Sunday, August 27

पालुङटार नगरपालिकामा भूकम्पपीडितसँग २५ हजार घुस लिँदैगर्दा सव-ओभरसियर पक्राउ

गाेरखा- सेवाग्राहीसँग लिएकाे  २५ हजार रुपैयाँ घुससहित पालुङटार नगरपालिकाका सव-ओभरसियर सुनिल देवकोटा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले देवकाटालाई २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आइतबार दिउँसो साढे १ बजे रंगेहात पक्राउ गरेको हो।
उनलाई पालुङटार– ५ को विनिता होटलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीका प्रहरी निरीक्षक बद्रीप्रसाद पौडेलले जानकारी दिए। देवकोटाले भूकम्पपीडितलाई मापदण्ड अनुसारको काम पूरा नहुँदै दोस्रो किस्ताको रकमका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको प्रहरीले जनाएको छ। उनलाई अख्तियारको टोलीकै नियन्त्रणमा पालुङटारमै राखिएको छ।

Friday, September 4

​विश्वकै होचा चन्द्रबहादुरको मृत्यु

विश्वकै होचा नागरिक नेपालका चन्द्रबहादुर डाँंगीको अमेरिकामा उपचारका क्रममा मृत्यु भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई वटा रेकर्ड बनाएका डाँंगीको अमेरिकाको ल्याण्डन बी जोन्हसन अस्पतालमा निधन भएको उनका भतिजा दोलख डाँंगीले सञ्चारमाध्यमहरुलाई जनाएका छन् ।

Monday, June 1

भुकम्प पछिकाे ज्ञानज्याेति

लीलाधर काेईराला/गाेरखाखबर
लप्सिबाेट(गाेरखा) ११ जेठ  
१२ बैशाखमा गएकाे बिनाशकारी भुकम्पले गाेरखा सदमुकामबाट १८ काेष उत्तरी क्षेत्रमा रहेकाे श्री  ज्ञान ज्याेति उच्च माध्यमिक बिद्यालय पुर्णरूपमा क्षति भएकाे छ ।१ पक्कि भबन,(करिब १० महिना अगि निर्माण भएकाे थियाे) १ अर्धपक्कि भबन बाहेकका अरू माटाे र ढुङ्गाबाट निर्माण गरीएका भबनमा पुर्णरूपमा क्षति भएकाे ज्ञानज्याेति उच्च माबिका प्राचार्य ताेयाराज गुरूङले बताए ।
कार्यलय भबनसहित सँगै रहेकाे हालसालै प्राचार्य गुरुङकाे सक्रियतामा बिकास भएकाे पुस्ताकलय, कक्षा १० का २ भबन, ९-८ का २/२ भबन, कक्षा १देखि ७ सम्मका भबनमा समेत गरि कुल  १७ वटा भबनमा क्षति भएकाे छ ।
हालसालै निर्माण सकिएकाे पक्कि भबन, कक्षा ११ र १२ का बिद्यार्थी अध्यायपन गर्ने गरेकाे भबन अर्धपक्कि हाे,  तिनिहरू भने  क्षति भएकाे छैन, प्राचार्य गुरूङले भने ।
यस बिद्यालयमा कक्षा १-१२ सम्म अध्यययन हुन्छ  । ११-१२ मा मानबिकि तथा ब्यबस्थापन संकार्यमा अध्ययन हुन्थ्याे ।
त्यस्तै सिम्जुङ निबासि समाजसेबि प्रकाशचन्द्र दवाडिले करिब ४०० थान जस्तापाता सहयाेग गर्नुभएकाे छ । अाईतबार एक कार्यक्रम बिच बिद्यालय ब्यबस्थापन सकितिका अध्यक्ष जित बाहादुर गुरूङ, प्राचार्य गुरूङ, समाजसेवी दवाडि लगायतकाे उपस्थितमा हस्तान्तरण कार्यक्रम रहेकाे थियाे ।

Tuesday, May 5

Nepal earthquake: Aerial photos of remote Gorkha district show entire villages reduced to rubble

Tiny villages clinging to the remote mountainsides of Gorkha District, near the epicentre of the 7.8-magnitude earthquake that hit Nepal, have been ravaged. Entire clusters of homes have been reduced to piles of stone and splintered wood.
Nepal earthquake aerial photos
Earthquake-damaged houses in Gorkha District  are seen from an Indian Army helicopter(Sajjad Hussain/AFP)

Wednesday, March 25

राजनीति छाडेर बिजनेशमा झलनाथ खनाल ?


jn khanal
- दृष्टि संवाददाता
१५ वर्ष निरन्तर पार्टीको नेतृत्व गर्दा पनि माधवकुमार नेपाललाई पदको लोभले छाडेको छैन । नेपालले पछिल्लो समय पार्टीमा गुटबन्दी बढाउने मात्र होइन, पार्टी फुटाउनेसम्मको धम्की दिँदै आएका छन् ।  

Monday, March 16

क्रान्ति गर्न तयार भए प्रचण्ड–वैद्यसँग एकता : विप्लव

गोरखा : नेकपा माओवादीका महासचिव नेत्र विप्लवले अग्रगामी क्रान्ति गर्न तयार भएमात्र एमाओावदी र वैद्य माओवादीसँग एकता हुने बताएका छन् ।

