नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओली बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता नभएका र शान्ति सम्झौताका पक्षमा समेत नरहेका कारण सम्झौतामा उल्लेख भएका कुराहरुलाई आत्मसात् गरी सहमतिका आधारमा संविधान निर्माण प्रक्रियामा अघि बढ्न नसक्दा शान्ति प्रक्रियानै भङ्ग हुने अवस्थामा पुगेको आरोप भट्टराईले लगाए ।
बृहत् शान्ति सम्झौतामा उल्लेख भएका कुराहरु र तीनको मर्मलाई आत्मसात् नगरी बहुमतको दम्भ देखाएर अघि बढ्न खोजेकै कारण संविधान निर्माण प्रक्रिया समेत अलपत्र परेको उनले बताए ।
सभामा भट्टराईले भारत र चीन दुई एकाधिकार पूँजीवादी शक्तिहरुले नेपालमा भएका बहुमूल्य सम्पदामा आँखा गाडिरहेको र मुलुकको आन्तरिक राजनीतिमा समेत दुई शक्तिशाली देशहरुले हस्तक्षेपकारी भूमिका खेल्दै आइरहेको र उनीहरुको क्रीडास्थलका रुपमा नेपाल स्थापित हुँदै गइराखेकाले राष्ट्रिय स्वाधीनता रक्षाका लागि सम्पूर्ण सचेत राष्ट्रवादी शक्तिहरु एक भएर लाग्नुपर्ने बताए ।
साम्राज्यवाद र पुँजीवादको विकसित रुप नै भूमण्डलीकरण भएकाले समाजवादी सिद्धान्त र व्यवस्थालाई विश्वले आत्मसात् नगर्दासम्म हाल कायम रहेका २ सय राष्ट्रबीच सुमधुर सम्बन्ध स्थापित हुन नसक्ने उनले बताए ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द्र कुमार मल्लले म।प। विश्वविद्यालय पोलिटेक्निकल इन्स्टिच्युटका रुपमा अघि बढिरहेकाले साधारण र प्राविधिक शिक्षा दुवैलाई समानान्तर रुपमा अगाडि बढाइएको बताए।
साचार- kathmandutoday कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द्र कुमार मल्लले म।प। विश्वविद्यालय पोलिटेक्निकल इन्स्टिच्युटका रुपमा अघि बढिरहेकाले साधारण र प्राविधिक शिक्षा दुवैलाई समानान्तर रुपमा अगाडि बढाइएको बताए।
No comments:
Post a Comment