Sunday, September 28

अाईफाेन ६ काे चर्चा

Encryption technology in the iPhone 6 has taken root in a scales-of-justice debate between privacy supporters and public safety officials. Apple is using a more advanced encryption technology.

Monday, September 22

अायाे दशै

संजय क्षेत्री ज्ञानु
साष्टाङ्ग दण्डवत् !
दशैं आयो। खाउँला, पिउँला। कहाँ पाउँला? चोरी ल्याउँला। धत् पापी म त छुट्टै बसौंला। हामी सानो हुँदा पाँच औंला भाँच्दै तिमीले यस्तै सिकाउँथ्यौ। हाम्रो गरिबीले सिर्जना गरेको त्यो शिक्षा अहिले वास्तविकतामा परिणत भएको छ। देशमा दशैं आएको छ। हर्षोल्लास गर्दै खाने-पिउने रहर सबैलाई छ। तर त्यति गत्तिलो भाग्य सबैको कहाँ छ र? खान नपाएका, चोर्न-लुट्न पनि आत्माले नदिएका हामी अभागीहरू बाध्यताले छुट्टै बसेका छौं। बूढी औंलोजस्तै समुद्रपारिको टापुबाट देशको दशैं टुलुटुलु हेरिहेका छौं।