गोरखाको काफलडाँडामा आयोजित पार्टीकी पोलिटव्यूरो सदस्य उमा भुजेलकी आमा गर्भकुमारीको श्रद्धाञ्जली सभामा बोल्दै महाचिव विप्लवले प्रचण्ड र बाबुरामले जनतासँग गरेको बाचा पूरा गर्न अग्रगामी क्रान्तिका लागि तयार भएमात्रै उनीहरुसँग एकता सम्भव रहेको बताएका हुन् ।

Thursday, March 5

IAF sends C-130J aircraft to help clear Kathmandu runway after Turkish airliner crash-lands

India responded swiftly to a request from Nepal to clear the blocked runway of the busy Kathmandu airport following the crash landing of a Turkish airliner. 
An IAF special operations aircraft C-130J was dispatched with an accident recovery kit from New Delhi to Kathmandu on Thursday, after Nepal sought urgent assistance. 
The officials said the assistance request was placed at around 7pm on March 7, and the message was immediately forwarded to Hindon-based C-130J unit.

Nepal sought India’s assistance after the crash-landed Turkish flight (above) blocked the Kathmandu airport runway


Nepal sought India’s assistance after the crash-landed Turkish flight (above) blocked the Kathmandu airport runway
The crew waited for the accident recovery kit, arranged by the directorate general of civil aviation, to arrive from Mumbai. The kit was required to clear the runway blocked by a Turkish Airline Airbus after a landing accident.

Wednesday, March 4

माइक्रोसफ्टको यूनिभर्सल फोल्डेबल किबोर्ड अायो

माइक्रोसफ्टले सबैभन्दा पहिले आईओएस, एन्ड्रोइड र विन्डोजमा काम गर्ने पहिलो यूनिभर्सल कि-बोर्ड गत सेप्टेम्बर मा सार्वजनि गरेको थियो । अब कम्पनीले यस किबोर्डको नयाँ भर्शन लिएर आएको छ  ।
जसलाइ तपाइँले फोल्ड गरेर राख्न सक्नुहुन्छ ।माइक्रोसफ्टको ‘यूनिभर्सल फोल्डेबल किबोर्ड’ ओरिजनल कि-बोर्ड जस्तैनै रहेको छ र यसमा ब्लूटूथ कनेक्टिभिटी पनि छ, जसमा यसले कयौं अन्य डिभाइसेजका साथमा काम गर्न सक्दछ । तर यसमा विन्डोज बटन (की) भने छैन। यस किबोर्डको ओरिजनल भर्शन फोल्ड हुदैनथ्यो । तर यस भर्शनमा यसमा लगाइएको म्यागनेट्सको मद्दतले तपाइँले यसलाइ फोल्ड गरेर राख्न सक्नुहुन्छ र जहासुकै पनि लान सक्नुहुन्छ ।
यस किबोर्डमा माइक्रोसफ्टले आफ्नो फङ्क्शन किज राखेको छैन तर अडियो कन्ट्रोल्स, सर्च फङ्क्शनालिटी र अन्य प्रयोगका लागी एउटा फङ्क्शन कि भने राखेको छ । यो किबोर्ड दुइ डिभाइसेजसंग एक-साथ पेयर गर्न सकिन्छ र दुबैको बिचमा एक टचबाट यसलाइ स्विच गर्न सकिन्छ ।
यस किबोर्डका साथमा तपाइँको ट्याबलेट वा फोनका लागी कुनै स्ट्याण्ड भने आउँदैन तर यस लाइटवेट किबोर्ड र फोल्डेबल एबिलिटी का कारण यसलाइ तपाइँ जहाँ पनि सजिलै बोकेर लैजान भने सक्नुहुन्छ । ब्याटरी लाइफका बारेमा अहिले केही बताइएको छैन तर यसको एकातिर चार्ज गर्नका लागी माइक्रो यूएसबी कनेक्टर भने रहेको छ । यो निकै पातलो छ र लाग्दछ कि सफ्ट मेटेरियल डेस्कमा टाँसिन्छ तर खस्दैन ।कुनैपनि कफी शपमा बसेर तपाइँ आफ्नो ट्याबलेट वा फोनबाट केही ई-मेल्स लेख्नका लागी यो एक पर्फेक्ट एक्सेसरी हुन सक्दछ । माइक्रोसफ्टले विन्डोज डिभाइसेजका लागी निकै उत्कृष्ट किबोर्ड्स र माउस बनाएको छ । यदि कम्पनीले आईओएस र एन्ड्रोइडका लागी पनि राम्रो किबोर्ड्स बनाउँदथ्यो भने उसलाइ निकै फाइदा हुन सक्दथ्यो ।
माइक्रोसफ्टका अनुसार उसले यस किबोर्डको मूल्य ९९.९५ डलर लगभग ९ हजार ८ सय नेपाली रूपैयाँ हुने जनाएको छ । कम्पनीले यस डिभाइसलाइ आगामी जुलाई महिनामा रिलीजगर्ने जनाएको छ ।