Tuesday, October 1

बयान दिदै गर्दा आरोपि कुटिए

लिलाधर कोईराला
गोरखा, १५ , साबजनिक मुद्धा खेपिरहेका हंसपुर गाबिस ३ का दुर्गा धिताललाई बयान लिइरहेको अवस्थामा ताप्ले गाबिस स्थायी घर भएका राजु रोका र मुच्चोक गाबिस घर भएक धनबहादुर भुजेल गोरखा जिल्ला प्रशासनको मुद्धा फँटको  कार्यकमै कुटपिट गरेका छन् ।
     २०७० वैशाख १२ गते खरिबोटमा भएको घटनाका प्रतिबादीमध्ये एक स्वइच्छुक बयान दिन सोमबार जिल्ला प्रशासन कार्यालय आएको मौका छोपेर रोका र भुजेलले धिताललाई कुटेका हुन् । ‘मैले राजु रोका भन्नेलाई यसअघि देखेको थिइन,’ बयान दिन आएका खरिबोट घटनाका प्रतिबादी धितालले भने, ‘त्यो मुच्चोकको गोरेलाई भने चिनेको थिए“ । त्यसैले अरु केटाहरु बोलाएर मलाई कुट्न बयान भैरहेको शाखासम्म आएछ ।’ हातपात गरेपछि उनीहरु भागेको उनले बताए । जिल्ला प्रशासन कार्यालय बाहिर सशस्त्र प्रहरी र नेपाल प्रहरी भएपनि त्याहा १ घण्टा सि.डि.यो कार्यलयमा काम ढप्प भएको थियो ।
       जिल्ला प्रशासन कार्यालय गोरखाका शाखा अधिकृत देवराज अधिकारी एक घटनाको प्रतिबादीस“ग बयान लिइरहेको अवस्थामा कुटिएका छन् । केही समयअघि गोरखाको खरिबोटमा भएको झगडाका प्रतिबादी हंसपुर गाबिस ३ का दुर्गा धितालस“ग बयान लिइरहेको अधिकारी माथि पनि हात पाल गरेको शादा अधिकृतले बतौका छन् ।
       शाखा अधिकृत अधिकारीले रोका र गोरे बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा सोमबार किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । ‘जिल्ला प्रशासन कार्यालय र पीडित अधिकारीले किटानी जाहेरी दिएका छन्’ जिप्रका गोरखाका प्रहरी निरीÔक रामचन्द्र पौडेलले भने, ‘फरार भएका रोका र गोरेलाई खोज्दै छौ । पक्राउपछि सार्वजनिक अपराध ऐन बमोजिम कारबाही हुन्छ ।’

No comments: