Friday, December 12

गोरखाको कार्यक्रमलाई मोबाइलबाट बाबुरामको सम्बोधन

  भने, पालुङटार विकासका लागि प्रतिबद्ध छु

राजेन्द्र न्यौपाने
गोरखा, मंसिर २६ – पूर्व प्रधानमन्त्री एवं राजनैतिक सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले गोरखा जिल्लामा भर्खरै मात्र घोषणा भएको पालुङटार नगरपालिका विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नगरपालिका कार्यालय उद्घाटनको कार्यक्रमलाई आज काठमाण्डौबाट मोवाइल मार्फत सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । गोरखा निर्वाचन क्षेत्र नं. १ का सभासद एवं निर्वाचन क्षेत्र नं. २ का पूर्व निर्वाचित सभासद समेत रहेका डा. भट्टराईले पालुङटार नगरपालिकाको विकासका लागि ५० वर्षे रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने बताए । यसका लागि आफूले सहयोग गर्ने उनको भनाई छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको यो क्षेत्रको विकास द्रुत गतिमा हुने उनले बताए ।
नगरपालिका घोषणा भएपछि के के हुने हो भनेर कुनै शंका नगर्न समेत उहाँले फोनबाट आग्रह गर्नुभयो । कार्यक्रममा गाईखुर, च्याङ्ली, पालुङटार र आँपपिपल गाविसका सयौं मानिसहरुको सहभागिता रहेको थियो ।
प्रत्यक्ष भेटघाट गरेर दुखसुख साटासाट गर्ने इच्छा भएपनि राष्ट्रिय राजनीतिका कारण आफू प्रत्यक्ष उपस्थिति हुन नसकेको उनको भनाई थियो ।
स्राेत: राताेपाटि

No comments: