Sunday, June 9

महिला र पुरुष बिचको सम्बन्ध

लिलाधर कोईराला

मुलकमा घटिरहेको कम्लरी आन्दोलनका श्रृखलाबद्ध घटनाले निम्ताएको उथलपुथले महिला र पुरुष बिचको सम्बन्धको परिभाषा फेरि एक पटक बहस भएको छ । महिलाललाई हेर्ने पुरुष दिृष्ट्रिकोण वा सामाजिक दिष्ट्रिकोणका बारेमा नै भैरहेको यि बहसले महिलालाई इतिहास देखि नै दिईएको भुमिका वा उसमाथि निर्माण गरिएका बिम्बहरुलाई भत्काउनु पर्ने माग गरिरहेका छन् । बिश्व इतिहासमा महिला र पुरुष बिचको सम्बन्ध सधै लेखन,इतिहास,युद्ध,राजनिति अनि समाजको एउटा मुख्य बिषय बन्दै आएको छ । सम्भवतः युगैपिच्छे लेखिने साहित्य र दर्शनको मुख्य बिषय महिला र पुरुष बिचको सम्बन्धको नै बन्दै आएको छ । समाजको विकास क्रममा यसको चरित्रमा समेत क्रमिक रुपमा परिबर्तन आएको छ । तैपनि महिला र पूरुष बिचको सम्बन्धको सारभुत कुरा परिवर्तन भएको छैन । महिला र पूरुष बिचको कस्तो सम्बन्ध रहनुपर्छ , वा के कस्ता बिशेषता भएका सम्बन्धहरु ह्न्छन् भन्ने प्रश्नमा आज पनि उतिकै बहस गर्ने सकिन्छ ।
यौन, प्रेम, आत्मियता , माया आदि केहि पक्ष हुन जसले महिला र पुरुषको सम्बन्धलाई निर्देशित गर्छन् । समाजमा महिलालाई जन्म देखि नै फरक खालको सामाजिकिकरण तर्फ धकेलिएको हुन्छन् । जसले गर्दा उनिहरुमा एउटा जटिल मनोबिज्ञानको जन्म हुन्छ । यो मनाबिज्ञानले पुरुषलाई संरक्षकका रुपमा तर अबिश्वासि संरक्षकका रुपमा हेरेको हुन्छ । कतिपय अबस्थामा यो सामाजिकिकरणका बिरुद्ध हुर्किने मान्यताले महिला र पुरुष बिचमा रगतको वा यौनको मात्र सम्बन्ध हुदैन , महिला र पुरुषका बिचमा कतिपय अबस्थामा भावनाको समेत सम्बन्ध हुन्छ । भावना र आत्मियताका लागि यौन र रक्तसम्बन्ध नै हुनुपर्छ भन्ने हुदैन । यौन र रगतको सम्बन्ध बाहेक पनि आर्दश सम्बन्ध हुन सक्छ । यो सम्बन्ध पनि पे्रमी–प्रमीका, श्रीमान–श्रीमती, छोरा–आमा जस्तःै अत्यन्तै अनौपाचारिक हुनसक्छ भन्ने कुरा संसारमा स्थापित नभएको होईन र पनि मानिसहरु त्यसलाई पचाउन सक्दैनन् र यस्ता आर्दश सम्बन्धको दिशामा हिँड्ने महिला र पुरुष बिचको सम्बन्धलाई वासना भन्दा फरक रुपमा हेर्न खोज्नेहरुको नियती पिडा बाहेक अरु केहि हुदैन ।
मान्छे आफ्नो आर्दशले थिचिएको हुन्छ र आर्दशले मान्छेलाई पिडा दिन्छ । समाजका मान्यताहरुका बिरुद्ध आर्दशहरुका आधारमा बाँच्न खोजियो भने त्यसको नियती पिडा र दुःख बाहेक अरु केहि हुदैन । आफुले सोचेको कुरा आफ्नो मनभित्र मात्र हुन्छ, आफुले चाहेको कुरा आफ्नो मनभित्रै हुन्छ । आर्को ब्यतिmले गर्ने आफ्नो मूल्यांकन उसका लागि हुनसक्ला तर आफ्ना लागि हरेक ब्यतिmको मूल्याकन उसको स्वमूल्यांकन नै हो । अरुले मान्छेको मन अध्ययन गर्न सक्दैनन् । हो कतिपय अबस्थामा मान्छेलाई सकिन्छ तर सम्रगमा मान्छेलाई बुझ्न त्यति सजिलो काम होईन । त्यसैले मानिसहरुले महिलाको जटिल मनोबिज्ञान पनि समाजले नै निर्धारण गर्छ । एउटा केटा कुनै केटिको काखमा आन्नदले पल्टिन सक्छ तर के त्यसका लागि त्यहाँ रगतको वा यौनकै नाता आबश्यक छ । के फरक लिगीहरु बिचमा रगतको मात्र नाता हुन्छ । के कुनै यूबकले कुनै यूवतीको आँशु पुस्र्न, उसँग सुख दुखका कुरा गर्न कुनै न कुनै नाताको साहारा लिनुपर्र्छ ? के नाता अनिवार्य हो सम्बन्ध लागि ? के महिला र पुरुष बिचका प्रत्येक सम्बन्धमा बासना अनिबार्य हुन्छ ? वासना रहित सम्बन्धमा बासना अनिबार्य हुन्छ ? वासना रहित सम्बन्ध , जसमा मान्छेले मान्छेलाई मान्छेका रुपमा ब्यवहार गर्न सकोस् । एक युबकले अर्को युवको काँधमा टाउको राखेर सुक्क सुक्कं................. रुन सकछ । तर युवक आर्को युवकको तालमा तल मिलाई नाच्न सक्छ, सँगै हिड्न सक्छ, सँगै बस्न सक्छ तर एक युवकले अर्की युवतीसँग त्यसरी ब्यवहार गर्न के त्यहाँ नाताको अझ त्यो पनि रगत वा यौनको अनिर्बायता हुन्छ किन ?
यौन मनोबिज्ञानको जटिलतालाई बुझ्न नसक्दा र मानछेको जैविक तथा भाबनात्मक शारारीक बनावटलाई सूश्मरुपमा बुझ्न नखोज्दा यस्ता प्रत्येक प्रकारका सम्बन्ध आदिमकाल देखि नै आलोचित बन्र्दै आएका छन् । पुरुष–पुरुषबीचको मित्रताको सिमा हुदैन तर महिला र पुरुष बिच एउटा सिमा हुनै पर्छ । एउटा औपचारिकता अनिबार्य हुनैपर्छ । यो कुरा समाजले निदेर्शित गरेको छ । अधिकांश व्यतिmले सहि मान्यताका आधारमा महिला र पुरुष बिचका सम्बन्धलाई हेरेका हुन्छन् । मान्छेले मान्छेलाई बिश्वासमा लिनको लागि नाताको आबश्यकता पदैन । यदि नाता नै चाँहिन्छ भने साथिको नाता पनि त नाता हो । साथिको नाता अन्य नाता जस्तै किन बैध र बलियो हुन सक्दैन ।
महिलाहरुमा देखिने मनोवैज्ञानिक जटिलतामध्ये इन्फेरियर कम्लेक्सीटिले महिलालई सधै अवचेतन रुपमा असुरक्षको भावनामा डुबाएको हुन्छ । महिला आफु असुरक्षित भएको अनुभुति त गदिर्नन् तर पनि उनको मनो बिज्ञानले सधै पुरुषलाई संक्खाको आँखाले हेरेको हुन्छ । किन भने जन्मदेखि नै समाजिकीकरणको प्रक्रियामा क्रियामा उनले पुरुषलाई सधै स्वतन्त्र, स्वच्छन्द र शतिmसम्पन्न रुपमा दैख्दै आएकी हुन्छीन् । जसको असर उनको मनोबिज्ञानमा परेको हुन्छ । उनले अन्य महिलाहरुलाई ईष्यालु आँखाले हेर्ने थाल्छिन् । कतिपय अबस्थामा उनको मनमा दोहोरो संवाद चल्छ । अव्यतm,अबचेतना मनोवैज्ञानिक असुरक्षाले उनलाई शंकामा डुबाउँछ भने सचेतन मन तर्कशिल बन्न खोज्छ प्रायः अवचेतनाले नै । त्यसैले कतिपय परिवारमा पुरुष सदस्य जतिसुकै सहि भए पनि महिलाहरले कतिपय बवस्थामा अन्य युवतीहरुसँग सदस्यको व्यबहारलाई लिएर शंका गरेको पाईन्छ यो शंकाका लागि तत्कालमा महिला जिम्मेवार देखिए पनि उनको यो मनोविज्ञान निर्माण गर्न भने पुरुष र अझ पुरुषले बनाएको समाज नै जिम्मेवार हुन्छ । सचेतनाको दाबि गर्ने महिलाका लागि भने उनले आफ्ना यी जटिल शंकाशिल मनोबिज्ञानलाई लागि हटाउन सक्दिनन् भने त्यतीबेला उनी आफै गलत हुन्छिन् ।
त्यसैले कुनै व्यतिmले महिला र पुरुषको सम्बन्धलाई कसरी हेर्छ भन्ने कुरालाई अमूक व्यतिmको विश्लेषण गलत वा सहि भनेर भन्नु पनि गलत हो । किनभने यो निकै ठूलो सैद्धान्तिक प्रश्न हो । जसले सिग्गो समाजको बिाकसलाई अगि सारेको हुन्छ । हामीले यसलाई मान्छे समाज , समाजका मान्यता , उसको समाजमा व्यतिmको समाजिकरणको प्रतिकिया तथा व्यतmीको मनोविज्ञान निर्माणमा यि सबै पक्षले खेल्ने भुमिकाको आधारमा हेर्नु पर्छ । सारमा महिला र पुरुष बिचको सम्बन्ध परिभाष्ीत गर्ने दिृष्ट्रिकोण नै फेर्नु पर्छ । महिला वा पुरुष बिचमा जति नजिकको, जति आत्मिय, जति गहन सम्बन्ध, पे्रमी र प्रमीका, बाबु र छोरी, श्रीमान् र श्रीमतीका बिच हून्छ । त्यतिकै गहन, त्यतिकै आत्मिय सम्बन्ध साथिहरु बिच पनि हुन सक्छ । हो यहाँ एउटा कुरा हुदैन, त्यो हो दैनिक वा यौनीक वा वास्नात्मक सम्बन्ध यो आर्दश सम्बन्ध हुन सक्छ । उच्च आर्दशमय .... । के हामी यो आदार्श सम्बन्धलाई आत्मसाथ गर्ने तर्फ अगि बढ्न सकोला ?

No comments: