Monday, February 2

गोरखा काठमाण्डौं रुटमा डिलक्स बस सेवा

गोरखा काठमाण्डौं रुटमा  डिलक्स बस सेवा शुरु  भएको छ । पर्यटकको सुविधा लाई मध्यनजर गर्दै यातायत व्यवसायी समिति गोरखा अन्र्तगत सुविधा सम्पन्न ३ वटा डिलक्स बस सोमवार देखि सञ्चालन आएको छ । आरामदायी ३९ सिट क्षमताको उक्त डिलक्स टुरिष्ट बसमा इन्टरनेट वाइफाई , कुलर हिटर , एलइडी टिभि / भिडियो ,अत्याधुनिक साउड सिस्टम लगायतको सुविधा रहेको यातायत व्यवसायी समिति गोरखाका महासचिव सुरेन्द्र कुंवरले जानकारी दिनुभयो । पर्यटक लक्षित गरेर बस सञ्चालनमा ल्याएको भएता पनि अरुले पनि यात्रा गर्न सक्ने पनि यातायत व्यवसायी समितिले जनाएको छ । गोरखा काठमाण्डौं रुटमा सञ्चालन हुने सो बसमा प्रतिव्यक्ति ४ सय ५० रुपियां टिकट दर निर्धारण गरेको छ ।

No comments: