पोखरा, १८ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान बनाउन सहयोगका लागि सबैसँग आग्रह गरिने तर घुर्की लगाएर संविधानसभा छोडेर जानेलाई भने फर्काउन नसकिने बताएका छन् ।
उनले भने, “नेपाली जनता ब्यारेकका सिपाइ होइनन्, सिटी बजाउँदैमा खुर्र दौडेर सडकमा आउँदैनन् ।”
नेपाली काँग्रेस र नेकपा एमालेलाई फुटाउने दाउमा एकीकृत नेकपा (माओवादी) लागेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, “दुवै पार्टी संविधान बनाउन एकसाथ अघि बढेका छौँ, कसैले ललिपप दिँदैमा मख्ख पर्ने हामी होइनौँ ।”
एमाले अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताउँदै उनले पार्टीको एक मात्रै अर्जुनदृष्टि संविधान निर्माण रहेको बताए ।
No comments:
Post a Comment