथवा कुनै कारणले दुईतर्फी  प्रेममा समेत खटपट आउँदा प्राणत्यागसम्मको बाटो रोज्छन्। प्रेममा असन्तुष्ट भएर वा प्रेमी प्रेमीकाबीच मनमुटाव वा अपरिपक्कताका  कारणसमेत सम्बन्ध टुट्ने गरेको छ। प्रेमको असफलता कहिलेकाहीँ सामान्य रूपमा साम्य हुन्छ भने कहिलेकाहीँ त्यसले निकै भयानक परिणाम ल्याउँछ।