Thursday, January 22

नारा लाउँदैमा फुर्सद छैन वार्तामा के बस्थे एमाअोवादी:ओली

एमाले अध्यक्ष केपी शर्मा ओली संविधानसभा बैठकबाट बाहिरिदैँ एमाओवादी भएसम्म देशले दुख पाउने बताएका छन्।
उनले संविधानसभाबाट बाहिँरिदै गर्दा सञ्चारकर्मीसंग भने, ‘एमाओवादी जस्तो पार्टी संविधानसभामा भएपछि देशले केही समय दुख पाउने नै भयो नि।’

एमाले अध्यक्ष ओलीले संविधानसभा बाहिरका शक्ति सँग मिलेर संविधानसभा अवरोध गरेको आरोप  लगाए। उनले नाराबाजी गरिरहेको एमाओवादीलाई अहिले वार्ता गर्ने फुर्सद नभएको भन्दै ठट्टा गर्न भ्याए।
'हिजो पनि अाजपनि नाराबाजिमै हुनुहुन्छ। नाराबाजीमै लागेकाले एमाओवादीलाई वार्ता गर्ने फुर्सद छैन'
साभार: setopati

1 comment:

Unknown said...
This comment has been removed by the author.